Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भूकम्पले बझाङका १२ हजार ३७६ हजार घरमा क्षति

भूकम्पले बझाङका १२ हजार ३७६ हजार घरमा क्षति

धनगढीः भूकम्पले बझाङका १२ हजार तीन सय ७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त विवरण सार्वजनिक गरेको हो।

जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार तीन सय ७६ घर तथा भवन छन्। विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको जानकारी दिइएको थियो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव कृष्ण गैरेले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गरेको योजना अनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक अवलोकन, अनुगमन गर्न आफूहरू आएको बताएका छन्।

उनले पुनर्निर्माणमा स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश सरकार तथा सङ्घ सरकारको भूमिकाका बारेमा समेत सरोकारवालासँग जानकारी लिएको बताए। निजी आवास पुनर्निर्माण, प्रबलीकरण, बस्तीको जमिनको अवस्था, घरको अवस्थालगायत विषयमा एक हप्ताभित्र प्राधिकरणबाट प्राविधिक खटाएर पुनर्निर्माणको कार्य अघि बढाइने भएको छ।

सुरुमा प्राधिकरणका कर्मचारीले स्थानीय तहको समन्वयमा पीडितको घरमा पुगेर विस्तृत विवरण तयार गर्ने, पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा अनुमोदनपछि पुनर्निर्माण कार्य अघि बढाइने छ ।

पीडित नागरिकको घर घरमा गएर सत्यतथ्य विवरण ल्याई पुनर्निर्माणको कामलाई छरितो बनाउनुपर्नेसमेत स्थानीयले सुझाव दिएका छन्। जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन । जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिक त्रिपालमुनि रात काट्न बाध्य छन् ।

बझाङमा असोज १६ यता झन्डै ५२० पटक परकम्प गएको छ । अहिले पनि भूकम्पको परकम्प नरोकिएकाले स्थानीयस्तरमा त्रास कायमै छ ।

प्रतिक्रिया