Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमको हवाई सेवामा राजनीति, परिक्षण उडानको नाममा ठगी

सुदूरपश्चिमको हवाई सेवामा राजनीति, परिक्षण उडानको नाममा ठगी

धनगढीः डडेल्धुराबाहेक सुदूरपश्चिमका सबै जिल्लामा विमानस्थल निर्माण गरिएका छन्। पहाडी जिल्लाका विमानस्थलमा पटक–पटक परीक्षण उडान हुन्छ। तर, हवाइ सेवा भने नियमित कहिल्यै हुदैन। मन्त्री फेरिनेबित्तिकै तामझामका साथ परीक्षण उडान हुने तर सेवा सञ्चालन नहुने नियति छ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बैतडीको पाटन, बझाङ्गको चैनपुर र डोटीको दिपायल बिमानस्थलमा परीक्षण उडानको उद्घाटन नै गरेका थिए। तर यी विमानस्थलमा परीक्षण उडान भएको त्यो पहिलो पटक थिएन। २०६८ मै तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टले पनि परीक्षण उडान गर्दै चााडै नियमित उडान हुने उद्घोष गरेका थिए। आश्वासन त नेता, सांसद र मन्त्रीपिच्छे कति हुन् कति। तर, केहीमा बाहेक नियमित उडान कतै भएनन्।

बैतडीको पाटन विमानस्थलमा त २०५२ यता तीन पटक बढी परीक्षण उडान भइसक्यो। अरु विमानस्थलको अवस्था पनि उस्तै छ। सस्तो प्रचारवाजीका लागि बिना योजना मन्त्रीपिच्छे बिमानस्थल उद्घाटन हुन्छ। पहाडी जिल्लाका विमानस्थल पुनःनिर्माणका नाममा सरकारले करोडौं रकम खर्च गरे पनि प्रयोगविहीन भइरहेका छन्। 

कैलालीको धनगढी, बाजुराको कोल्टी र बझाङको चैनपुर विमानस्थल बाहेक सबै बन्द छन्। द्वन्द्वकालमा तत्कालीन बिद्रोही माओवादीको निसानामा परेपछि बिमानस्थल बन्द भएका थिए। अधिकांश विमानस्थलको स्तरोन्नति गरिएको भए पनि उडान सञ्चालन गरिएको छैन। 

सुदूरपश्चिममा बाजुराको कोल्टी, धनगढी र टीकापुर, कञ्चनपुरको मझगाउँ, अछामको साँफेबगर र कमलबजार, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायलमा विमानस्थल छन्। २०४६ को परिवर्तन अगाबै बनेका यी विमानस्थल तत्कालीन अवस्थामा संचालनमा थिए। मन्त्रीहरुले चर्चामा आउन पटक–पटक परीक्षण उडान गरे पनि सेवा नियमित संचालनमा नआउँदा स्थानीय सेवाबाट बञ्चित छन्। परिक्षण उडानको नाममा ठग्ने काम मात्र हुँदै आएको स्थानीयको गुनासो छ।
साँफेबगर विमानस्थल 
२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो। कुल ११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको भएपनि नियमित उडान हुने गरेको छैन्। 
देवल विमानस्थल बझाङ
२०३२ साल देखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो। कुल ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा हाल यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ।
पाटन विमानस्थल
२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो। पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भयो।

पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ। त्यस्तै २०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन।

प्रतिक्रिया