Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

उपत्यकामा बढ्यो वायु प्रदूषण, मास्क लगाएर मात्रै घरबाहिर निस्कन सुझाव

उपत्यकामा बढ्यो वायु प्रदूषण, मास्क लगाएर मात्रै घरबाहिर निस्कन सुझाव

जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यका वायु प्रदूषणको चपेटामा पर्न थालेको छ । प्रदूषणका कारण काठमाडौं उपत्यकाका तीन जिल्लाको हावा मानव स्वास्थ्यका लागि हानिकारक बनेको छ ।

केही दिनदेखि मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह बढिरहेको वातावरण विभाग वायु प्रदूषण अनुगमन कार्यालयले जनाएको छ । कार्यालयको एयर क्वालिटी इन्डेक्सअनुसार पछिल्ला दिनहरूमा उपत्यकामा प्रदूषण दर बढ्दो छ । वायु प्रदूषणसम्बन्धी गुणस्तरविद् डा. भूपेन्द्र दासका अनुसार बुधबार साँझ ६ बजे उपत्यका विश्वका पाँचौँ प्रदूषित सहरभित्र परेको छ । पहिलो स्थानमा बोस्निया हर्जगोभिनाको साराजेभो, दोस्रो कार्जस्थान अस्टाना, तेस्रोमा पाकिस्तानको लाहोर, चौथोमा भारतको नयाँदिल्ली र पाँचौँ नेपालको काठमाडौं थियो । त्यसको केहीबेर ६ः१५ मै काठमाडौं विश्वमा प्रदूषित सहरमध्ये चौथो स्थानमा परेको थियो ।

एयर क्वालिटी इन्डेक्स ५० भन्दामाथि पुगेमा खराब र अस्वस्थ मानिन्छ । एयर क्वालिटी इन्डेक्स सयभन्दा माथिलाई निकै जोखिमयुक्त मानिन्छ । तर, बुधबार साँझ उपत्यकाको एयर क्वालिटी इन्डेक्स १५९ मा पुगेको थियो । गुणस्तरविद् डा. भूपेन्द्र दासले बिहान–बेलुकी बाहिर निस्कँदा निकै ख्याल गर्नुपर्ने अवस्था आएको बताए । ‘बुधबार बिहान र बेलुकीको हावा निकै अवस्थकर थियो, यस्तो अवस्थामा मर्निङ वाक गर्न निकै ध्यान दिनुपर्छ,’ दासले भने, ‘बाहिर हिँड्दा निकै ख्याल गर्नुपर्छ । आगो तथा धुवाँ आउने चिज बाल्नु हुँदैन ।’ उनले प्रदूषण निम्त्याउने क्रियाकलापमा निकै ध्यान दिनुपर्ने बताए ।

यसकारण बढ्यो प्रदूषण
उपत्यकामा प्रदूषण निम्त्याउने थुप्रै तत्व छन् । मुख्यतः ढल बिछ्याउन, फुटपाथमा टायल बिछ्याउन खनेर असरल्ल छाडिएकाले पनि धुलो घटिहाल्ने अवस्था छैन । बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताउँदै आएका छन् । प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्कने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकहरूको सुझाव छ । जानकारहरूका अनुसार सामान्यतया हावामा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन हुनुपर्छ । तर, योभन्दा बढी भयो भने स्वास्थ्यका लागि डरलाग्दो मानिन्छ ।

प्रतिक्रिया