Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गौरीफन्टा–गड्डाचौकी मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’, पाँच जना विरुद्ध मुद्दा

गौरीफन्टा–गड्डाचौकी मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’, पाँच जना विरुद्ध मुद्दा

धनगढीः सीमावर्ती भारतसँग जोडिएको कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। गड्डाचौकी र दोधारा–चाँदनी नाका त झन मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ नै बन्दै गएको हो। पछिल्ला वर्षहरूमा मानव बेचबिखनका लागि तस्कर समूहले गौरीफन्टा, गड्डाचौकी र दोधारा–चाँदनी नाका प्रयोग गर्दै आएका छन्। कामका लागि नेपाली नागरिक भारत जाने यीनै मूल नाका हुन्।

मानव बेचबिखन भनेको कुनै पनि व्यक्तिलाई झुक्याएर, थाहा नदिइ, शोषण गर्ने उद्देश्यले, बेचबिखन गर्ने उद्देश्यले एक देशबाट अर्को देशमा वा एक ठाउँबाट अर्को ठाउँमा लैजाने कामलाई मानव बेचबिखन भनिन्छ। मानव बेचबिखनमा पीडितको मञ्जुरी हुँदैन। मानब बेचबिखनमा विभिन्न खालको जस्तै, अंग प्रत्यारोपण अथवा वेश्यावृत्ति, बाध्यकारी श्रमको लागि पनि लगिएको हुनसक्छ।

त्यसैले शोषण गर्ने उद्देश्यले पीडित व्यक्तिलाई जानकारी नदिइ कोही व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा लगिएको छ भने त्यो मानव बेचबिखनमा पर्छ। सुदूरपश्चिममा गत वर्ष मात्र यस्ता मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न पाँच जना विरुद्ध मुद्दा नै दायर गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार सम्वन्धि ऐन २०६४ ले यस्तो कार्यमा संलग्न व्यक्तिलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ।

त्यस्तै बालबालिका किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने सम्वन्धि कसुर अन्तर्गत १५ देखि २० वर्षसम्म कैद र एक लाखदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था छ। मानव बेचबिखन र जबरजस्ती करणी गम्भिर अपराध भए पनि प्रदेशभित्र यस्ता काम भइनै रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखन र जबरजस्ती करणी सम्बन्धि कसुर अन्तर्गत दुई जना विरुद्ध मुद्दा दायर भएकोमा गत वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा यस्तो कसुर अन्तर्गत पाँच जना विरुद्ध मुद्दा दायर भएको छ। 

मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्न खुला सीमा नाका मुख्य चुनौती भएको नेपाल–भारतका अधिकारीहरूले बताउँदै आएका छन्। मानव तस्करले ओसारपसारका लागि आफ्नै मान्छे र विभिन्न खुला नाका प्रयोग गर्ने गरेकाले रोकथाममा समस्या हुने गरेको बताइन्छ।  पश्चिमी नाका ‘मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट’ बन्दै गएकोमा चिन्ता गरिएको छ।

गरिबी, अशिक्षा, देखासिकी, वैदेशिक रोजगारीको लहरलगायत विभिन्न आर्थिक तथा सामाजिक कारणले नेपाली महिला बेचबिखनको सिकार बन्दै गएको सरोकारवालाको भनाइ छ। नेपाल भारतसँग खुला सीमा नाका छ। बेचबिखनका स्वरूप परिर्वतन हुँदै छन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर होस् वा विवाहको बहाना अनेकन प्रपञ्च रचेर भारत पु¥याएर बेच्ने गरेको विषय बेलाबखत बाहिर आउने गरेको छ। युरोप, नाइजेरियालगायत देशमा पठाउँछु भन्दै पश्चिमी नाका हुँदै भारत लग्ने र त्यही बेच्ने नयाँ ट्रेन्ड लागू भएको सरोकारवाला बताउँछन्। dineshkhabar bata

प्रतिक्रिया