Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

लोप हुँदै खोलाका पानी घट्ट

लोप हुँदै खोलाका पानी घट्ट

अछाममा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन भएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने ती खोलाका पानी घट्ट पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

साँफेबगर नगरपालिका ९ का स्थानीय नवल सिंह कुँवरले,  गाउँमा बिजुली बलेसँगै खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै गएको  बताए । उनले भने, ‘‘गाउँमा बिजुली पुगेपछि पहिला अछाम साँफेबगर नगरपालिका ९ र १४ का हरेक खोलामा चल्ने पानी घट्ट सञ्चालन नहुन थालेपछि पछिल्लो समय ती जीर्ण बन्दै गएको छ ।’’

कोदो, गहुँ  कोदो र फाँपर पिस्नका लागि पहिलाका पुस्ताले प्रयोग गर्दै आएका ती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ती घट्ट सञ्चालनमा ल्याउने गाउँका अधिकांश स्थानीयको रोजगारी समेत खोसिएको कुँवरले बताए। पहिला गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्थ्यो  ।यहाँका स्थानीयले खोलाको पानीबाट चल्ने घट्टमा अन्न पिस्न छोडेर गाउँमै सञ्चालनमा आएका विद्युतीय मिलबाट पिसानी गर्न थालेपछि उनीहरूको त्यो व्यवसाय बन्द हुँदै गएको हो ।

हाम्रो बाबु बाजेले खोलामा पानी घट्ट बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएपछि हामीले पनि त्यही घट्ट चलाएर नै केही समय पेट पाल्दै आयौँ ।

अहिले गाउँमा विद्युत बलेसँगै हुने खानेले मिल सञ्चालन गरेपछि पानी घट्टमा अन्न पिस्न कोही नआउने गरेकाले हाम्रो पुस्ताले गरेको व्यवसाय नै सङ्कटमा पर्न थालेको स्थानीय बताउछन ।

अछाको साँफेबगर, चौरपाटि, बान्निगढि, मेल्लेख, रामारोशन, लगायतका पालिकामा रहेका खोलाबाट सञ्चालन भएका पानी घट्ट अहिले प्रयोग विहीन छन् । गाउँगाउँमा नयाँ प्रविधिबाट मिल सञ्चालन हुन थालेपछि पछिल्लो समय ती पानी घट्ट प्रयोग विहीन भएको स्थानीय बताउँछन् ।

पहिला हामी अन्न पीसानी गरिदिए बाफत धुलो लिने गर्थ्यो । अहिलेका मिल सञ्चालक धुलो नलिएर पैसा लिने गर्छन् । पैसा नहुनेका लागि अहिले अन्न पिस्न निकै समस्या भएको सेवाग्राही बताउछन । पहिला पाँच पाथी अन्न पिस्नु परेमा एक किलो धुलो घट्ट पीसेवाफत भगारोलाई दिनु पर्दथ्यो, भने अहिले मिलमा पिसानी गरेबापत प्रतिकिलोको चार रुपियाँ तिर्नु परेको सेवाग्राहीले बताए ।

पहिला पानी घट्टमा अन्न पिसानी गर्न जाँदा तुरुन्तै गेडा पिसेर घरमा आइन्थ्यो अहिले मिलमा लाइन लाग्नु परेको छ । मिलमा पिसेको धुलोको पनि त्यति राम्रो स्वाद नभएको साउँदले बताए  । घट्टमा पिसेको धुलो र मिलमा पिसेको धुलोमा धेरै भिन्नता छ । मिलमा पीसेको धुलोभन्दा घट्टमा पीसेको धुलोको निकै राम्रो स्वाद आउने गरेको पनि स्थानीय बताउँछन् । उनले यसरी पुराना पुस्ताका सीप हराउँदै गएपछि गाउँ बस्तीको इतिहास नै बिस्तारै नै मेटिँदै जान सक्ने बारे स्थानिय बासिहरु चिन्ता व्यक्त गर्छन  ।

गाउँमा पहिलेदेखि सञ्चालनमा आएका पानी घट्टलाई व्यवस्थित गर्दै जाने हो भने यहाँका स्थानीयका लागि मिलभन्दा पनि घट्टनै निकै लाभदायी बन्न सक्ने स्थानियबासीहरुको भनाई छ  ।

यता यहाँका स्थानीयको माग भएपछि पहिलाका पुस्ताले सञ्चालन गर्दै आएका गाउँका ती पानी घट्टलाई व्यवस्थित तथा परिमार्जित गर्नका लागि स्थानिय तहले सहयोग गर्दै आएको अछामका स्थानिय तहका अधिकतम जनप्रती निधिको भनाई छ ।

प्रतिक्रिया