Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विद्यालय बन्द गरेर सुदूरका शिक्षकहरु आन्दोलित, ९ लाख विद्यार्थी प्रभावित

विद्यालय बन्द गरेर सुदूरका शिक्षकहरु आन्दोलित, ९ लाख विद्यार्थी प्रभावित

धनगढीः सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। प्रदेशभित्र चार हजार ३०१ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका बुधबार आन्दोलनका लागि काठमाडौं पुगेका छन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।

सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ। शिक्षक आन्दोलनका कारण अछामका ४७१ विद्यालयमा पढ्ने ९२ हजार ७२१ विद्यार्थीले अनिश्चित समयसम्म घरमै बस्नुपर्ने देखिएको छ।

त्यस्तै, शिक्षक आन्दोलनका कारण बैतडीका ५१३ सामुदायिक विद्यालयमा अध्ययनरत ८२ हजार १६७ विद्यार्थी, बझाङका ४४८ सामुदायिक विद्यालयका ७८ हजार ९६३ र बाजुराका २३८ सामुदायिक विद्यालयका ५४ हजार २३४ विद्यार्थीले बिहीबारबाट घरमै बस्नुपर्ने देखिएको छ।

सम्पूर्ण शिक्षक आन्दोलनमा उत्रिएपछि डडेल्धुराका २४७ सामुदायिक विद्यालयका ४४ हजार २९५ विद्यार्थी, दार्चुलाका ३४३ सामुदायिक विद्यालयका ४३ हजार ५२६, डोटीका ३८० सामुदायिक विद्यालयका ७७ हजार ३८३ जना विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ।

शिक्षक आन्दोलनका कारण कञ्चनपुरका २६१ सामुदायिक विद्यालयका एक लाख ५३ हजार ७२६ र कैलालीका ५६६ सामुदायिक विद्यालयका दुई लाख ९३ हजार ९२२ विद्यार्थीको नियमित पढाइ रोकिने भएको हो। शिक्षक आन्दोलनका कारण सुदूरपश्चिमका एक लाख ३० हजार ७७३ बालबालिकाको नियमित पठनपाठन समेत अबरुद्ध हुने भएको छ भने आधारभूत तह कक्षा १ देखि ५ सम्मका ३ लाख ७८ हजार ९७१, कक्षा ६ देखि ८ सम्मका २ लाख ६ हजार ५३,, कक्षा ९ देखि १० का एक लाख २४ हजार १४७ र कक्षा ११ देखि १२ का ८० हजार ९९३ विद्यार्थीको पढाइ रोकिनेछ।

शिक्षक आन्दोलनमा सुदूरपश्चिमका ३२ हजार ५१३ शिक्षक/शिक्षिका विद्यालय शिक्षा विधेयकको विपक्षमा सडकमा उत्रिएका छन्। विद्यालय शिक्षा विधेयकमा सुधारको माग गर्दै बालबालिका तहका ५ हजार ५६, आधारभूत तह कक्षा १ देखि ५ सम्म पढाउने १५ हजार ५३८, कक्षा ६ देखि ८ मा पढाउने ६ हजार ५३२, कक्षा ९ देखि १० मा पढाउने ४ हजार २४८ र कक्षा ११ देखि १२ मा पढाउने एक हजार १३९ गरी ३२ हजार ५१३ जना शिक्षक÷शिक्षिका शिक्षा विधेयकको बिरोधमा सडक आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया