Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला

सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला

गुँडमध्ये अधिकांश कञ्चनपुरमा रहेको छ । केही गुँड कैलाली र बैतडीको खोड्पेमा रहेको जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ । चराविद् हिरूलाल डङ्गौराका अनुसार गत वर्ष ११० वटा गुँड भेटिएको थियो । हिरूलालले लालझाडीको पर्सिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, तारापुर पोस्ट, भाटपुरीफाँटा र बन्साहाको मध्यवर्ती क्षेत्रमा गिद्धको गुँड अनुगमन गर्दै आउनुभएको छ । यो जिल्लामा डङ्गर, सानो खैरो र सुनगिद्धले गुँड बनाउने गरेको जनाइएको छ ।

कैलालीमा यस वर्ष १४ वटा गुँड फेला परेका छन् । गत वर्ष १९ वटा गुँड अभिलेख गरिएको थियो । कैलालीको खुटिया, जोनापुर, बेली, पटेला क्षेत्रमा डङ्गर गिद्धले गुँड लगाएर बचेरा हुर्काउने गरेका छन् ।गिद्धले असोजदेखि गुँड लगाउन सुरु गरेर जेठसम्म बच्चा उडाउने गरेका छन् । गिद्धले एक पटकमा एक बच्चा हुर्काउने गरेको जनाइएको छ । प्रदेशमा गिद्धको गुँड सङ्ख्यामा थोरै घटबढ देखिए पनि यसलाई स्थिर जस्तै मानिने गरेको डङ्गौराले बताउनुभयो । प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउन थालेपछि विभिन्न क्षेत्रबाट संरक्षणको प्रयास भइरहेको छ ।

यो प्रदेशमा अतिसङ्कटापन्न डङ्गर, सानो खैरो, सुनगिद्ध, सङ्कटापन्न सेतो गिद्ध, सङ्कटको नजिक पुगेको हिमाली गिद्धसहित राजगिद्ध, हाडफोर गिद्धलगायत आठ प्रजातिका गिद्ध पाइने गरेका छन् । खैरो र राजगिद्ध नेपालका लागि आगन्तुक प्रजाति हुन् । त्यस्तै हिमाली गिद्ध नेपालको अन्य ठाउँमा पाइने तर तराईमा जाडोयाममा मात्रै आउने गिद्ध प्रजाति रहेको जनाइएको छ । हाडफोर गिद्ध भने पहाडी र हिमाली क्षेत्रमा मात्रै बस्ने गरेको बताइएको छ ।

गिद्धले मरेको सिनो खाएर वातावरणलाई प्रदूषित हुनबाट जोगाउने गरेका छन् । त्यसैले गिद्ध जोगाउनका लागि अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशमा सप्ताहव्यापी गिद्ध सचेतना कार्यव्रmम भइरहेको छ । गोरखा पत्र 

प्रतिक्रिया