Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

महाभारतको युद्धकालिन कला - भुवो पर्व

महाभारतको  युद्धकालिन कला - भुवो पर्व

अछाम : अछामलगायत सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष पुष महिनामा भुवो खेल्ने गरिन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरीने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व अछाममा निकै महत्वका साथ मनाउने गरिन्छ । पुष महिनाको पूर्णिमाबाट सुरु भई पुषे औँसीसम्म भुवो खेल्ने गरिन्छ । हातमा तरवार र ढाललिई सामूहिक रुपमा स्थानीय बाँजागाँजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विषेशगरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझाङ्गमा मनाउने गरिन्छ । 

यो पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाईहरुबीचको सम्बन्ध प्रगाढ हुने विश्वास छ । भुवा खेलको पहिरन विषेश प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरुले सेतो भोटोसहित जामा, पछाडि कुम देखि खुट्टासम्म पुग्ने गरी पिठ्ँयुमा एउटा सेतो चद्धर जस्तो कपडा पहिरनुपर्छ । टाउँकोमा पँघरी बाध्नुपर्छ । बायाँहातमा ढाल दायाँबायाँ हातमा तरबारलिई बाँजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवो खेल खेल्ने गरिन्छ । यो युद्धकालिन कला हो । बाईसे चौबिसे राज्यको बेला चलेको लडाईमा विजयी प्राप्त गरेको खुशीयालीमा यो पर्व मनाउन थालिएको स्थानीय जानकार (भुवो खेलाउने गुरु) नेत्र कुँवरले बताए । 

भुवो पर्वको अवसरमा पूर्णीमाको दिन घर-घरमागएर देउँसी-भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने चलन पनि छ । पाण्डव र कौरबबीचको लडाई सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनको रुपमा यो पनि पर्व मनाईन्छ । पछिल्लो समय युवापुस्ताहरुमा भुवो खेलप्रति आकर्षण देखिन थालेको छ । पुर्खाको नासो संरक्षण गर्ने काम युवापुस्ताको रहेको स्थानीय युवा कृष्ण कुँवरले बताए । उनले भने, ‘युवाहरुको संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका हुन्छ, भुवा खेल सबैले खेल्न सक्दैनन् । यसको लागि लामो समयसम्म अभ्यास गर्नुपर्दछ । खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास पनि रहेको छ । 

अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका, चौरपाटी गाउँपालिकाका विभिन्न ठाउँमा भुवो खेल्ने गरिन्छ । अन्य विकास निमार्णको कामसंगै ऐतिहासिक कला संस्कृति जगेर्ना गर्न स्थानीय सरकार लागी रहेको साँफेबगर नगरपालिका ३ का निवर्तमान वडाध्यक्ष कुष्ण बुढाले बताए । 

महाभारतमा युद्धकाल देखि यो पर्व सुरु भएको विश्वास मानिन्छ । धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियालीस्वरूप विजय यात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किम्बदन्ती रहेकोछ । भुवा खेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई अछामको स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिलेका दिनहरूमा राजा र रजौटाहरुले आफ्ना भाई भारदार लगाएत जनताहरुलाई आत्मरक्षाको लागि खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाकाहरुको भनाई छ ।

प्रतिक्रिया