Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन

साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन

अछाममा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ कार्यालयका अनुसार वर्षेनी जिल्लामा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म १ सय ४३ जना डेगुको बिरामीको सख्या रहेको छ ।

स्वास्थ कार्यालय अछामको तंथाक अनुसार २०७६/७७ मा ७ जना,२०७७/७८ मा १९,२०७८/७९ मा ५,२०७९/८० मा २६ र चालु आर्थिक वर्षमा बिरामीको संख्या बढेर १ सय ४३ पुगेको छ । अछामका ५ पालिकाहरुमा डेंगुका बिरामीहरु भेटिएका हुन् । सबै भन्दा बढी मंगलसेन नगरपालिकामा ५ वर्षको अवधिमा १ सय २३,साँफेबगर नगरपालिकामा ६३,कमलबजार नगरपालिकामा ९,चौरपाटी गाउँपालिकामा ३ र ढकारी गाउँपालिकामा २ जना डेंगुका बिरामी भेटिएका हुन् । मंगलसेन र साँफेबगर डेंगुको बढी जोखिममा रहेका छन् ।

यो रोग लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग भएकाले डेंगु भाईरसबाट संक्रमित पोथी एडिस एजिप्टाई,एल्वोपिक्टर्स जातको लामखुट्टेको टोकाईबाट मात्र सर्ने स्वास्थ कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए । ५ वर्ष यता देखि अछाममा पनि यसको संक्रमण देखिन थालेको बताउदै वर्षायाम सुरु भएसगै डेंगुको प्रकोप बढ्ने भएकाले बिषेश गरी शहरी क्षेत्रमा बसोबास गर्ने समुदायले सचेत हुनुपर्ने ढुंगानाले बताए ।

डेंगुका लक्षणहरु एक्कासी उच्च ज्वरो आउनु,टाउको दुख्नु,वाकवाकी लाग्ने,आँखाको गेडी दुख्ने,जोर्नी दुख्ने,रातोरातो विमिरा देखापर्ने,जीउ गल्ने,सास फेर्न गार्हाे हुने खानमा रुचि नहुने,रगतको बान्ता हुने,दिशा नहुने कब्जीयत हुने, नाकबाट रगत आउने ,गिजाबाट रगत आउने रहेका छन् । डेंगुका खतराका लक्षणहरु अत्याधिक पेट दुख्ने,लगातार बान्ता हुने,शरिरको विभिन्न भागहरु जस्तै फोक्सो पेट आदिमा पानी जमेको लक्षण देखिने,आँखा वा छालामा रगत जमेको देखिने,बिरामीमा असाध्यै अल्छीपना र चिटचिटाहट देखिने ,कलेजो फुल्न थाल्ने हुन्छ । यस्तो लक्षण देखापर्ना साथ समयमै कुनै पनि उपचार नगरेमा ५० प्रतिशतसम्म विरामीको मृत्यु हुनसक्ने स्वास्थ कार्यालय अछामका प्रमुख झनकराज ढंगानाले बताए । डेंगुको भाइरस सार्ने लामखुट्टेले उज्यालो समयमा मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डी,खुल्ला ठाउँमा राखिएका गाडीका टायरहरुमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने ढुंगानाले बताए । डेंगु भएमा आराम गर्ने, पानी झोलिलो कुरा बढी मात्रामा खाने,ज्वरो कम गर्न सिटामोलको मात्र प्रयोग गर्ने,अस्पताल भर्ना गर्ने र डेंगु उपचार नभएकाले यसबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाईबाट बच्नु रहेको छ ।

साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन
साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गरिएको छ । डेंगी सम्बन्धी अभिमुखिकरण तथा डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी नष्ट कार्यक्रम अन्र्तगत सरोकारवालासंग अभिमुखिकरण कार्यक्रम आज साँफेबगरमा सम्पन्न भएको छ ।


कार्यक्रममा स्वास्थ कार्यालयका क्षयकुष्ट निरिक्षक दिपेन्द्र जोशीले डेंगुको बारेमा जानकारी गराएका थिए । डेंगुबाट बच्ने एउटै उपाय लामखुट्टेका लार्भा नष्ट गर्नु रहेको जोशीले बताए । कार्यक्रममा साँफेबगर नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले डेंगु सम्बन्धी सचेतना र जनचेतना मुलक कार्यक्रमहरु समुदायमा स्तरमा गर्न जरुरी रहेको बताए । उनले विषेश गरी सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका यसमा रहने बताए । बर्षातको समयका डेंगु लगायत अन्य रोगहरुको बढी संक्रमण हुने भएकाले सजग रहन आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख शिबबहादुर कुँवर,खप्तड गुल्मका डीएसपी धनसिह धामी,नगरपालिकाका प्रवक्ता मक्र कुँवर,वडा अध्यक्षहरु हिक्मत कडायत,नवराज बुढा,कुलबहादुर कुँवर,एयरपोर्ट बजार व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवर,हाटबजार व्यवस्थापन समितिका सचिब अशोक कुँवर,महिला स्वास्थ स्वयमसेविका लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ शाखाका जनस्वास्थ निरिक्षक लक्षमणनाथ योगीले गरेका थिए ।

प्रतिक्रिया