Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

एक हजार भेन्टिलेटर निःशुल्क बाँड्न तम्सेका ५ जना

एक हजार भेन्टिलेटर निःशुल्क बाँड्न तम्सेका ५ जना

नेपाल भेन्टिलेटर सर्भिसेसले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने भएको छ। मुख्य-मुख्य जिल्लाका अस्पतालहरूलाई आवश्यकताका आधारमा निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए।

'नेपालमा सञ्चालित ब्लड बैंकजस्तै भेन्टिलेटर बैंकको सोच उब्जिएको हो,' अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने, 'आवश्यक परेको रगत ब्लड बैंकबाट लिन सकिएजस्तै भेन्टिलेटर बैंकबाट आवश्यक भेन्टिलेटर लिन सकिन्छ।'

लक्ष्मी ग्रुपका बोर्ड अफ डाइरेक्टर समेत रहेका श्रेष्ठका अनुसार यो कामको थालनी उनले गत वैशाखमै गरेका थिए।

उनले केही डाक्टर र जानकारहरूसँग छलफल गर्दै प्रस्ताव राखे- नेपालमा भेन्टिलेटर बैंक स्थापना गरौं।

डा. विशाल ढकाल, डा. सुवास आचार्य, दीपेन्द्र चौलागाईं र पूर्व अर्थसचिव रामेश्वर खनालको समूह यसमा सहमत भयो। २७ अप्रिलमा निरञ्जन श्रेष्ठ अध्यक्ष हुने गरी ५ सदस्यले नेपाल भेन्टिलेटर सर्भिसेस स्थापना गरे।

उनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै भेन्टिलेटर उपलब्ध गराउने निकास निकालेको श्रेष्ठले बताए। 

कोरोना महामारीले चिनियाँ जनता आक्रान्त भएका बेला श्रेष्ठ समूहले नेपालमा पनि स्थिति भयावह हुने देखेर भेन्टिलेटर आवश्यक भएको निर्क्यौल गरेका थिए। तत्कालीन अवस्थामा उनीहरूको अनुमान सही सावित भइरहेको छ।

'पहिले त यो अवधारणा कति भरपर्दो हुन्छ भनेर सल्लाह गर्‍यौं। कोरोनाले विश्व सताएका बेला, अहिलेको समयमा यो नै उत्तम उपाय हो जस्तो लाग्यो,' श्रेष्ठले भेन्टिलेटर बैंक स्थापना गर्नुको कारण सुनाए, 'यो विशुद्ध परोपकारी भावनाले जन्मिएको सेवामूलक कम्पनी हो।'

श्रेष्ठका अनुसार एक सय दिनमा एक हजार भेन्टिलेटरका लागि आवश्यक ५० प्रतिशत रकम बैंकबाट ऋण लिइएको छ। बाँकी ५० प्रतिशत रकम सहयोगी दाताबाट लिइने उनी बताउँछन्। यो कामका लागि एक अर्ब हाराहारी खर्च आवश्यक पर्ने कम्पनीको प्रारम्भिक अनुमान छ। संकलित रकमबाट कम्पनीले खरिद प्रक्रिया समेत अघि बढाइसकेको छ।

'कोरोना र अरू बिरामीका लागि गरी, दुई किसिमका भेन्टिलेटर प्रयोग गरिन्छ। एउटा महँगो र अर्को सस्तो हुन्छ,' उनले भेन्टिलेटरको प्रकार बताए, 'कोरोना बिरामीको उपचारमा आवश्यक भेन्टिलेटर तुलनात्मक रूपमा सस्तो पर्न जान्छ।'

समान्यतया सस्तो भेन्टिलेटरको मूल्य तीनदेखि दस लाख रूपैयाँ र महँगोको बीस लाख पर्ने पनि उनले जानकारी दिए।

नेपाल भेन्टिलेटर सर्भिसेसले स्थापनायता ९० दिनमा उपत्यका र बाहिरका मुख्य अस्पताललाई २१ वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइसकेको उनले जानकारी दिए। साथै १० वटा मेसिन पठाउन अस्पताल छनौट हुँदै छ।

संस्थाले अस्पतालको माग र बिरामीको चापअनुसार भेन्टिलेटर उपलब्ध गराउने योजना बनाएको छ। योजनाअनुसार काम पनि भइरहेको अध्यक्ष श्रेष्ठ बताउँछन्।

'टिचिङ अस्पतालमा दुइटा, नारायणी अस्पतालमा ६ वटा, ग्रान्डीमा दुइटाका दरले भेन्टिलेटर अस्पतालहरूमा पुगिसकेको छ,' उनले भने, '२५ वटा मेसिनका लागि खरिद प्रक्रिया अन्तिम चरणमा छ। केही दिनमा नेपाल आइपुग्छ।'

रकम संकलन हुँदै गएपछि मेसिन खरिद प्रक्रिया अघि बढ्ने हुँदा आर्थिक सहयोग गर्न संस्थाले अनुरोध गरेको छ। झट्ट हेर्दा ठूलो योजना भए पनि श्रोत जुटेका अवस्थामा गाह्रो कुरा नभएको श्रेष्ठ बताउँछन्।

संस्थाले ५ हजारदेखि माथिको सहयोग रकम लिने बताउँदै उनले भने, 'कुनै कर्पोरेट हाउस वा व्यक्तिले आफैं किनेर हामीलाई दिन पनि सक्नुहुन्छ। हामीले आवश्यक ठाउँमा पुर्‍याउने छौं।'

भेन्टिलेटर खरिद प्रक्रियामा बैंकले कोभिड-१९ विपद व्यवस्थापन नेपाल (सिसिएमसी) सँग पनि छलफलको तयारी गरिरहेको छ। प्रारम्भिक चरणमा सरकारसँग सहयोग नलिएको भए पनि सहयोगका लागि छिट्टै प्रस्ताव लैजाने उनले जानकारी दिए।

'बिरामी सेवा खोज्दै सहर आउने होइन, सेवा सुविधा गाउँगाउँमा पुग्नुपर्छ,' श्रेष्ठ भन्छन्, 'हाम्रो दीर्घकालीन योजना भनेको गाउँगाउँमा सेवा पुर्‍याउने हो।'

उनले अगाडि थपे, 'विपतको समयमा जो जहाँ छौं, त्यहीँबाट एकले अर्कालाई सहयोग गरौं।'

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन्। यीमध्ये कोरोना संक्रमितका लागि चार सय ५० शय्या आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ। सेतोपाटी 

प्रतिक्रिया