Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

उपत्यकामा बढ्यो वायु प्रदूषण, मास्क लगाएर मात्रै घरबाहिर निस्कन सुझाव

उपत्यकामा बढ्यो वायु प्रदूषण, मास्क लगाएर मात्रै घरबाहिर निस्कन सुझाव

जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यका वायु प्रदूषणको चपेटामा पर्न थालेको छ । प्रदूषणका कारण काठमाडौं उपत्यकाका तीन जिल्लाको हावा मानव स्वास्थ्यका लागि हानिकारक बनेको छ ।

केही दिनदेखि मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह बढिरहेको वातावरण विभाग वायु प्रदूषण अनुगमन कार्यालयले जनाएको छ । कार्यालयको एयर क्वालिटी इन्डेक्सअनुसार पछिल्ला दिनहरूमा उपत्यकामा प्रदूषण दर बढ्दो छ । वायु प्रदूषणसम्बन्धी गुणस्तरविद् डा. भूपेन्द्र दासका अनुसार बुधबार साँझ ६ बजे उपत्यका विश्वका पाँचौँ प्रदूषित सहरभित्र परेको छ । पहिलो स्थानमा बोस्निया हर्जगोभिनाको साराजेभो, दोस्रो कार्जस्थान अस्टाना, तेस्रोमा पाकिस्तानको लाहोर, चौथोमा भारतको नयाँदिल्ली र पाँचौँ नेपालको काठमाडौं थियो । त्यसको केहीबेर ६ः१५ मै काठमाडौं विश्वमा प्रदूषित सहरमध्ये चौथो स्थानमा परेको थियो ।

एयर क्वालिटी इन्डेक्स ५० भन्दामाथि पुगेमा खराब र अस्वस्थ मानिन्छ । एयर क्वालिटी इन्डेक्स सयभन्दा माथिलाई निकै जोखिमयुक्त मानिन्छ । तर, बुधबार साँझ उपत्यकाको एयर क्वालिटी इन्डेक्स १५९ मा पुगेको थियो । गुणस्तरविद् डा. भूपेन्द्र दासले बिहान–बेलुकी बाहिर निस्कँदा निकै ख्याल गर्नुपर्ने अवस्था आएको बताए । ‘बुधबार बिहान र बेलुकीको हावा निकै अवस्थकर थियो, यस्तो अवस्थामा मर्निङ वाक गर्न निकै ध्यान दिनुपर्छ,’ दासले भने, ‘बाहिर हिँड्दा निकै ख्याल गर्नुपर्छ । आगो तथा धुवाँ आउने चिज बाल्नु हुँदैन ।’ उनले प्रदूषण निम्त्याउने क्रियाकलापमा निकै ध्यान दिनुपर्ने बताए ।

यसकारण बढ्यो प्रदूषण
उपत्यकामा प्रदूषण निम्त्याउने थुप्रै तत्व छन् । मुख्यतः ढल बिछ्याउन, फुटपाथमा टायल बिछ्याउन खनेर असरल्ल छाडिएकाले पनि धुलो घटिहाल्ने अवस्था छैन । बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताउँदै आएका छन् । प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्कने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकहरूको सुझाव छ । जानकारहरूका अनुसार सामान्यतया हावामा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन हुनुपर्छ । तर, योभन्दा बढी भयो भने स्वास्थ्यका लागि डरलाग्दो मानिन्छ ।

प्रतिक्रिया

ट्रेन्डिङ