Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

खोला मिची घर, बाढी र डुबानको डर

खोला मिची घर, बाढी र डुबानको डर

खोला मिच्नु प्रकृति विरोधी कार्य हो । खोला मिचेर संरचना बनाउँदा जोखिम उत्पन्न हुन्छ । त्यसैले त राज्यले खोलाको मापदण्ड तोकेको हुन्छ । नेपाल सकार (मन्त्रीपरिषद्) बाट २०६५/०८/१ मा भएको संशोधित निर्णय अनुसार खोला किनारमा संरचना निर्माण गर्ने सम्बन्धमा खोलाको नापीको नक्शाबाट कामय रहेको छेउबाट दायाँ/बायाँ तोकिएको दुरी छोडेर मात्र भवन निर्माण गर्न पाइने नियम छ  ।तर साँफेबगरमा भने खोलामाथि नै घर/टहरा बनाएको पाइएको छ भने खोलाको मापदण्ड मिचेर कयौं संरचना निर्माण गरीएका छन् ।साँफेबगर नगरपालिका ४ मा अवस्थित साँफ्या खोला मिचेर दर्जन बढि घरटहरा निर्माण गरीएका छन् । त्यसैगरी साँफेबगर नगरपालिका ४ मा अवस्थित छिपेखोला मिचेर ५० भन्दा बढि घर टहरा निर्माण गरीएका छन् ।

सन २००९ मा रहेको साँफ्या खोला तस्बिर :गुगल अर्थ सन २००९ मा रहेको साँफ्या खोला तस्बिर: गुगल अर्थ 

खोलाको मापदण्ड विपरीत बस्ति बिस्तार गर्नाले फोहोर तथा सिसा र बिषाक्त रसायन खेति योग्य जमिनमा पुग्ने गरेको छ । जसका कारण प्राणी जिवन संकटमा पर्नुका साथै मानव जिवनमासमेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरि वातावरणिय प्रदुषण भईरहेको छ । खोला फोहोर फाल्ने डम्पिङ साईड बन्दै गइरहेको भन्दै तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको छ ।

सन २०२३ मा रहेको साँफ्या खोला तस्बिर: गुगल अर्थ 

त्यस्तै, खोलामा बग्ने बिषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघरमै मापदण्ड विपरित पक्की संरचनाहरु निरन्तर निर्माण भईरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, शहरी तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरुको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रुपमा देखिएको, खोला छेउमा रहेका सार्वजनिक जग्गाहरु निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनैपनि प्रकारका विपत्तिहरुमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरुको अभाव हुने अवस्था आईपर्ने देखिन्छ ।त्यस्तै भविष्यमा आईपर्ने खासगरी बाढि पहिरो जस्ता विपद् आईपर्दा त्यसको विकराल वितण्डताको जिम्मेवारी कसले लिने । यसरि खोला मासेर संरचना बनाउनेले अथवा टुलुटुलु हेरेर बस्ने सरोकारबाला निकायले ?

सन २००९ मा रहेको छिपे खोला तस्बिर :गुगल अर्थ

नगरको उच्च जनसंख्या भएकै क्षेत्र बाढी र डुबान को जोखिममा छन् । वर्षा याम सुरु भएसँगै यहाँ डुबान, कटान र पहिरोको समस्या आइरहन्छ । यस पटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ । मनसुनी विपद्ले वर्षेनी जनधनको क्षति गर्दै आए पनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय नै उदासीन छन् ।

सन २०२३ मा रहेको छिपे खोला तस्बिर: गुगल अर्थ

जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा सरोकार बालाहरु बेखबर जस्तै बनेका छन । मापदण्ड विपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । खोला नै मिचेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको प्राविधिकहरु बताउँछन् ।

नियामक निकायको बेवास्ताका कारण साँफेबगरमा वर्षेनी जोखिमपूर्ण बसोबास बढ्दो छ । जोखिम मोलेरै घर निर्माणको कागजी प्रक्रिया पूरा नगरीकनै मनोमानि ढंगले एलानि र नम्बरी जग्गामा घर निर्माण भैरहेका छन । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन गर्ने निकाय नै यसबारेमा बेखबर भै बसेको छ ।

नोटः सरोकार बालाले तथ्यङक राखेनराखेको एकिन गरेर भन्न नसके पनि हामिले १६ बर्ष अघाडि र अहिलेको स्याटालाईट फोटो अनुसार यो रिपोर्ट तयार पारेका हौं ।

प्रतिक्रिया