Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अपिछेउकै खोलाबाट बिजुली उत्पादन, बस्ती अन्धकारमा

अपिछेउकै खोलाबाट बिजुली उत्पादन, बस्ती अन्धकारमा

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ मकरिगाडमा १० मेगावाट विद्युत् उत्पादन हुन्छ । यहाँबाट बलाँचस्थित विद्युत्गृहमार्फत सुदूरपश्चिमका विभिन्न जिल्लामा बिजुली आपूर्ति हुन्छ । तर, बिजुली उत्पादन गर्ने गाउँपालिकाकै बस्ती अन्धकारमा छन् । अपिहिमाल गाउँपालिक–१, २ र ६ का बस्तीमा विद्युत् छैन । पर्यटन अभियन्ता हिमालय भट्ट भन्छन्, ‘अपिहिमालको पानीबाट उत्पादन भएको बिजुलीले आधाभन्दा बढी सुदूरपश्चिम उज्यालो छ । तर, अहिले पनि अपिहिमाल गाउँपालिकाका धेरै गाउँ अन्धकारमा छन् ।’

वडा नम्बर ५ मा राष्ट्रिय प्रसारण लाइनको बत्ती जडान गरिएको छ । वडा नम्बर ३ र ४ मा क्षत्तिगाडमा उत्पादन गरिएको सय किलोवाट बत्तीबाट गाउँ उज्यालो छ । अन्य तीन वडाका नागरिक अहिले पनि अँधेरोमा छन् । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रको तथ्यांकअनुसार अपिहिमाल गाउँपालिकाका १४ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुगेको छ ।

अपिहिमाल गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयका शिक्षक कमानसिंह धामी अपिका नागरिकको समस्या बुझिदिने कोही नभएको गुनासो गर्छन् । अपिहिमालका अधिकांश नागरिकले सोलार र दियालोको भरमा रात काट्न बाध्य भएको अपिहिमाल गाउँपालिका–२ का स्थानीय दशरथ कार्कीले बताए । ‘यहीँ पारि खण्डेश्वरी रातमा झिलमिली हुन्छ, तर घुसापट्टी पूरै अन्धकार छ,’ उनले भने,‘विकासमा विभेद छ । पैसा हुनेले सोलार बत्ती राखेका छन् । तर, हातमुख जोर्न धौ–धौ भएकाले कहाँबाट सोलार किन्नु ? मोबाइल चार्ज गर्न पनि अर्काको घरमा पुग्नुपर्ने बाध्यता छ ।’

ग्रामीण विद्युतीकरणअन्तर्गत अपिहिमाल गाउँपालिकामा विद्युत् विस्तारको काम बल्ल सुरु भएको छ । अपिहिमाल गाउँपालिका–५ का अधिकांश बस्तीमा विद्युत् लाइन विस्तारको काम सम्पन्न भएको कस्मिक इलेक्ट्रोनिक प्रालिका प्रतिनिधि मनोज बस्नेतले बताए । ‘यस वर्ष अपिहिमालमा ५० प्रतिशत विद्युतीकरणको काम गर्ने लक्ष्य छ,’ उनले भने । हिमाली क्षेत्र र अप्ठेरो बाटो भएकाले विद्युत्को पोल र तार ढुवानीमै समस्या भइरहेको उनले बताए । अहिले ६० भन्दा बढी मजदुर लगाएर निर्माणको काम भइरहेको उनले बताए ।

प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले जिल्लाभर ग्रामीण विद्युतीकरणमार्फत काम भइरहेको बताए । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार आर्थिक वर्ष ०८०÷८१ सम्ममा जिल्लाभरका १८ हजार ५४८ घरधुरीमा विद्युत् सेवा पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार दार्चुला जिल्लामा २८ हजार ३८१ घरधुरी छन् ।

प्राधिकरणको दार्चुला वितरण केन्द्रको तथ्यांकअनुसार महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका अधिकांश घरधुरीमा विद्युत् सेवा पुगेको छ । लेकम, व्यास र दुहुँ गाउँपालिकामा पनि ७० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युतीकरण कार्य सम्पन्न भएको तथ्यांक छ । मार्मा गाउँपालिकामा ४५ प्रतिशत, अपिहिमाल गाउँपालिकामा १४ प्रतिशत र नौगाड गाउँपालिकामा १२ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ ।

प्रतिक्रिया