Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला

सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला

गुँडमध्ये अधिकांश कञ्चनपुरमा रहेको छ । केही गुँड कैलाली र बैतडीको खोड्पेमा रहेको जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ । चराविद् हिरूलाल डङ्गौराका अनुसार गत वर्ष ११० वटा गुँड भेटिएको थियो । हिरूलालले लालझाडीको पर्सिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, तारापुर पोस्ट, भाटपुरीफाँटा र बन्साहाको मध्यवर्ती क्षेत्रमा गिद्धको गुँड अनुगमन गर्दै आउनुभएको छ । यो जिल्लामा डङ्गर, सानो खैरो र सुनगिद्धले गुँड बनाउने गरेको जनाइएको छ ।

कैलालीमा यस वर्ष १४ वटा गुँड फेला परेका छन् । गत वर्ष १९ वटा गुँड अभिलेख गरिएको थियो । कैलालीको खुटिया, जोनापुर, बेली, पटेला क्षेत्रमा डङ्गर गिद्धले गुँड लगाएर बचेरा हुर्काउने गरेका छन् ।गिद्धले असोजदेखि गुँड लगाउन सुरु गरेर जेठसम्म बच्चा उडाउने गरेका छन् । गिद्धले एक पटकमा एक बच्चा हुर्काउने गरेको जनाइएको छ । प्रदेशमा गिद्धको गुँड सङ्ख्यामा थोरै घटबढ देखिए पनि यसलाई स्थिर जस्तै मानिने गरेको डङ्गौराले बताउनुभयो । प्रकृतिको कुचीकार मानिने गिद्ध दिनप्रतिदिन हराउन थालेपछि विभिन्न क्षेत्रबाट संरक्षणको प्रयास भइरहेको छ ।

यो प्रदेशमा अतिसङ्कटापन्न डङ्गर, सानो खैरो, सुनगिद्ध, सङ्कटापन्न सेतो गिद्ध, सङ्कटको नजिक पुगेको हिमाली गिद्धसहित राजगिद्ध, हाडफोर गिद्धलगायत आठ प्रजातिका गिद्ध पाइने गरेका छन् । खैरो र राजगिद्ध नेपालका लागि आगन्तुक प्रजाति हुन् । त्यस्तै हिमाली गिद्ध नेपालको अन्य ठाउँमा पाइने तर तराईमा जाडोयाममा मात्रै आउने गिद्ध प्रजाति रहेको जनाइएको छ । हाडफोर गिद्ध भने पहाडी र हिमाली क्षेत्रमा मात्रै बस्ने गरेको बताइएको छ ।

गिद्धले मरेको सिनो खाएर वातावरणलाई प्रदूषित हुनबाट जोगाउने गरेका छन् । त्यसैले गिद्ध जोगाउनका लागि अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशमा सप्ताहव्यापी गिद्ध सचेतना कार्यव्रmम भइरहेको छ । गोरखा पत्र 

प्रतिक्रिया

ट्रेन्डिङ