Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा विपदबाट साढे दुई करोडको क्षति, ८ महिलासहित १२ जनाको मृत्यु

सुदूरपश्चिममा विपदबाट साढे दुई करोडको क्षति, ८ महिलासहित १२ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा विभिन्न आइलागेका विपदका घटनाबाट साढे दुई करोडको क्षति पुगेको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असोज २५ गतेसम्म विभिन्न प्राकृति विपदका घटनाको चपेटामा परेर ८ महिला र चार पुरुष गरी १२ जनाको मृत्यु भइसकेको छ। पहिरोबाट एक, बाढीबाट एक, शर्पदंशबाट एक र लेक लागेर एक गरी चार जना पुरुषको मृत्यु भएको छ। त्यस्तै पहिरोमा परेर एक, चट्याङ लागेर एक, जनावर आंतकबाट दुई, भूकम्पमा परेर एक र सर्पले डसेर तीन गरेर ८ महिलाको मृत्यु भएको छ।

यस्ता विपदका घटनामा परेर ३५ महिलासहित ६३ पुरुष घाइते भएको सुदूरपश्चिम प्रदेश  आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीले संकलन गरेको विवरणले देखाएको छ। प्रदेशभित्र प्राकृतिक विपदका घटनाबाट तीन हजार ७ सय १३ परिवार प्रभावित बन्न पुगेका छन्। साथै ६ सय ४५ घरमा आंशिक र ९२ घरमा पूर्ण क्षति पुगेको समेत पीइओसीको तथ्यांक छ।

साथै ६९ पशुचौपायामा क्षति पुग्नुका साथै ११ गोठ समेत काम नलाग्ने गरी क्षति पुगेको पाइएको छ। चालु आर्थिक वर्ष सुरु भएको तीन महिना नपुग्दै जनावर आंतकबाट एक लाख ३० हजार, आगलागीबाट दुई करोड १९ लाख ६६ हजार चार सय ५० र भारी वर्षाबाट ९६ हजार गरेर दुई करोड ४९ लाख ३६ हजार चार ५० रुपैयाँ बराबरको क्षति पुगेको अनुमान समेत गरिएको छ।

प्रदेशभित्र विपद व्यवस्थापनको पूर्व तयारी प्रभावकारी रुपमा नहुँदा यस्ता घटनाहरु वर्षेनि दोहोरिने गरेका छन्। प्राकृतिक विपद व्यवस्थापनको नाममा संघ, प्रदेश र स्थानीय तहबाट वर्षेनि करोडौ रुपैयाँ खर्च हुँदै आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले राहत र उद्धारको अनुभुति गर्न सकिरहेका छैनन्।

प्रतिक्रिया