Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विद्यालय बन्द गरेर सुदूरका शिक्षकहरु आन्दोलित, ९ लाख विद्यार्थी प्रभावित

विद्यालय बन्द गरेर सुदूरका शिक्षकहरु आन्दोलित, ९ लाख विद्यार्थी प्रभावित

धनगढीः सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।

सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ। शिक्षक आन्दोलनका कारण अछामका ४७१ विद्यालयमा पढ्ने ९२ हजार ७२१ विद्यार्थीले अनिश्चित समयसम्म घरमै बस्नुपर्ने देखिएको छ।

त्यस्तै, शिक्षक आन्दोलनका कारण बैतडीका ५१३ सामुदायिक विद्यालयमा अध्ययनरत ८२ हजार १६७ विद्यार्थी, बझाङका ४४८ सामुदायिक विद्यालयका ७८ हजार ९६३ र बाजुराका २३८ सामुदायिक विद्यालयका ५४ हजार २३४ विद्यार्थीले बिहीबारबाट घरमै बस्नुपर्ने देखिएको छ।

सम्पूर्ण शिक्षक आन्दोलनमा उत्रिएपछि डडेल्धुराका २४७ सामुदायिक विद्यालयका ४४ हजार २९५ विद्यार्थी, दार्चुलाका ३४३ सामुदायिक विद्यालयका ४३ हजार ५२६, डोटीका ३८० सामुदायिक विद्यालयका ७७ हजार ३८३ जना विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ।

शिक्षक आन्दोलनका कारण कञ्चनपुरका २६१ सामुदायिक विद्यालयका एक लाख ५३ हजार ७२६ र कैलालीका ५६६ सामुदायिक विद्यालयका दुई लाख ९३ हजार ९२२ विद्यार्थीको नियमित पढाइ रोकिने भएको हो। शिक्षक आन्दोलनका कारण सुदूरपश्चिमका एक लाख ३० हजार ७७३ बालबालिकाको नियमित पठनपाठन समेत अबरुद्ध हुने भएको छ भने आधारभूत तह कक्षा १ देखि ५ सम्मका ३ लाख ७८ हजार ९७१, कक्षा ६ देखि ८ सम्मका २ लाख ६ हजार ५३,, कक्षा ९ देखि १० का एक लाख २४ हजार १४७ र कक्षा ११ देखि १२ का ८० हजार ९९३ विद्यार्थीको पढाइ रोकिनेछ।

शिक्षक आन्दोलनमा सुदूरपश्चिमका ३२ हजार ५१३ शिक्षक/शिक्षिका विद्यालय शिक्षा विधेयकको विपक्षमा सडकमा उत्रिएका छन्। विद्यालय शिक्षा विधेयकमा सुधारको माग गर्दै बालबालिका तहका ५ हजार ५६, आधारभूत तह कक्षा १ देखि ५ सम्म पढाउने १५ हजार ५३८, कक्षा ६ देखि ८ मा पढाउने ६ हजार ५३२, कक्षा ९ देखि १० मा पढाउने ४ हजार २४८ र कक्षा ११ देखि १२ मा पढाउने एक हजार १३९ गरी ३२ हजार ५१३ जना शिक्षक÷शिक्षिका शिक्षा विधेयकको बिरोधमा सडक आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ