Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

सुदूरपश्चिममा डेंगुु सक्रमण विकराल बन्दै

सुदूरपश्चिममा डेंगुु सक्रमण विकराल बन्दै

धनगढीः डेंगु नियन्त्रणमा यसपालि पनि सरकार चुकिरहेको छ। सन् २०२३ का सुरुवाती पाँच महिना स्थिर रहेको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबन्दा जुनयता ह्वात्तै बढेको हो। जुनदेखि संक्रमण ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक छ। जुलाईमा त अझ अघिल्लो महिनाभन्दा यस्तो संक्रमण झनै बढेको छ।

पछिल्लो समय भइरहेको तीव्र संक्रमण हेर्दा १५ भदौदेखि उच्च बिन्दुमा पुग्ने स्वास्थ्य सेवा विभाग, इडिसिडीलगायतको प्रक्षेपण छ। दार्चुलामा एक सय ९२ र कञ्चनपुरमा ६७ जनामा डेंगु संक्रमण देखिएको छ। अघिल्लो बर्खामा ठूलो क्षति पु¥याएको र यसपालि हिउँददेखि नै संक्रमण सुरु भएर पछिल्ला महिना तीव्र बनिरहेको डेंगु नियन्त्रणमा सरकार भने चुकेको छ। डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन सकेको छैन।

पर्याप्त जनशक्ति नै परिचालन छैनन्। आवश्यक बजेट विनियोजन र स्वयंसेविका परिचालन गर्नसमेत सरकारले सकेको छैन। सडकका खाल्डाखुल्डी, मोटरसाइकल वर्कसपमा राखिएका टायर, घरघरमा भाँडाकुँडालगायतमा पानी जम्ने र त्यहीँबाट डेंगु फैलाउने लामखुट्टे विस्तार हुने गरेको विज्ञहरू बताउँछन्। डाक्टर अनुप बास्तोला डेंगु नियन्त्रणमा ध्यान नदिए गत वर्षभन्दा ठूलो महामारीको रूप लिन सक्ने बताउँछन्।

पछिल्लो समय भइरहेको तीव्र संक्रमणप्रति सचेत भएर नियन्त्रणमा नलागे १५ भदौदेखि भयावह अवस्था निम्तिन सक्ने विज्ञहरुको चेतावनी छ। केहि समयअघि मात्र कैलालीमा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले धगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा यसअघि ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय कैलालीले डेंगुको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ। कार्यालयका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामुलक सन्देश प्रवाह गर्ने काम हुँदै आएको दाबी छ।

त्यस्तै गत वर्ष २०७९ भदौ महिनासम्म सुदूरपश्चिमका  प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो। सो समयमा सबैभन्दा धेरै कैलालीमा ५४ जना डेंगुका बिरामी फेला परेका थिए। बाजुरामा ८, बझाङमा ८, बैतडीमा ९, अछाममा १५, डोटीमा १५, कञ्चनपुरमा ३४ र दार्चुलामा ३६ जनामा डेंगु देखापरेको थियो।

प्रतिक्रिया