Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

डडेल्धुरामा गौरा पर्व सुरु

डडेल्धुरामा गौरा पर्व सुरु

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। 

गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न (गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ।

पूजाआजाका लागि घर लिपपोत गर्ने, द्वितीयारतृतीयमा व्रतालुले लत्ताकपडा धुने र नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउनेलगायतका काम गरिन्छ। यसरी केलाइएका बिरुडा पञ्चमीमा भिजाएर गौरा विधिवत् रूपमा सुरु हुने गरेको स्थानीय पुजारी लोकराज भट्टले बताए।

उनका अनुसार सप्तमी र अष्टमीका दुई दिन गौरा पर्वका विशेष दिन हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’ मा भित्र्याइने गरिन्छ। 

गौरा भित्र्याइसकेपछि वास्तविक रमझम सुरु हुने गरेको भनाइ पुजारी भट्टको छ। यी सबै धार्मिक कार्यमा मङ्गल गानका रूपमा ‘मागल’ गीत गाउने प्रचलन रहिआएको छ। गौराघरमा भित्र्याएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निगालोबाट बनेको डालोमा पूजाआजा र फाग गीत गाउँदै राख्ने गरिन्छ।

अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। यस दिन मङ्गलगानका साथमा गौरा नचाइन्छ। गौरालाई गौराघरको आँगनमा राखिन्छ र त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरूका साथमा नचाउने गरिन्छ। 

सोही दिनदेखि गाउँ गाउँको पटाङ्गनीमा डेउडासमेत खेलिने प्रचलन छ। गौरा पर्व पूजा आराधनाको पर्व भए पनि रमाइलोका लागि डेउडा खेल खेल्ने चलन लोकप्रिय बन्दै गएको छ। गौरालाई गौराबाहेक, गमरा, गोःरा, गवरा आदि नामले पनि सम्बोधन गरिन्छ। 

गौरा पर्वमा दुई दिन बिदा

सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ ७ र ८ गते दुई दिन बिदा दिने निर्णय गरेको छ। दार्चुला, बैतडी, डडेलधुरा र डोटीमा विशेष पर्वका रूपमा मनाइँदै आएको गौरा पर्व सुदूरपश्चिम प्रदेशका अतिरिक्त कर्णाली प्रदेश र सङ्घीय राजधानी काठमाडौँमा समेत धुमधामका साथ मनाइने गरिन्छ। 

डडेलधुरामा गौरा महोत्सव

जिल्ला सदरमुकाम बागबजार बसपार्कमा भदौ १७ गतेदेखि राष्ट्रिय गौरा महोत्सव आयोजना गरिने भएको छ। राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो। 

सो समितिका अध्यक्ष देवराज भट्टले १७ गतेदेखि २१ गतेसम्म गौरा महोत्सवको आयोजना गरिने जानकारी दिए । महोत्सवमा प्रतिस्पर्धात्मक गौरा नाच, बालो नाच, चैत, धुमारी, फाग, भुइँचम्फा, हुड्केली, महिला तथा पुरुष खुल्ने डेउडा प्रतियोगिता हुने छ।  

प्रतिक्रिया