Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा धेरैजसो किशोरकिशोरी नै ड्रग्सको दलदलमा

सुदूरपश्चिममा धेरैजसो किशोरकिशोरी नै ड्रग्सको दलदलमा

धनगढीः सुदूरपश्चिममा युवायुवतीसँगै किशोर/किशोरी समेत ड्रग्स (लागुऔषध)को दलदलमा फस्दै गएको पाइएको छ। खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा किशोर÷किशोरी समेत फस्दै गएका हुन्। सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरी तथ्यांकले पनि सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनको जालो विकराल बन्दै गएको देखाउँछ।

आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले लागूऔषध ओसारपसार, कारोबार र सेवनसम्बन्धी दुई सय ५३ मुद्दा दर्ता गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा मुद्दाको संख्या बढेर तीन सय ५३ पुगेको छ। यो संख्या आर्थिक वर्ष २०७९/८० मा आएर झण्डै दोब्बर अर्थात पाँच सय ४० नाघेको छ। एक हजारभन्दा बढी पक्राउ परेका छन्।

लागूऔषधको दुर्व्यसनमा युवायुवतीसँगै किशोर/किशोरीहरू कसरी परिरहेका छन् भनेर बुझ्न यस प्रदेशका कैलाली र कञ्चनपुरमा सञ्चालित सुधार केन्द्रमा रहेकाहरूको तथ्यांक हेर्दा पनि काफी छ। लागूऔषधको दुर्व्यसनमा विशेष गरी किशोरहरू छिट्टै फस्ने समस्या देखा परेको छ। यी पदार्थहरू यति खतराजनक हुन्छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ। दुर्व्यसनीले जब लागूऔषध सेवन गर्न पाउँदैनन्, तब उनीहरू अचेतजस्तै हुन्छन्।

त्यसैले यसको सेवनका लागि ठूलै अपराध गर्न पनि तयार हुन्छन्। लागूऔषध दुर्व्यसन बढ्नुको मुख्य कारण सन्तानलाई मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो। विद्यालय/कलेजका विद्यार्थीहरू बढी मात्रामा दुर्व्यसनीमा फस्ने र पछिल्लो समय यो क्रम किशोर/किशोरीहरूमा पनि देखिएको छ। चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बेच्ने गर्दा दुर्व्यसनी बढाएका छन्।

सीमावर्ती क्षेत्रमा भने नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने गर्छन्। साथै खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवायुवतीसँगै किशोर÷किशोरीको संख्या बढिरहेको छ। छोराछोरी लागूऔषधको कुलतमा लागेको जान्दाजान्दै बेइज्जत हुने डरले अभिभावक चुप बस्छन्। पछि उसको चालचलन थेग्न नसक्ने अवस्था आएपछि मात्र बल्ल सुधार केन्द्र पठाउँने गरिएको छ।

सानै उमेरका किशोरहरू लागूऔषधको दुर्व्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण नभएर अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको दलदलमा फसिरहेको देखिएको छ। कुलतमा सन्तान फसिरहेको बारे सुरुमै अभिभावकले थाहा नपाउँदा किशोरहरू दलदलमा फस्ने सम्भावना बढी हुने गरेको छ। लागूऔषधको दुर्व्यसनमा सन्तान फसेको समयमै थाहा नहुँदा कतिपयको मानसिक अवस्थासमेत बिग्रँदै जाने जोखिम बढेको छ। 

लागूऔषध दुर्व्यसनमा फसेका सन्तानका कारण अभिभावकले सामाजिक अवगाल, मानसिक चिन्ता त सहेका छन् नै त्यसभन्दा पनि धेरै उनीहरू आर्थिक समस्यासँग जुधिरहेका छन्। सुधार केन्द्रले औसतमा मासिक १५ हजार रुपैयाँ लिने गरेको पाइएको छ। तर कमजोर आय भएका परिवारका छोराहरू लागूऔषधमा फस्दा कतिपयले आर्थिक अभावकै कारण सुधार केन्द्रसम्म पु¥याउन पनि सकिरहेका छैनन्।

विशेष गरी धनगढी र वरपरका क्षेत्रमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढिरहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागुपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन्।

कतिपय दुव्र्यसनी स्वयं सीमापारिका बजारमा गएर लागुपदार्थ प्रयोग गर्ने र बोकेर समेत आउने गरेका छन्। लागुपदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरूको संलग्नता रहेको पाइन्छ। लागुपदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोरकिशोरीदेखि कलेज पढ्ने युवालाई लतमा पारेर बिक्री गर्ने गरेका छन्।

 

प्रतिक्रिया