Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा धान रोपाइँको क्षेत्रफल घट्यो, अनुदानमा गैरकृषक हाबी

धनगढीः सुदूरपश्चिममा सिँचाइ अभाव, युवाहरुको विदेश पलायन, उत्पादन लागत वृद्धि, मल अभाव लगायत कारण धान रोपाइँको क्षेत्रफल घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको प्रदेशस्तरमा रोपाइँको सारांशअनुसार यस वर्ष भदौ ११ सम्म रोपाइँ भएको छ। तर, रोपाइँ भएको क्षेत्रफल सन्तोषजनक छैन।

यस वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यसको क्षेत्रफल घटेको छ। सबैभन्दा धेरै धान फल्ने कैलाली र कञ्चनपुरमै रोपाइँको क्षेत्रफल घटेको छ। यसरी धान उत्पादन हुने क्षेत्रमै रोपाइँ हुने क्षेत्रफल घट्नु र कम रोपाइँ हुनु राम्रो संकेत नभएको कृषि विज्ञहरु बताउँछन्।

कैलाली र कञ्चनपुरमा रोपाइँ घट्दा समग्र रोपाइँको प्रतिशतमा प्रभाव पारेको छ। सुदूरपश्चिममा शतप्रतिशत नै रोपाइँ भएको देखिए पनि क्षेत्रफल भने घटेको छ। सुदूरपश्चिममा एक लाख ७७ हजार ७ सय ६७ हेक्टरमा रोपाइँ हुने गरेकामा यस वर्ष एक लाख ७७ हजार २ सय २९ हेक्टरमा रोपाइँ भएको छ।

कृषियोग्य भूमि वर्षेनि मासिदै जानु लगायत कारण पनि यसको असर उत्पादनमा परेको छ। साथै खेती किसानबाट जीविको चलाउन समेत मुश्किल हुने गरेको किसानको गुनासो छ। उत्पादन लागत नै उच्च भएकाले खेती गरेर उत्पादन गर्नेभन्दा खाद्यन्न खरिद गरेर उपभोग गर्नेको संख्या बढ्दो छ।

प्रदेश, संघ र स्थानीय तहबाट किसानको नाममा दिइने अनुदान रकम समेत दुरुपयोग हुने अवस्थाका कारण प्रदेशको खाद्य उत्पादनमा वर्षेनि गिरावट आउने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाउने गरेको छ। कृषि अनुदान रकममा गैर कृषकको हालिमुहालीका कारण पनि यसको असर खाद्यन्न उत्पादनमा पर्ने गरेको छ।

प्रतिक्रिया