Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

जाडो बढेसँगै बेँसी झरे सौका समुदाय

जाडो बढेसँगै बेँसी झरे सौका समुदाय

चिसो मौसम सुरु भएसँगै ब्याँस गाउँपालिका– १ तिंकरका ब्याँसी सौका समुदाय पशुचौपायासहित खलंगा झरेका छन् । गर्मी मौसममा तिंकर उक्लिएका उनीहरू हिमाली भेगबाट चिसो छल्न मंसिर दोस्रो साता सदरमुकाम खलंगा आएका हुन् ।

दार्चुलामा मात्र बसोवास रहेको सौका समुदायको बसाइँसराइलाई उनीहरूको भाषामा ‘कुन्चा’ सर्नु भनिन्छ । सौका समुदाय गर्मी छल्न थातथलो तिंकर जान्छन् र चिसो बढेपछि पुनः फर्किन्छन् । पशुचौपाया र सरसामानसहित उनीहरू वैशाख पहिलो साता भारतकै बाटो खलंगाबाट थातथलो तिंकर उक्लिएका थिए । सदरमुकाम खलंगाबाट २८ कोस उत्तरमा ब्याँस पर्दछ । ३७०० मिटर उचाइको तिंकरका सौका समुदाय हरेक वर्ष ६ महिना बेँसीतिर र ६ महिना गाउँमा बसोवास गर्छन् । पशुपालन र व्यापार गर्दै आएका सौका समुदायको मौसमअनुसार खलंगा र तिंकरमा बसोवास हुन्छ ।

तिंकरका ३५ भन्दा बढी परिवार आइतबार खलंगा आएको ब्याँस गाउँपालिका– १ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए । गाउँमा चिसो अत्यधिक बढेर हिमपात हुने अवस्था आएपछि  कुन्चा सारेको उनको भनाइ छ । एक साता लगाएर तिंकरको ‘कुन्चा’ खलंगा पुगेको ब्याँस गाउँपालिका– १ का दानसिंह तिंकरीले बताए । 

आफ्नो भूगोल भएर पनि घोरेटो बाटोसमेत नहुँदा सर्वसाधारणले आवतजावतमा सास्ती झेल्नुपरेको तुला तिंकरी बताउँछन् । छांगरू र तिंकर जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । ‘मान्छे भए त गाडीमा चार घण्टाको यात्रा हो । तर, पशुचौपाया ल्याउँदा समस्या हुन्छ,’ तुलाले भने, ‘पशुचौपायासँगै ६ महिना पुग्ने रासनसमेत सँगै ल्याउनुपर्छ । गाउँमा उब्जाउ गरेको अन्न खलंगामा खान मिल्छ ।’

छांगरूका ३ परिवार मात्रै सदरमुकाम खलंगा पुगेका छन् । उनीहरू यो दोस्रो साताभित्र खलंगा झर्ने तयारी भएको ब्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । 

सुनसान तिंकर

स्थानीय खलंगा र सुरक्षाकर्मी छांगरू झरेपछि तिंकर पूरै सुनसान बनेको छ । स्थानीयले ढोकामा ताला लगाएर खलंगा झरेको ब्याँस गाउँपालिका– १ का दानसिंह तिंकरीले बताए । ‘यहाँको सुरक्षा जिम्मेवारी भगवान्भरोसा छ । ढोकामा लगाइएको ताला अब वैशाखमा मात्रै खुल्छ । अत्यधिक हिमपात हुने गरेका कारण चोरी हुने सम्भावना हुँदैन,’ उनले भने । टिंकरनजिकै रहेको छायालेकमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) र इलाका प्रहरी कार्यालय टिंकर छ । ‘टिंकरमा माइनस तापक्रम पुगेको छ । छांगरूमै माइनस तापक्रम पुग्ने वेला भइसक्यो,’ सशस्त्र प्रहरी बलका डिएसपी लिली चन्दले भने, ‘मान्छे नै कोही नभएपछि सुरक्षाकर्मी छांगरू झरेका छन् ।’ सरकारले दुई वर्षदेखि छांगरूमा वर्षभरि नै सुरक्षाकर्मीको उपस्थिति गराएको छ ।

प्रतिक्रिया