Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

लोपहुदै परम्परागत चाडपर्वहरू

लोपहुदै परम्परागत चाडपर्वहरू

अछामःकेहि वर्ष पहिले हर्ष उल्लासका साथ मनाईने चाड पर्वहरु पछिल्लो समय लोप हुदै गएका छन  । समाज अगाडि बढ्दै जाँदा चाडपर्वहरू हराउदै जान थालेका बुढापाखाहरुको भनाई छ । समाज विकासको चरणमा अघि बढ्दै जादा हाम्रो पुर्खाले मनाउदै आएका पुराना परम्पराहरु लोप हुन थालेका छन्। गाउघर बाट सेवा सुबिधा तथा उज्वल भबिश्यको लागि गाँउ छोड्ने गरेका कारण पनि नेपाली समाजका कैयौँ चाडपर्वहरू लोप हुँदै गएका छन् । 

हाम्रो समाजमा मनाईने बिभिन्न पर्व मध्येका एक चाड हो ओल्के पर्व “बुढी पोल्ने तिहार’’ । अछाम  सहित सुदूरपश्चिममा आज धुमधामका साथ ओल्के तिहार ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । अछामी भाषामा  ओल्को पर्व (बुढी पोल्ने) तिहार  भन्नाले आफन्तहरुलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ भनेर  जनाउँछ। आल्के पर्वको दिन बिशेष गरेर मामा वा ससुराली घरमा काक्रा, चिचिन्डा, गाबा लगाएतको ओल्को दिएर मनाईने गरेको गुरु पुरोहित बिष्णु राज पाण्डे को भनाई छ । यो पर्व भाद्र १ गते पर्दछ। यो पर्वको दिन छोरीबेटी माईतीमा आउने रमाईलो गर्ने, हातमा मेहेन्दी लगाउने आफन्तहरुलाई सम्मानस्वरुप कर्कलाको भित्री पात(गाबा) फलफूल आदि ओल्को दिएर यो पर्व मनाउने चलन गरेको उँहाको भनाई छ ।   बुढी पोल्ने  दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढी पोल्ने चलन रहेको उँहाले बताउनु भयो  ।  साउन १ गते गोठालाहरुले जंगलबाट झयारी काडो , बेलपारो ल्याएर गाउमा सबैको घरमा लगाई दिन्छन  र बुढी पोल्ने दिन भाद्र १ गतेका दिन पोल्ने चलन रहेको उँहाको भनाई रहेको छ ।  परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहेको छ। आजैका दिन भगवान कृष्णले पुतना माथी विजयी भएको अवसरमा  यो पर्व मनाईने उँहाको भनाई रहेको छ  ।  
पछिल्लो समय भने यो पर्व लोप हुने अवस्थामा पुगेको बुढापाखाको भनाई छ  । चौरपाटी गाउँपालिका वडा नं ५ लुग्रा निवासि चन्द्र खड्काले पहिले गाउमा धेरै मान्छेहरु हुन्थ्ये चाडपर्वमा सबै एकै ठाउमा जम्मा हुन्थ्ये रमाईलो हुन्थ्यो अहिले त गाउनै सुनसान छ । गाउका सबै मान्छे सेवा सुबिधा खौज्दै शहर तिर पसे कसले मनाउछ चाडपर्व उनले भने।  गाउ सुनसान छ , पहिले त बुढी पोल्ने तिहारमा गोठाला गएकाहरु जंगलबाट झिझेरी काडो, तेलपारो  ल्याउथ्ये सबैको दैलोमा लगाउथ्ये अहिले गाई गोरु पाल्न छोडे गाउमा युवाहरु कोहि छैनन र भएकाहरुले पनि यस्ता कुरामा चासो नदिदा धेरै जसो चाडपर्व लोप हुन लागेको उनको भनाई छ । पहिले यो पर्वका दिन सबै परिवार एकै गाउमा जम्मा हुने पराईघर गएका दिदि बहिनी माईतीमा आउने भएकाले चाडपर्वमा निकै नै रमाईला हुन्थ्यो  , पछिल्लो समय गाउ बस्ती सुनसान बन्दै गएकाले निकै नै न्यास्रो लाग्ने गरेको उहाले सुनाउनु भयो  । आल्के पर्वको अघिल्लो दिन हिजो राती महिला दिदि बहिनीहरुले नङरातो भन्ने प्रजातीको फूलको बोटका पात टिपेर सिलौटामा –आख्लामा) पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर गलाउने गर्दथ्य  यसरी पिँधेर लगाइएको नङरातोको लेदोबाट हत्केला र खुट्टाको औंलाको छाला रातो हुने भई यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास थियो । अहिले हातमा मेहन्दी लगाउने चलनले गर्दा नङरातो लगाउन छोडेको उँहाले बताए ।  हाम्रो देश नेपाल भौतिक रुपमा सानो भएपनि चाडपर्व र धर्म संस्कृतिले गर्दा विशाल थियो पछिल्लो पुस्ताले त्यसमा चासो नदिदा देशको अस्त्वि नै हराउने लागेको भन्दै उँहाले चिन्ता व्यक्त गरे  । 

हामीसंग जोडिएको हरेक चाडपर्व कलासंस्कृति ,रितिरिवाज पछिल्ला पुस्ताको बेवास्ताले गर्दा लोप हुने अवस्थामा पुगेको भरत बि.क भनाई छ  । पहिले गाउँमा नेपालीहरुको महान पर्व दंसै तिहार सुरु हुनु भएदा १ महिना पहिले नै चहल पहल सुरु हुन्थ्यो पछिल्लो समय ति चाडपर्वहरु साह्रै शून्य लाग्ने गरेको उँहाले सुनाउनु भयो । दशै तिहारमा मात्र होईन ,मेला होस् या पूजा , चर्के माली , होली पुतला, लगाएतका पर्व पनि लोप हुने अवस्थामा पुगेको उँहाले सुनाउनु भयो  । मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्न गाँउघर छोडेर शहर पस्ने प्रचलन बढ्दै गएको र जुन समुदायमा गयो त्यहि समुदायको सिको गर्ने बानिले पनि यसमा प्रभाव परेको उँहाको भनाई छ । मानव सभ्यताको विकास र बृद्दिमा थप टेवा पुर्याउनका लागि हाम्रा परम्परागत कलासंस्कृति बचाउन जरुरी छ  । तर पछिल्लो समयमा हरेक क्षेत्रमा विदेशी संस्कारले छोएकाले आफ्नो धर्म संस्कार बिर्सदै गएको देखिन्छ । जसले गदौ हाम्रो पुखौँ देखि चलिआएका चाडपर्व कला संस्कृति ओझेलमा पर्नै खतरा बडेको छ  । 
त्यसैले आफ्नो गाँउघरमा परापूर्वकालदेखी चलि आएका मौलिक संस्कार जोगाइ राख्नको लागि एक पटक युवा र सरोकारवालाहरुले सोच्नै पर्ने र हाम्रा चाडपर्व , कलासंस्कृति जगाउन निरन्तरता दिन जरुरी छ।
 

प्रतिक्रिया