Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा धान रोपाइँको क्षेत्रफल घट्यो, अनुदानमा गैरकृषक हाबी

धनगढीः सुदूरपश्चिममा सिँचाइ अभाव, युवाहरुको विदेश पलायन, उत्पादन लागत वृद्धि, मल अभाव लगायत कारण धान रोपाइँको क्षेत्रफल घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको प्रदेशस्तरमा रोपाइँको सारांशअनुसार यस वर्ष भदौ ११ सम्म रोपाइँ भएको छ। तर, रोपाइँ भएको क्षेत्रफल सन्तोषजनक छैन।

यस वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यसको क्षेत्रफल घटेको छ। सबैभन्दा धेरै धान फल्ने कैलाली र कञ्चनपुरमै रोपाइँको क्षेत्रफल घटेको छ। यसरी धान उत्पादन हुने क्षेत्रमै रोपाइँ हुने क्षेत्रफल घट्नु र कम रोपाइँ हुनु राम्रो संकेत नभएको कृषि विज्ञहरु बताउँछन्।

कैलाली र कञ्चनपुरमा रोपाइँ घट्दा समग्र रोपाइँको प्रतिशतमा प्रभाव पारेको छ। सुदूरपश्चिममा शतप्रतिशत नै रोपाइँ भएको देखिए पनि क्षेत्रफल भने घटेको छ। सुदूरपश्चिममा एक लाख ७७ हजार ७ सय ६७ हेक्टरमा रोपाइँ हुने गरेकामा यस वर्ष एक लाख ७७ हजार २ सय २९ हेक्टरमा रोपाइँ भएको छ।

कृषियोग्य भूमि वर्षेनि मासिदै जानु लगायत कारण पनि यसको असर उत्पादनमा परेको छ। साथै खेती किसानबाट जीविको चलाउन समेत मुश्किल हुने गरेको किसानको गुनासो छ। उत्पादन लागत नै उच्च भएकाले खेती गरेर उत्पादन गर्नेभन्दा खाद्यन्न खरिद गरेर उपभोग गर्नेको संख्या बढ्दो छ।

प्रदेश, संघ र स्थानीय तहबाट किसानको नाममा दिइने अनुदान रकम समेत दुरुपयोग हुने अवस्थाका कारण प्रदेशको खाद्य उत्पादनमा वर्षेनि गिरावट आउने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाउने गरेको छ। कृषि अनुदान रकममा गैर कृषकको हालिमुहालीका कारण पनि यसको असर खाद्यन्न उत्पादनमा पर्ने गरेको छ।

प्रतिक्रिया