Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

स्वदेश फर्कन विमानस्थल पुगेका २३६ कामदार नलिई फर्कियो नेपाल एयरलाइन्सको जहाज, श्रमिक एयरपोर्टमै अलपत्र

स्वदेश फर्कन विमानस्थल पुगेका २३६ कामदार नलिई फर्कियो नेपाल एयरलाइन्सको जहाज, श्रमिक एयरपोर्टमै अलपत्र

दुबईमा मजदुरको काम गर्दै आएका सचिराम रोक्काले नेपाल फर्कन तीन महिनाअघि नेपाल एयरलाइन्सको टिकट काटेका थिए । युएईको अबुधाबीस्थित एडमार्क कम्पनीमा काम गर्ने उनले नेपाल एयरलाइन्सबाट मंगलबार बिहान ३ः५५ बजे स्वदेश फर्कने टिकट खरिद गरेका थिए । सोहीअनुसार उनी दुई दिनअघि नै दुबई एयरपोर्ट आए । अबुधाबीबाट दुबई आइपुग्ने साढे २ घन्टा लाग्ने भए पनि स्वदेश फर्कने उमंगमा उनी दुई दिनअघि नै एयरपोर्ट पुगेको बताउँछन् । दुबई आएर उनले स्वास्थ्य परीक्षण पनि गराइसकेका थिए ।

मंगलबार उडान तालिकाअनुसार सोमबार साँझ ५ बजे उनी साथीहरूसहित विमानस्थल पुगे । तर, सोमबार राति ११ बजेसम्म पनि विमानबारे केही जानकारी आएन । एक्कासि राति १ बजे उडान रद्द भएको उनीहरूले जानकारी भए । जब कि नेपाल एयरलाइन्सको जहाज सोमबार राति १२ बजे दुबई पुगेर मंगलबार बिहान ३ बजे रित्तै फर्कियो । नेपाल फर्कने आसमा रहेका मजदुरहरूलाई विमानस्थलमा छोडेर जहाज फर्किएपछि उनीहरू अहिलेसम्म विमानस्थलमै छन् । ‘बस्ने ठाउँ छोडेर आइसकेँ, अब फर्कने ठाउँ छैन । बाहिर निस्कन पैसा पनि छैन,’ फोनमार्फत रोक्काले भने । 

दुबईको एडमार्क कम्पनीमा काम गर्ने कञ्चनपुरका लक्ष्मण चौधरी विगत आठ महिनादेखि बेरोजगार छन् । तर, लेबर कोर्टले कम्पनीबाट खानपानका लागि केही रकम दिलाइदिएको उनले बताए । सो रकमले खान र न्यूनतम खर्च गर्न पुग्ने उनको भनाइ छ । सोही कारण नेपाल फर्कन उनले घरबाटै ८० हजार मगाएका थिए । सोही रकमबाट उनले नेपाल एयरलाइन्सको टिकट खरिद गरे । मंगलबारको उडान तालिकाअनुसार अन्य आठ नेपाली श्रमिकसहित उनी पनि दुबई विमानस्थल पुगेका थिए । तर, अन्तिम समयमा उडान रद्द भएपछि उनी पनि विमानस्थलमा नै अलपत्र छन् । उनी भन्छन्, ‘विमानस्थलभित्र अब धेरै समय बस्न पाइँदैन होला । सडकमा नै बस्नुपर्छ । हेरौँ सक्ने वेलासम्म बाँचौँला, नत्र मरण यतै होला जस्तो छ ।’ 

रोक्का र चौधरीजस्तै मंगलबार बिहानको उडान (उडान नं. आरए २२९२) बाट नेपाल फर्कन दुबई विमानस्थल पुगेका २३६ नेपाली श्रमिक अहिले अलपत्र परेका छन् । नेपाल फर्कने आसमा सबै सामान र कोठा छोडेर विमानस्थल पुगेका श्रमिकहरूको अब फर्कने ठाउँ पनि छैन । कतिपय श्रमिक लामो दूरी तय गरी दुबई विमानस्थल पुगेका छन् । अहिले आफूसँग खाने पैसासमेत नभएको उनीहरू बताउँछन् । निगमलाई दुबईको विमानस्थलमा आइसकेका यात्रु ल्याउन रोकेको सरकारले टर्किस एयरलाइन्समा युरोपका विभिन्न देशबाट आएका नेपाली यात्रुलाई भने आउन अनुमति दिएको छ । टर्किस एयरलाइन्स दुई सय एक यात्रु लिएर मंगलबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

खाडी र मलेसियाका ३१ उद्धार उडान रद्द, टिकट काटेका कामदार अन्योलमा

सिसिएमसीको निर्णयसँगै मलेसियाबाट काठमाडौंका लागि तय गरिएको तीनवटा उडान रद्द भएका छन् । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानका लागि श्रमिकहरूले टिकट काटिसकेका थिए । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले उडान रद्द गर्न आग्रह गरेपछि मलेसियाबाट हुने चार्टर्ड उडान रद्द भएका हुन् । मलेसियाबाट १९ अगस्टमा नेपाल एयरलाइन्सबाट २ः४५ को उडान तय भएको थियो । त्यस्तै, २० अगस्टमा नेपाल एयरलाइन्सकै बिहान ४ः४० को तथा २१ अगस्टमा हिमालयन एयरलाइन्सको बिहान ७.५५ र मालिन्दो एयरको १२.३० मा उडान थियो । 

त्यस्तै, कतारबाट १७ अगस्टमा तय भएको हिमालयन एयरलाइन्सको उडान रद्द भएको छ । २३ र २९ अगस्टमा हुने भनिएको उडानका लागि भने दूतावासले प्राथमिकता सूची भने प्रकाशित गरेको थिएन । त्यस्तै, साउदी अरबबाट काठमाडौंका लागि तय भएका सातवटा उडान रद्द भएका छन् । दूतावासले २० अगस्टमा दमामदेखि काठमाडौंका लागि हिमालयन एयरलाइन्सको उडान तय गरेको थियो । २३ अगस्टमा दमामबाट नै नेपाल एयरलाइन्सको र हिमालयन एयरलाइन्सको उडान तालिका थियो । २६ अगस्टमा नेपाल एयरलाइन्सको रियाद र हिमालयन एयरलाइन्सको दमाममा उडान तालिका रहेको थियो । २८ अगस्टमा नेपाल एयरलाइन्स रियाद र हिमालयन एयरलाइन्सको दमाम उडान तालिका तय भएको थियो । त्यस्तै, कुवेतको भने २२ अगस्टका लागि तय गरिएको तीनवटा चार्टर्ड उडान रद्द भएको कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । उनका अनुसार कुवेतबाट २२ अगस्टका दिन नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, जजिरा एयरवेजको उडान तालिका निश्चित भएको थियो । 

युएईबाट १७ देखि ३१ अगस्टसम्म १५ वटा उडान तय भएका थिए । जसमा नेपाल एयरलाइन्सको ६, हिमालयन एयरलाइन्सको चार, एयर अरेबियाको दुई, फ्लाई दुबईको दुई, इतिहाद एयरवेजको एक उडान तालिका निश्चित भइसकेको थियो । सोहीबमोजिम श्रमिकहरूले समेत टिकट खरिद गरिसकेका थिए । यी उडान पनि रद्द भएका छन् । 

काठमाडौंमा पर्याप्त क्वारेन्टाइन बनेपछि उडान सुरु हुन्छ : महेन्द्रप्रसाद गुरागाईं, संयोजक, सिसिएमसी

मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशबाट आउने नागरिकको अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने र त्यसका लागि सात दिन काठमाडौंमा नै बस्नुपर्ने हुन्छ । तर, काठमाडौंमा तत्काल क्वारेन्टाइनको व्यवस्थापन भइसकेको छैन । जसकारण हामीले उडान स्थगित गर्नुपरेको हो । क्वारेन्टाइनको व्यवस्थापन गर्न उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा भनेका छौँ । सबै व्यवस्था हुनेबित्तिकै हामी परराष्ट्र मन्त्रालयलाई खबर गर्छौँ । त्यसपछि उडान फेरि सुरु हुन्छ ।

प्रतिक्रिया