Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

स्थानीय तह उपनिर्वाचन : वर्चस्वमा ठूला दल, सिट मात्र अदलबदल

स्थानीय तह उपनिर्वाचन : वर्चस्वमा ठूला दल, सिट मात्र अदलबदल

काठमाडौँ — उपनिर्वाचन २०८१ को मतपरिणामले पनि ठूला दलको वर्चस्व देखाएको छ । सातै प्रदेशका विभिन्न पालिकामा भएका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत गरेको छैन । 

दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् ।

उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।

कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।

त्यस्तै, उपनिर्वाचन भएका ३४ वडाका अध्यक्षमध्ये २०७९ को निर्वाचन कांग्रेसले १९, एमालेले ८, माओवादीले ६, जसपा नेपालले १ पद जितेका थिए । यस पटक कांग्रेसले ३ वडा गुमाएर १६ र एमालेले ३ वडा गुमाएर ५ मात्र जितेका छन् । माओवादीले भने १ थप गरी ७ वटा वडामा जितेको छ भने जसपा नेपालले १ थपेर २ वडामा जितेको छ । यसपालि एसले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले १ पदमा जितेका छन् । स्थानीय तहमा रास्वपाले एउटा वडासहित पहिलो पटक उपस्थिति दर्ज गरेको छ ।

काठमाडौंको कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनभन्दा ७ सय ७९ मत बढी ल्याएका छन् । डंगोलले ५ हजार ३ सय ३४ र महर्जनले ४ हजार ५ सय ५५ मत ल्याएका हुन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाए । कीर्तिपुर–१ र ४ को वडाध्यक्ष पनि कांग्रेसले जितेको छ ।

उपनिर्वाचनमा उम्मेदवारी दर्ताको प्रक्रियामै ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । यसअघि ती दुवै पद कांग्रेसले नै जितेको थियो ।

कांग्रेसले गुमाएको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी र दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पनि कांग्रेसले गुमाएको छ । उक्त पदमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । त्यस्तै, पहिले कांग्रेसले जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा यस पटक एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।

यहाँ माओवादीकी नरपुरा बुढाले जितेकी छन् । यो पालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । कांग्रेसको चुनाव चिह्नबाट एमालेकी उम्मेदवार केशकुमारी तुलाधरले प्रतिस्पर्धा गरे पनि पराजित भइन् । पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर शेर्पा विजयी भएकी छन् । उनले २ हजार ८ सय ५ मत ल्याएकी छन् । शेर्पाकी निकटतम प्रतिस्पर्धी माओवादी उम्मेदवार निम लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन् ।

राजनीतिक वृत्तमा ‘मिसन–८४’ को चर्चा चलिरहेका बेला भएको स्थानीय तहको उपनिर्वाचनमा सत्ताको प्रमुख घटक कांग्रेसले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको छ भने एमालेले मध्यम खालको परिणाम निकालेको छ । साढे चार महिनाअघि सत्ताबाट बाहिरिएको माओवादीलाई भने चुनावी परिणामले उत्साही बनाएको छ । पुराना राजनीतिक दलको विकल्पमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको एउटा वडा जिते पनि समग्रमा निराशाजनक मत ल्याएको छ । रास्वपाले काठमाडौंकै कीर्तिपुर नगरपालिकाको प्रमुख तथा दुई वटा वडामा उम्मेदवारीसमेत दिएको थिएन । त्यस्तै, काठमाडौं–१६ बाहेक अन्य २५ स्थानका रास्वपा उम्मेदवार प्रतिस्पर्धामा आएनन् । धेरैजसो ठाउँमा उनीहरूको जमानत जफत भएको छ ।

कांग्रेसका लागि उपनिर्वाचनको नतिजा संख्यात्मक हिसाबले कमजोर मान्न सकिए पनि गुणात्मक रूपमा राम्रो भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाबी गर्छन् । ‘२०७९ मा माओवादी, एकीकृत समाजवादीसहितका पार्टीसँग गठबन्धन गरेर चुनाव लडेका थियौं, अहिले एक्लै । त्यो हेर्ने हो भने परिणाम सन्तोषजनक छ,’ उनले भने, ‘बिनागठबन्धन कीर्तिपुर नगरपालिकासहित १९–२० स्थान जित्नुले २०८४ मा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मत अनुमोदन भएको छ ।’

तर कांग्रेसकै केन्द्रीय सदस्य गोविन्द पोखरेल संगठनभन्दा सत्तालाई प्राथमिकता दिँदा कांग्रेसको जनमत खस्किएको बताउँछन् । ‘प्राप्त जनमतले माओवादीलाई हौसाएको छ भने एमालेले समग्रमा जनमत खस्के पनि केही पालिकामा सफलता पाएको छ । घाटा बेहोर्ने कांग्रेस मात्रै छ,’ उनले भने ।

२०७९ को चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलहरू चुनावी गठबन्धनमा थिए । गठबन्धनका लाभले जितेका सिट नै यस पटक हारेको बुझाइ पनि कतिपय कांग्रेसका नेताहरूमा छ । पोखरेल पनि माओवादीसँगको गठबन्धनका कारण लाभ लिएका सिट कांग्रेसले गुमाएको बताउँछन् ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपेक्षित परिणाम नआए पनि शिर निहुरिने अवस्था नरहेको बताए । ‘हामीले यसअघि जितेको ८ स्थानको वडामा उपनिर्वाचन भएको हो । अहिले वडामा केही गुमे पनि थप गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेका छौं,’ उनले भने, ‘पदको हिसाबले परिणाम उपलब्धिमूलक छ ।’

पुराना दललाई सामाजिक सञ्जालमा जतिसुकै गालीगलौज गरे पनि निर्वाचनका बेला तिनै दललाई जनताले विश्वास गरेको सन्देश उपनिर्वाचनले दिएको राजनीतिक विश्लेषक एवं निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल बताउँछन् । ‘अर्को पक्ष माओवादी सक्कियो, अब उठ्न गाह्रो छ भन्ने चर्चा थियो । तर माओवादीले पाएको आश्चर्यजनक परिणामले उसको पकड अझै कायम छ भन्ने देखाएको छ,’ उनले भने, ‘पुराना दलको विकल्पमा उदाएको दलको जनमतसमेत मुख्य सहरी क्षेत्रबाहेक अन्यत्र रहेनछ भन्ने देखाएको छ ।’

प्रतिक्रिया