Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती

सूदुरपश्चिम प्रदेसको बजेटमा फेरी अटाएन बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेसको बजेटमा फेरी अटाएन बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई सोह्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । शनिबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गरीरहदा २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पतालको नाम कतै अटाएको पाईएन । बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।

अछाम जिल्लाबाट निर्वाचित प्रतिनिधि सभामा २ जना र प्रदेस सभामा ३ जना सांसद सहित सुदुरपश्चिम प्रदेसको मन्त्रिपरिषदमा एक जना मन्त्रि छन् ।  विशेष गरी अछाम क्षेत्र न. १ का लागी हमेसा चुनावी एजेण्डा बन्दै आईरहेको बयालपाटा अस्पतालाले चुनाव पछी आश्वासन बाहेक केहि पाएन ।एउटै जिल्लामा करोडका दर्जन बढि योजना विनियोजन हुँदा २१ जिल्लाका आम सर्व साधारणलाई निशुल्क उपचार दिदै आईरहेको बयालपाटा अस्पताल भने समेटिएको छैन ।

आफ्नो स्थानिय तह संचालनको खर्चबाट हरेक बर्ष अनुदान दिदै आईरहेको साँफेबगर नगरपालिकाले मात्रै दिने अनुदानले बयालपाटा अस्पताललाई अपुग हुने गरेको बयालपाटा अस्पताल संचालक समितिका अध्यक्ष एवम् साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए । अनुदानका लागि पटक पटक  केन्द्र सरकार र प्रदेस सरकार संग पटक पटक निवेदन गर्दापनि यसरी अपमानित गरी पन्छाईन्छ भने आफुहरु यसका बिरुद्ध सम्पुर्ण जिल्लाका सेवाग्राहिले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको नगर प्रमुख कुँवरले बताए ।

२०६५ सालमा न्याय हेल्थ नेपालले स्थापना गरेको यस अस्पतालले अहिलेसम्म १२ लाख २० हजार भन्दा धेरै बिरामीको निःशुल्क उपचार गरेको छ । जसमा अस्पतालले सबैभन्दा बढी १० लाख १५ हजार जनाले ओ.पि.डि सेवा १ लाख ५० हजार जनालाई आकस्मिक र ७० हजार चार सय ७९ जनालाई अपरेशन सेवा दिएको छ । २५ प्रकारका सेवा दिँदै आएको यो अस्पतालले प्रसुती सहित हड्डीको शल्यक्रीया  गर्ने गरेको अस्पतालले जनाएको छ ।

यहाँ उपलब्ध कुनैपनि उपचार सेवामा शुल्क लाग्दैन् । यो अस्पतालमा भर्ना हुने बिरामीको उपचार बापत लाग्ने सबै खर्च अस्पतालले व्यवहोर्ने गरेको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए । ‘नाम दर्तादेखि औषधि र अन्य कुनैपनि सेवामा शुल्क लाग्दैन्,’ उनले भने,‘सोह्र वर्षदेखि निःशुल्क उपचार सेवा दिइरहेका छौं । ’ निःशुल्क र उच्च स्तरको भरपर्दो सेवा पाइने भएका कारण अस्पतालमा सुदूरपश्चिम प्रदेस र कर्णालि प्रदेसका २१ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गरेको उनले बताए । सबैभन्दा बढी अछाम, दैलेख, मुगु, हुम्ला, कालिकोट, दार्चुला, बझाङ, डोटी, कैलाली र बाजुरा जिल्लाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

नेपाल सरकारसँगको साझेदारीमा सेवा दिँदै आएको बयालपाटा अस्पतालमा हाल ५० शैया रहेका छन् । यहाँ हरेक दिन कम्तिमा दुईसय बढी बिरामीहरु सेवा लिन आउने गरेका छन् । अत्याधुनिक तरीकाबाट माटोको नयाँ भवनहरु रहेको अस्पतालले कोरोना महामारी पछि आर्थिक संकट झेल्दै आईरहेको छ ।

अन्तराष्ट्रिय अनुदानमा ह्रास आएपछि विगत ४–५ बर्षदेखि बयालपाटा अस्पतालले आर्थिक समस्या खेपिरहेको छ । पटक पटक प्रदेस सरकार र केन्द्र सरकारलाई अनुदान माग्ने देखि अस्पतालाई प्रदेस सरकारले आफ्नो स्वामित्वमा लिईदिन अस्पताल संचालक समितिको टोलिले प्रदेस र केन्द्रमा समेत निवेदन गरेको थियो ।

प्रतिक्रिया