Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २३ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

सुदूरपश्चिम प्रदेसमा नयाँ मुख्यमन्त्री नियूक्त भए संगै सरकार गठनको प्रक्रिया पनि सुरु हुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले सपथ लिएसंगै केहि मन्त्रीहरुले पनि सपथ लिने तयारी रहेको स्रोतले जनाएको छ । सोहि क्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टीका प्रदेस महामन्त्री समेत रहेकासुदूरपश्चिम प्रदेसका प्रदेस सभा सदस्य माननिय मेघराज खड्काले मन्त्री पदको सपथ लिने कुरा बाहिरीएको छ । ईमान्दारीता त्याग र सर्मपणर्को अर्को रुप मानिने माननिय मेघराज खड्काको राजनितिक यात्रा यस्तो रहेको छ । 

अछाम क्षेत्र नम्बर १ मा तत्कालिन समयमा एकमात्र मावि थियो, महेन्द्र मावि बयालपाटा । सोहि महेन्द्र माविबाट २०३५ सालमा कक्षा ८ को पढाई सुरु गरेका मेघराज खड्काले त्यसको एक वर्षपछि २०३६ सालमा जनमत संग्रहको घोषणा भएलगतै पढाईसँगै राजनीति पनि सुरु सुरु गर्नुभएको थियो । बहुदल र निर्दलका पक्षमा जनमतसंग्रह हुँदा उहाँ बहुदलको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

२०४० सालमा उच्च शिक्षा हासिल गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुनुभएका खड्का त्यसको डेढ महिनामै कांग्रेसका कार्यक्रममा सहभागी हुँदा प्रहरीको हिरासतमा थुनिनुभएको थियो । त्यही बेलादेखि उहाँको सक्रिए राजनीति यात्रा सुरु भयो । खड्काले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र ०४२ सालमा सभापति भएर काम गर्नुभयो ।

०४२ सालको सत्याग्रहमा साढे चार महिना जेल परेका खड्का पटक-पटक प्रहरी हिरासतमा थुनिनुभयो । विद्यार्थीको सक्रिए राजनीतिसँगै अछाम फर्केका खड्का २०४६ सालको जनआन्दोलनमा अछाममा चरम यातनासहित प्रहरी हिरासतमा थुनिनुभयो । पार्टीको संगठन निर्माणदेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर राजनीतिमा सक्रिए खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य हुनुभयो ।

२०५३ मा भएको नेपाली कांग्रेस पार्टीको ९ औं र १० औं महाधिबेशनबाट महाधिवेश प्रतिनिधि हुँदै महासमिती सदस्य हुनुभएका खड्का ११ औं महाधिवेशनमा २०६२ देखि २०६७ सम्म नेपाली कांग्रेस अछामको सभापति हुनुभएको थियो । त्यसयता भएका १२ औं र १३ औं महाधिवेशनमा उहाँ लगातार महासमिती सदस्य बन्नुभएका खड्का १४ औं महाधिवेशनबाट हालसम्म महासमिती सदस्य हुँदै कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री हुनुहुन्छ । यो बीचमा खड्का २०५४ सालमा जिल्ला विकास समिती अछामको सदस्यमा समेत निर्वाचित हुनुभयो । ०५४ देखि ०५९ सम्म उहाँले तत्कालिन जिल्ला विकास समितीको सदस्य भएर काम गर्नुभयो । त्यो बेला आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूणर् काम गरेका खड्का जनतामाझ लोकप्रिय हुनुहुन्छ । त्यस्तै २०७९ सालको आम निर्वाचनमा सुदूरपश्चिम प्रदेस भरीमै सबैभन्दा बढि मतान्तरले प्रदेस सभा सदस्यमा विजयि बन्नुभएका खड्का पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ ।

पदमा हुँदा पनि नहुँदा पनि निरन्तर अछामको विकास र समृद्धिका लागि सक्रिए खड्काले निष्ठावान र सरल राजनीतिकर्मीको छवि बनाएका बनाउनुभएको छ । आफ्नो जिन्दगिका उर्जावान ४ दशक राजनीतिमै समर्पित गरेका खड्का यसपटक अछामको मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेसको विकास र समृद्धिको खाका कोर्ने ठाउँमा पुग्नुभएको छ ।


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥

अर्थात 
“तिम्रो अधिकार निश्चय नै आफ्नो निर्धारित कर्ममा मात्र छ, तर त्यस कर्मको फल पाउने वा नपाउने कुरा तिम्रो वशमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि नसोच र कर्म गर्नबाट सङ्कोच पनि कहिल्यै नलिउ ।”

भगवत गिताको यहि श्लोकलाई आफ्नो जिन्दगिको मुल मन्त्र मान्ने खड्काको अछामको विकासदेखि लिएर नीति निमाणर्मा समेत उनको सम्झन लायक भूमिका रहेको छ । साथै उनले राजनितिशास्त्रबाट एम.ए सम्मको अध्ययन गर्नुभएका खड्का सरल र ईमान्दारीताका पर्यायवाचि हुनुन्छ  ।

प्रतिक्रिया

ट्रेन्डिङ