Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीका ९ सय घर डुबानमा

कैलालीका ९ सय घर डुबानमा

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीका अनुसार भजनीका विभिन्न वडामा बसोवास भएका नौ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित छन् । उनका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३ का गाउँहरु कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटा क्षेत्रका प्रभावित अधिकांश परिवारहरु हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

केही परिवार भने सार्वजनिक भवनहरुमा आश्रय लिएर बसिरहेका छन् । नगरप्रमुख चौधरीले ३ वडामा काँढा नदीको बहावले डुबान गरेको हो भने ८ नम्बर वडामा पथरैया नदीको बहावले डुबान गरेको बताए । ३ र ८ बाहेक ५ र ७ नम्बर वडाका बासिन्दाहरु पनि प्रभावित रहेको उनको भनाइ छ ।

प्रभावित परिवारहरु अलपत्र जस्तै परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । ‘मेरो घर मात्रै होइन पूरै गाउँ नै डुुबानमा परेको छ । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं,’ ढुसी गाउँका जनक चौधरीले भने, ‘कहिले बाढी घट्ने हो र कहिले फर्किन पाइने हो । केही ठेगान छैन ।’

बाढी प्रभावितहरुलाई नगरपालिकाले खानेपानीका बोतल उपलब्ध गराएको जनाएको छ । त्यस बाहेक उनीहरुलाई कुनै पनि निकायले राहत तथा सहयोग उपलब्ध गराएका छैनन् । ‘९ सय परिवारलाई तत्काल कुनै राहत उपलब्ध गराउने अवस्था छैन,’ नगरप्रमुख चौधरीले भने, ‘सुरक्षा निकाय र प्रदेशको टोलीले स्थलगत निरीक्षण गरेको छ । केही होला भन्ने अपेक्षा छ ।’

मंगलबार मध्यरातदेखि घरबाट दौडादौड गर्नुपरेका प्रभावित परिवारहरुले आफ्नै त्रिपाल र खानेकुराको जोहो गरेर छाक टार्ने तयारी गरिरहेका छन् । अधिकांशले अन्नपात भने जोगाएको बताएका छन् । उनीहरुले पशु आफैसँग सडक किनारमा ल्याएका छन् ।

भजनीका नगर प्रवक्ता विक्रम चौधरीले तथ्यांक संकलन कार्य जारी रहेको बताए । तर हालसम्म राहतका लागि कतैबाट पनि सहयोग नभएको उनको भनाइ छ । भजनी नगरपालिका क्षेत्रका बासिन्दाहरु वर्सेनि बाढीको प्रकोप झेल्दै आएका छन् । यस पालिकामा कन्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढी बस्तीमा पस्ने गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बाढीपीडित परिवारहरु तत्काल आफैंले जोहो गरी बसेको बताए । ‘हामीले स्थलगत अनुगमन गरेका छौं । अहिले उहाँहरु आफ्नै त्रिपाल प्रयोग गरी सडक किनारमा बस्नु भएको छ,’ प्रजिअ कटेलले भने ‘आवश्यकता अनुसार त्रिपाल, खाद्यान्न लगायतका सहायताहरु उपलब्ध गराउँछौं ।’

प्रजिअ कटेलले त्यस क्षेत्रमा हरेक वर्ष दोहोरिरहने समस्या भएकाले दिर्घकालीन समाधानको उपाय खोज्नुुपर्ने आवश्यकता औंल्याए । उनले वैकल्पिक आवासका कार्यक्रमहरुमा केन्द्रित हुनुपर्ने देखिएकाले स्थानीय तहसँग त्यस विषयमा छलफल गरेको पनि बताएका छन् ।

प्रतिक्रिया