Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अछाममा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दै÷ तीन आर्थिक वर्षको अवधिमा ३ हजार ८ सय २ जना गर्भवती

अछाममा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दै÷ तीन आर्थिक वर्षको अवधिमा ३ हजार ८ सय २ जना गर्भवती

अछाममा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ३ हजार ८ सय २ जना २० वर्षमुनिका किशोरी गर्भवती भएका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा ७ सय ४ जना ÷२०७८÷७९ मा ५ सय ५५ जना ÷२०७९÷०८० मा ४ सय ७३ जना किशोरी गर्भवती भएको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात आमा बन्नेको संख्या कुल ७ सय ८४ जना रहेकोमा सबैभन्दा बढी रामारोशन गाउपालिकामा १ सय २२ जना र सबैभन्दा कम बान्नीगढी जगगढ गाउपालिकामा २७ जना किशोरी रहेका छन् । यस्तै साँफेबगर नगरपालिकामा ८४ जना, मंगलसेनमा ५४ जना, पंचदेवल विनायक नगरपालिकामा ९४ जना कमलबजार नगरपालिकामा ९२ जना किशोरी गर्भवती भएका छन । 
यस्तै तुर्माखाँद गाउपालिकाका १ सय १७ ,चौरपाटी गाउपालिकामा ५४ जना , मेल्लेख गाउपालिकामा ५३ जना ,ढकारी गाउपालिकामा ८७ जना किशोरी गर्भवती भएका तथ्याङ्कले देखाएको छ । यस्तै २०७८÷०७९मा साँफेबगर नगरपालिकामा ६७ जना, मंगलसेनमा ४४ जना, पंचदेवल विनायक नगरपालिकामा ३० जना कमलबजार नगरपालिकामा ६५ जना किशोरी गर्भवती भएका छन ।
 यस्तै चौरपाटी गाउपालिकामा ४४ जना ,मेल्लेख गाउपालिकामा ३४ जना , बान्नीगढी जगगढ गाउपालिकामा १७ जना तुर्माखाँद गाउपालिकामा ८६ जना रामारोशन गाउपालिकामा ९८ जना , ढकारी गाउपालिकामा ७० जना किशोरी गर्भवती भएका तथ्याङ्कले देखाएको छ । यस्तै २०७९÷०८० मा साँफेबगर नगरपालिकामा ६१ जना, मंगलसेनमा ३० जना, पंचदेवल विनायक नगरपालिकामा २४ जना कमलबजार नगरपालिकामा ३६ जना किशोरी गर्भवती भएका छन ।
 यस्तै रामारोशन गाउपालिकामा १ सय १८ जना, चौरपाटी गाउपालिकामा ३४ जना , मेल्लेख गाउपालिकामा ३५ जना , बान्नीगढी जगगढ गाउपालिकामा १६ जना तुर्माखाँद गाउपालिकामा ७१ जना, ढकारी गाउपालिकामा ४८ जना किशोरी गर्भवती भएका तथ्याङ्कले देखाएको छ । 
अछाममा हालसम्म बालबिवाहको एकिन तथ्य नभएपनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरुको संख्या हेर्दा बालबिवाहको अबस्था अझै भयाभव रहेको देखिन्छ । शिक्षा, चेतनाको अभाव तथा गरिबी , ईटरनेटको बढ्दो प्रयोग लगाएतका कारण दुरदराजमा मात्र नभई शहर बजारमा पनि अझै बालबिवाहको समस्या बढ्दो छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अबसरबाट बन्चित हुनुपर्नेमा बाध्यता कायमै रहेको छ ।
२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने अनुगमन तथा मुल्याङकल अधिकृत प्रसान्त पंगेनीले बताउनु भयो । सानो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुने , शारीरिक विकास राम्रोसँग नहुने भएकोले गर्भपतनको जोखिम उच्च हुने , लाज, डरले गर्दा किशोरीले आइरन चक्की नखाने हुनाले रक्तअल्पता जस्ता समस्या हुने गरेको स्वास्थ्यकर्मिहरुको भनाई छ ।  यस्तै बच्चा कम तौलको हुने,अपाङग ,सुस्त मनस्थित लगाएतका समस्या देखिने गरेको उँहाको भनाई । 
हाम्रो समाजमा चलिआएको सामाजिक संस्कार तथा मूल्य मान्यताका , गरिबी, अशिक्षा र चेतनाको अभाव जस्ता कारणले यसमा प्रत्यक्ष असर परेको महिला अधिकारकमी पशुपती कुँवरले बताउनु भयो । पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुने जस्ता सामाजिक बन्धनले गर्दा किशोरीहरुले बालविबाह गर्ने गरेको उँहाको भनाई छ । अशिक्षा र चेतनाको अभाव तथा बालविवाहसम्बन्धी विद्यमान ऐनकानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुले पनि  यसमा प्रभाव परेको उँहाको बुझाई छ । बालविबाह निउनिकरण गर्नेका लागि बालबालिका लाई इच्छा अनुसार शिक्षाको ग्यारेन्टी गरिनु पर्ने , आर्थिक अवस्था कमजोर भएर बिद्यालय जान छोडेका बालबालिकाहरुको पहिचान गरी निशुल्क पठनपाठनको पहल गरेमा , किशार किशोरीलाई सशक्त बनाउन जीवन उपयोगी सिपहरु प्रर्दान गर्नै गरेमा ,बालविवाह गर्ने र गराउने लाई कडा सजाय दिएमा ,  बालविवाह विरुद्ध चेतनाका अभियान चलाउने लगाएतका कार्य गरेमा बालबिवाह रोक्न सकिने उँहाको भनाई छ । स्थानीय निकायले बालबालिकाका निम्ति प्रभावकारी काम नगरेको बताउदै बालविवाह नगर्न नगराउनका लागि एउटा छुट्टै अभियानको खाचो रहेकाले सबैले यसमा जोड दिनु पर्नै उँहाको भनाई छ ।  
बालविवाह गरेमा गल्तीको प्रकृति हेरी (जबर्जस्ती वा ललाइफकाई) विवाह गराउने घरपरिवार वा नातेदार समेतलाई कारबाही हुने कानुनि प्रावधान रहेको अधिवक्ता खडक बहादुर खड्काले बताउनु भयो । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउने सम्मको प्रावधान रहेको उँहाको भनाइ छ  । साथै कसैले बालविबाह गरेमा विवाह स्वतः बदर हुने, कसुर गर्ने व्याक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उँहाले जानकारी दिनु भयो ।  
सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।

प्रतिक्रिया