Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमा प्रत्येक चारमध्ये एक जना बालबालिकामा पुड्काेपना

नेपालमा प्रत्येक चारमध्ये एक जना बालबालिकामा पुड्काेपना

काठमाण्डाै – नेपालमा पाँच वर्षमुनिका प्रत्येक चारमध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लीलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०२२ को तथ्याङ्कअनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताउनुभयो । नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सयमध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पाेषण शाखा प्रमुख थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताउनुभयो ।

उहाँले पुड्कोपना दीर्घकालीन कुपोषणको सङ्केत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताउनुभयो । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, छ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

पुड्कोपना हुन नदिन सात सय ५३ वटै पालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाइ, आमाको स्वास्थ्य अवस्था, पोषणलगायतबारे जानकारी लिने गरिन्छ । थापाले पालिकास्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताउनुभयो ।

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरूमा पुड्कोपना रहेको पाेषण शाखा प्रमुख थापाले बताउनुभयो । उहाँले सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा 'फर्टिफाइड फ्लोर' उपलब्ध गराउँदै आएको र सरकारले छ देखि दुई वर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई याे वितरण गर्दै आएको बताउनुभयो ।

त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले गर्भावस्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताउनुभयो । उहाँले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्त्व पुग्नुपर्ने बताउनुभयो । पाेषणविद् पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बच्चालाई पौष्टिक तत्त्व पर्याप्त दिनुपर्ने भन्दै घर परिवारको आमा, बुबामा पुड्कोपना छ भने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया