Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा देहत्यागको डरलाग्दो आँकडा, किशोरकिशोरीमा बढ्दो नैराश्यता

सुदूरपश्चिममा देहत्यागको डरलाग्दो आँकडा, किशोरकिशोरीमा बढ्दो नैराश्यता

धनगढीः सुदूरपश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा देहत्याग गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। सो अवधिसम्म आफुले आफैलाई मार्ने युवा, युवती, किशोर तथा किशोरीको संख्या उच्च देखिएको हो। प्रदेशका विभिन्न जिल्लामा गरी आर्थिक वर्ष २०७७/७८ मा ६८० जनाले देहत्याग गरेका छन्। सो अवधिमा सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर देहत्याग गरेका छन्।

त्यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले प्राण त्याग गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा झुण्डिएर दुई सय ९४, विष सेवन गरेर एक सय ७५, पानीमा हाम फालेर १२, करेन्ट लगाएर ९ र आगो लगाएर ६ गरी चार सय ९६ जनाले देहत्यागत गरेका छन्।

त्यस्तै आर्थिक बर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा देहत्याग गर्नेको संख्यामा केही कमी आएको देखिन्छ। २०७५/७६ मा झुण्डिएर ३३८, विष सेवन गरेर १३१, पानीमा हाम फालेर तीन, हातहतियार औजार प्रयोग गरेर दुई र कर्तव्य गरी एक जनाले देहत्याग गरेका छन्। आर्थिक वर्ष २०७६/७७ मा देहत्याग गर्नेको संख्या ५३७ थियो।

सो अवधिमा झुण्डिएर ४०५, विष सेवन गरेर १२८, हाम फालेर दुई, हातहतियार औजार प्रयोग गरेर एक र आगो लाएर एक जनाले देहत्याग गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। २०७५/७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ। त्यसपछिका आर्थिक वर्षमा पनि यस्तो संख्या बढ्दै गएको देखिएको छ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा कर्तव्य ज्यान अन्तर्गत ७०, ज्यान मार्ने उद्योगमा ९२, भवितव्य ज्यान अन्तर्गत २९५ र फुटकर घटनामा ११६ गरी ६१८ जनाले प्राण त्याग गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा ५९९ जनाको ज्यान जाने अपराधका घटना घटेका छन्। सो अवधिमा कर्तव्य ज्यान अन्तर्गत ५८, विष खुवाएर एक, ज्यान मार्ने उद्योग अन्तर्गत ७३, भवितव्यबाट २६३ र १७० जनाको फुटकर घटनामा ज्यान गएको छ।
१७१ जना विरुद्ध मुद्दा
प्रदेश प्रहरी कार्यालयको अभिलेख अनुसार देहत्याग गर्नेहरुमा झुण्डिएर आफुलै आफैलाई मार्नेको संख्या बढी देखिएको छ। घरायसी समस्या, घरेलु हिंसाकाका कारण पनि देहत्याग गर्नेको संख्या बढेको प्रहरी अधिकृतहरु बताउँछन्। मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि प्रहरीले ठुलो संख्यामा आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको छ। आर्थिक वर्ष २०७५/७६ मा २७, २०७६/७७ मा ४१, २०७७/७८ मा ४४, २०७८/७९ मा ३२ र आर्थिक वर्ष २०७९/८० मा २७ गरी एक सय ७१ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।
मुद्दाको संख्या घट्दै
प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार पछिल्लो तीन वर्षयता यस्ता अपराधका घटनामा केहि कमि आएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा कर्तव्य ज्यानका ७० मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७८/७९ मा ५८ र आर्थिक वर्ष २०७९/८० मा घटेर ३७ मा सिमित बन्न पुगेको छ।

त्यस्तै ज्यान मार्ने उद्योगमा २०७७ मा ९२, २०७८ मा ७३ र २०७९ मा घटेर ६३ मा झरेको छ। प्रदेशभित्र भवितव्य ज्यान मुद्दा २०७७ मा दुई ९५, २०७८ मा दुई सय ६३ र गत वर्ष दुई सय ८१ मुद्दा दर्ता भएको देखिएको छ। त्यस्तै फुटरकर ज्यान मुद्दा अन्तर्गत २०७७ मा एक सय १६, २०७८ मा एक सय ७० र २०७९ मा एक सय ६६ दर्ता भएको प्रदेश प्रहरीको अभिलेख छ।
किशोर/किशोरीमा बढ्दो नैराश्यता
प्रहरीमा परेका कुल यस्ता घटनामध्ये केही घटनामा अनुसन्धानपछि दुरूत्साहन मुद्दा लगाइएको छ। तर देहत्यागको मुख्य कारण किशोर–किशोरी र युवाहरूमा सिर्जित नैराश्यता नै भएको कतिपय प्रहरी अधिकारी बताउँछन्। देहत्याग गर्नेहरुको मुख्य कारण नैराश्यता नै देखिएको उनीहरुको दाबी छ।

केही घटनामा सुसाइट नोट भेटिए पनि सुसाइटको कारण नैराश्यता नै देखिएको समेत पाइन्छ। साथै धेरै केसमा असफलतापछिको डिप्रेशन पनि अर्को कारणको रुपमा देखा पर्ने गरेको छ। यस बोहक समाजप्रतिको अलगाव, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण पनि देहत्यागका घटना बढ्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया