Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरपश्चिममा डेंगुु सक्रमण विकराल बन्दै

सुदूरपश्चिममा डेंगुु सक्रमण विकराल बन्दै

धनगढीः डेंगु नियन्त्रणमा यसपालि पनि सरकार चुकिरहेको छ। सन् २०२३ का सुरुवाती पाँच महिना स्थिर रहेको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबन्दा जुनयता ह्वात्तै बढेको हो। जुनदेखि संक्रमण ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक छ। जुलाईमा त अझ अघिल्लो महिनाभन्दा यस्तो संक्रमण झनै बढेको छ।

पछिल्लो समय भइरहेको तीव्र संक्रमण हेर्दा १५ भदौदेखि उच्च बिन्दुमा पुग्ने स्वास्थ्य सेवा विभाग, इडिसिडीलगायतको प्रक्षेपण छ। दार्चुलामा एक सय ९२ र कञ्चनपुरमा ६७ जनामा डेंगु संक्रमण देखिएको छ। अघिल्लो बर्खामा ठूलो क्षति पु¥याएको र यसपालि हिउँददेखि नै संक्रमण सुरु भएर पछिल्ला महिना तीव्र बनिरहेको डेंगु नियन्त्रणमा सरकार भने चुकेको छ। डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन सकेको छैन।

पर्याप्त जनशक्ति नै परिचालन छैनन्। आवश्यक बजेट विनियोजन र स्वयंसेविका परिचालन गर्नसमेत सरकारले सकेको छैन। सडकका खाल्डाखुल्डी, मोटरसाइकल वर्कसपमा राखिएका टायर, घरघरमा भाँडाकुँडालगायतमा पानी जम्ने र त्यहीँबाट डेंगु फैलाउने लामखुट्टे विस्तार हुने गरेको विज्ञहरू बताउँछन्। डाक्टर अनुप बास्तोला डेंगु नियन्त्रणमा ध्यान नदिए गत वर्षभन्दा ठूलो महामारीको रूप लिन सक्ने बताउँछन्।

पछिल्लो समय भइरहेको तीव्र संक्रमणप्रति सचेत भएर नियन्त्रणमा नलागे १५ भदौदेखि भयावह अवस्था निम्तिन सक्ने विज्ञहरुको चेतावनी छ। केहि समयअघि मात्र कैलालीमा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले धगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा यसअघि ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय कैलालीले डेंगुको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ। कार्यालयका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामुलक सन्देश प्रवाह गर्ने काम हुँदै आएको दाबी छ।

त्यस्तै गत वर्ष २०७९ भदौ महिनासम्म सुदूरपश्चिमका  प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो। सो समयमा सबैभन्दा धेरै कैलालीमा ५४ जना डेंगुका बिरामी फेला परेका थिए। बाजुरामा ८, बझाङमा ८, बैतडीमा ९, अछाममा १५, डोटीमा १५, कञ्चनपुरमा ३४ र दार्चुलामा ३६ जनामा डेंगु देखापरेको थियो।

प्रतिक्रिया