Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जाडो बढेसँगै बेँसी झरे सौका समुदाय

जाडो बढेसँगै बेँसी झरे सौका समुदाय

चिसो मौसम सुरु भएसँगै ब्याँस गाउँपालिका– १ तिंकरका ब्याँसी सौका समुदाय पशुचौपायासहित खलंगा झरेका छन् । गर्मी मौसममा तिंकर उक्लिएका उनीहरू हिमाली भेगबाट चिसो छल्न मंसिर दोस्रो साता सदरमुकाम खलंगा आएका हुन् ।

दार्चुलामा मात्र बसोवास रहेको सौका समुदायको बसाइँसराइलाई उनीहरूको भाषामा ‘कुन्चा’ सर्नु भनिन्छ । सौका समुदाय गर्मी छल्न थातथलो तिंकर जान्छन् र चिसो बढेपछि पुनः फर्किन्छन् । पशुचौपाया र सरसामानसहित उनीहरू वैशाख पहिलो साता भारतकै बाटो खलंगाबाट थातथलो तिंकर उक्लिएका थिए । सदरमुकाम खलंगाबाट २८ कोस उत्तरमा ब्याँस पर्दछ । ३७०० मिटर उचाइको तिंकरका सौका समुदाय हरेक वर्ष ६ महिना बेँसीतिर र ६ महिना गाउँमा बसोवास गर्छन् । पशुपालन र व्यापार गर्दै आएका सौका समुदायको मौसमअनुसार खलंगा र तिंकरमा बसोवास हुन्छ ।

तिंकरका ३५ भन्दा बढी परिवार आइतबार खलंगा आएको ब्याँस गाउँपालिका– १ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए । गाउँमा चिसो अत्यधिक बढेर हिमपात हुने अवस्था आएपछि  कुन्चा सारेको उनको भनाइ छ । एक साता लगाएर तिंकरको ‘कुन्चा’ खलंगा पुगेको ब्याँस गाउँपालिका– १ का दानसिंह तिंकरीले बताए । 

आफ्नो भूगोल भएर पनि घोरेटो बाटोसमेत नहुँदा सर्वसाधारणले आवतजावतमा सास्ती झेल्नुपरेको तुला तिंकरी बताउँछन् । छांगरू र तिंकर जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । ‘मान्छे भए त गाडीमा चार घण्टाको यात्रा हो । तर, पशुचौपाया ल्याउँदा समस्या हुन्छ,’ तुलाले भने, ‘पशुचौपायासँगै ६ महिना पुग्ने रासनसमेत सँगै ल्याउनुपर्छ । गाउँमा उब्जाउ गरेको अन्न खलंगामा खान मिल्छ ।’

छांगरूका ३ परिवार मात्रै सदरमुकाम खलंगा पुगेका छन् । उनीहरू यो दोस्रो साताभित्र खलंगा झर्ने तयारी भएको ब्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । 

सुनसान तिंकर

स्थानीय खलंगा र सुरक्षाकर्मी छांगरू झरेपछि तिंकर पूरै सुनसान बनेको छ । स्थानीयले ढोकामा ताला लगाएर खलंगा झरेको ब्याँस गाउँपालिका– १ का दानसिंह तिंकरीले बताए । ‘यहाँको सुरक्षा जिम्मेवारी भगवान्भरोसा छ । ढोकामा लगाइएको ताला अब वैशाखमा मात्रै खुल्छ । अत्यधिक हिमपात हुने गरेका कारण चोरी हुने सम्भावना हुँदैन,’ उनले भने । टिंकरनजिकै रहेको छायालेकमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) र इलाका प्रहरी कार्यालय टिंकर छ । ‘टिंकरमा माइनस तापक्रम पुगेको छ । छांगरूमै माइनस तापक्रम पुग्ने वेला भइसक्यो,’ सशस्त्र प्रहरी बलका डिएसपी लिली चन्दले भने, ‘मान्छे नै कोही नभएपछि सुरक्षाकर्मी छांगरू झरेका छन् ।’ सरकारले दुई वर्षदेखि छांगरूमा वर्षभरि नै सुरक्षाकर्मीको उपस्थिति गराएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ