Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा विपदबाट साढे दुई करोडको क्षति, ८ महिलासहित १२ जनाको मृत्यु

सुदूरपश्चिममा विपदबाट साढे दुई करोडको क्षति, ८ महिलासहित १२ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा विभिन्न आइलागेका विपदका घटनाबाट साढे दुई करोडको क्षति पुगेको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असोज २५ गतेसम्म विभिन्न प्राकृति विपदका घटनाको चपेटामा परेर ८ महिला र चार पुरुष गरी १२ जनाको मृत्यु भइसकेको छ। पहिरोबाट एक, बाढीबाट एक, शर्पदंशबाट एक र लेक लागेर एक गरी चार जना पुरुषको मृत्यु भएको छ। त्यस्तै पहिरोमा परेर एक, चट्याङ लागेर एक, जनावर आंतकबाट दुई, भूकम्पमा परेर एक र सर्पले डसेर तीन गरेर ८ महिलाको मृत्यु भएको छ।

यस्ता विपदका घटनामा परेर ३५ महिलासहित ६३ पुरुष घाइते भएको सुदूरपश्चिम प्रदेश  आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीले संकलन गरेको विवरणले देखाएको छ। प्रदेशभित्र प्राकृतिक विपदका घटनाबाट तीन हजार ७ सय १३ परिवार प्रभावित बन्न पुगेका छन्। साथै ६ सय ४५ घरमा आंशिक र ९२ घरमा पूर्ण क्षति पुगेको समेत पीइओसीको तथ्यांक छ।

साथै ६९ पशुचौपायामा क्षति पुग्नुका साथै ११ गोठ समेत काम नलाग्ने गरी क्षति पुगेको पाइएको छ। चालु आर्थिक वर्ष सुरु भएको तीन महिना नपुग्दै जनावर आंतकबाट एक लाख ३० हजार, आगलागीबाट दुई करोड १९ लाख ६६ हजार चार सय ५० र भारी वर्षाबाट ९६ हजार गरेर दुई करोड ४९ लाख ३६ हजार चार ५० रुपैयाँ बराबरको क्षति पुगेको अनुमान समेत गरिएको छ।

प्रदेशभित्र विपद व्यवस्थापनको पूर्व तयारी प्रभावकारी रुपमा नहुँदा यस्ता घटनाहरु वर्षेनि दोहोरिने गरेका छन्। प्राकृतिक विपद व्यवस्थापनको नाममा संघ, प्रदेश र स्थानीय तहबाट वर्षेनि करोडौ रुपैयाँ खर्च हुँदै आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले राहत र उद्धारको अनुभुति गर्न सकिरहेका छैनन्।

प्रतिक्रिया

ट्रेन्डिङ