Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

पहिरोको जोखिममा बाजुराका स्थानीयवासी

पहिरोको जोखिममा बाजुराका स्थानीयवासी

बाजुरा । बर्खा लागेसँगै बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयवासी त्रसित बन्दै गएका छन् । बर्खाको समय थोरै पानी परेसँगै गाउँबस्तीको तल माथिबाट पहिरो जान सुरु भएपछि त्यहाँका स्थानीयवासी पहिरोमा पर्ने डरले त्रसित बन्दै गएका हुन् ।

गाउँको तलमाथि दुवै ठाउँबाट पुरै जमिन भाँसिर गएको छ । कुनै दिन त्यो सँगै गाउँ समेत पहिरोको पर्ने हो की भन्ने चिन्ता लागिरहेको बुढीगङ्गा नगरपालिका–२ बजेडीका स्थानीय राम नेपालीले बताए ।

उहाँले केही वर्ष पहिला गाउँको तलबाट जमिन भासिँदै गएकाले बर्खाको समय गाउँनै पहिरोमा पर्ने हो की भन्ने चिन्ता लागेको बताए। गत असारदेखि साउनसम्म बाजुराका अधिकांश गाउँ बस्ती पहिरोको जोखिममा रहेका छन् ।

बाजुराको खप्तड छेडेदह, बुढीगङ्गा, त्रिवेणी, बडिमालिका, हिमाली स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा र गौमुल गाउँपालिका अधिकांश गाउँ बस्ती पछिल्लो समय बाढीपहिरोको उच्च जोखिममा पर्दै गएका छन् ।

यी बस्तीमा बर्खाको समयमा तलमाथीबाट पहिरो जान थालेपछि पछिल्लो गाउँ बस्ती पहिरोको जोखिमा रहेका हुन् । जोखिममा परेको अधिकांश बस्तीका स्थानीय यती बेला गाउँ छोडेर अन्य सुरक्षित ठाउँमा त्रिपालको साहायताले बसोबास गर्दै आएका छन् ।

बस्ती जोखिमा रहेपछि ती बस्तीका स्थानीयले घर छोडेर सुरक्षित ठाउँमा त्रिपाल हालेर रात काट्नु परेको नेपालीले बताए । पछिल्लो समयमा खप्तड छेडेदह गाउँपालिका–२ को पीपल गाउँ, बुढीगङ्गाको २ बजेडी गौमुल ३ को धौलकाँडा, आगर युना लगायतका गाउँ बस्ती पहिरोको जोखिमा रहेका छन् ।

बाढीपहिरोको जोखिममा परेको बस्तीलाई अहिलेसम्म कुनै ठाउँमा स्थानान्तरण गरिएको छैन । अहिले ती बस्तीका केही स्थानीय आफन्तको घर बसोबास गरिरहेका छन् भने केही सुरक्षित स्थानमा त्रिपाल हालेर बसोबास गरिहरेको छेडेदह गाउँपालिका २ का स्थानीय वीरे कुँवरले बताए ।

बाढीपहिरोले यो वर्ष बाजुराका चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते र एक जना बेपता भएका छन् ।

त्यसैगरी, २७ वटा चौपाया मरेका छन् भने ५३ घर पूर्णरुपमा भत्किँदा झण्डै ५० लाख भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

बाढीपहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गर्नका लागि बाजुराको नौ वटै पालिकामा डिपीआर टोली खटाएको छ । त्यो टोलीले वास्तविक जोखिमका परेका बस्तीको यकिन रिपोट ल्याएपछि स्थानान्तरण लागि जिल्ला विपत् व्यवस्थापन समितिले गृहमन्त्रालयमा पठाउने तयारी गरिरहेको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।

भूकम्प तथा पहिरोका कारण विस्थापित भएको गौमुलका झण्डै १२ घरपरिवारलाई टेन्ट टिफम कम्बलको समेत व्यवस्था गरेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए ।

उनले, पहिरोको कारण जोखिममा परेका गाउँ बस्तीका स्थानीयलाई तत्काल सुरक्षित ठाउँमा बस्नका लागि यती बेला त्रिपाल लुगा कपडा भाँडा वर्तन समेतको व्यवस्था गर्न जिल्ला रेडक्रस शाखा बाजुरालाई जानकारी गर्दै आएको बताए।

मन्सुन जन्य तथा भूकम्प पीडितलाई पाँच परिवार भए १५ र त्योभन्दा बढी परिवार भए २० हजार रुपियाँका दरले राहात दिने व्यवस्था रहेकाले सोही अनुसार बाढीपहिरो तथा भूकम्प पीडितलाई रकम वितरण गरेको छ ।

बाढिपहिरोबाट जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्न पालिकाले नै उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने भएकाले जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा डिपिआर टोली गठन गरेर यती बेला पालिकामा रहेका जोखिमका बस्तीको पहिचान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

प्रतिक्रिया