Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु सुनचाँदीको मूल्य घट्दो क्रममा सुनचाँदीको मूल्य घट्दो क्रममा

गाँउघरमा छैन दशैंको रौनक

गाँउघरमा छैन दशैंको रौनक

हिन्दुहरुको महान् चाड बडादशैँ आज बाट सुरु भएको छ । केहि समय पहिले बसाइँसराइले मानवविहीन बन्दै गएका गाउँघरमा दशैँ मनाउन मात्र भए पनि गाउँ फर्कने क्रमले यति खेर थोरै भए पनि खुसीयाली छाएको छ ।

‘पछिल्लो समय अधिकांश गाउँका युवा रोजगारी तथा अध्ययनका लागि शहर बजार र विदेश पलाएन भएकाले गाउँघरमा वृद्धवृद्धा, महिला बाहेक कोही भेटीदैनन्थ्य ‘ अहिले भने गाँउ बाट पलायन भएका सबै घर नफर्किए पनि थोरैको आगमनले गाउघर रमाईलो भईरहेको स्थानियले बताएका छन् ।

नेपालीहरुको सबै भन्दा ठुलो चाड वडा दशैँ , हिन्दु नेपालीहरुको एक विशेष चाड हो । यो चाडमा हामीहरु नयाँ लुगाहरु किन्ने , आफन्तजनहरु सँग भेटघाट गर्ने , सबै जना संगै बसेर बिभिन्न परिकार खाने रमाइलो गर्ने गरिन्छ । वडादशैँमा आफ्नो देश भन्दा बाहिर रहेका मानिसहरु विदा लिएर स्वदेश फर्कने गर्छन विशेषगरी अध्यानको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु पनि दशैको लागि भनेर गाँउ फर्किने गर्दछन् ।

तर यो वर्ष भने पहिले जस्तो चहलपहल  देखिएको छैन । नेपालीहरूको महान चाड दशैं सुरु भएसंगै घरघरमा घटस्थापना गरी जमरा राखिसकेका छन् । अघिल्ला वर्षहरूमा यस समयमा गाँउघरमा दशैंको निकै चहलपलह बढेको हुन्थ्यो । बजारमा किनमेल गर्नेहरूको भीड लागेको हुन्थ्यो ।

तर यो वर्ष पहिले जस्तो चहलपहल नरहेको व्यापरिहरुले बताएका छन् । वर्षमा १ पटक मात्र मनाईने पर्व दशैमा यो वर्ष खासै चहलपहल नरहेको साँफेबगर नगरपालिका वडा नं ४ खाल्सैनका नेत्र कुँवरले बताउनु भएको छ । आर्थिक मन्दीका कारण नेपालीहरू थप मारमा परेको र दिन प्रतिदिनको व्यापार घाटाले उद्योगी व्यवसायीले बैङ्कको ऋण तिर्न मुस्किल भएका कारण पनि चहलपहल बढ्न नसकेको उँहाको भनाई छ ।

दशैको समयमा बिदेशीयका दाजु भाई , पढाईको सिलसिलामा राजधानी काठमान्डौँ लगाएतका सहर बाट घर आउन चाहने कैयौं यात्रुहरुले टिकट नपाउदाँ तथा अग्रिम टिकट लिएपनि बस नपाउँदा अलपत्र परेका उँहाको भनाई छ । यो बिषयमा सरकारले चासो नदिदा यात्रुहरुले दुख पाएको उँहाले बताउनु भयो ।

यस्तै अछाम छोडेको दश वर्ष पछि दशै मनाउन आफ्नो जन्म भुमि आउन पाउदा निकै नै खुशि लागेको चौरपाटि गाउपालिका वडा नं ५ लुग्राका बिन्दु खड्काले बताईन। लामो समय पछि गाँउ फर्किदा गाँउमा धेरै परिवर्तर भएको रहेछ ् धेरैै पटक आउने कोसिस गर्दा पनि बिभिन्न कारणले आउन पाएकी थिएन यो वर्षको दशै अरु बेला भन्दा निकै नै रमाईलो हुने भयो , वर्षै देखि नभेटीका साथी संगी आफन्त संग भेट भयो भन्दै खुशी व्यक्त गरिन् ।

शहर भन्दा गाँउमा धेरै खुशी मिल्ने भए पनि बिभिन्न कारणले गाँउबस्ति छोड्नु पर्नै बाध्यता रहेको उनको भनाई छ । बसाई सराईले गर्दा होला गाँउमा पहिले जस्तो चहलपहल छैन् पहिलेत दशैतिहार को समयमा गाँउमा निकै चहलपहल हुन्थ्यो धेरै मान्छे हुन्थ्यौ शदैको समयमा बिभिन्न सास्कृति कार्यक्रम गथ्यौ कति रमाई हुन्थ्यो , गाँउमा मानिस नभएर होला अहिलेत दशैमा पनि खासै चहलपहल नरहेको उनले सुनाईन ।

बसाइसराईले गर्दा हाम्रा धेरै कला सस्कृती लोप हुदै छन , धेरै जसो खेतीयोग्य जमिन बाजोमा परिणत.भैसके ,गाँउमा जङ्गली जनावरको विगविगी लगाएतका धेरै समस्या भएकाले यसको रोकथामका लागि व्यवस्था अत्यावश्यक रहेको उनले बताईन । केहि समय पहिले बन्द रहेका घरका ढोको दशैको समयमा खल्ने भए पनि फरी केहि दिनमा बन्द हुने पक्का छ ।

हाम्रो समाज परिवर्तनको क्रममा रहे संगै हामीले चाडपर्व मनाउने तरीका पनि परिवर्तन हुदै गएको छ । हिजोका दिनमा धुमधामका साथ मनाईने पर्व आज आएर हराउदै गएका छन् । हाम्रा चाडपर्वहरूलाई बचाई राख्नु आजको आवश्यकता हो ।

सरकारले पनि हाम्रो कला संस्कृति हाम्रा अमूल्य गहना हुन भन्ने बुझ्न जरुरी छ भने हामी आमसर्वसाधारणले पनि संस्कृतिको उचित सम्मानका साथ भविष्यमा आउने पुस्तालाई वास्तविक चाडपर्व देख्न र अनुभव गर्न दिनुका साथै पुस्तौं पुस्तासम्म हाम्रो रीतिरिवाजलाई जोगाई राख्न जरुरी छ ।

प्रतिक्रिया