Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुराका बाढीपहिरो विस्थापितलाई नमुना बस्ती, ठडिए ११० परिवारका घर

बाजुराका बाढीपहिरो विस्थापितलाई नमुना बस्ती, ठडिए ११० परिवारका घर

बाजुरामा दुई वर्षअघिको बाढीपहिरोबाट विस्थापित परिवारका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरिएको छ । संघको ६० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो । 

नमुना बस्तीका लागि घर निर्माणमा ६ करोड पाँच लाख खर्च भएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । विस्थापितका लागि जगन्नाथ– ६ काप्डीमा बस्ती बनाइएको छ । जगन्नाथ गाउँपालिकाको समन्वयमा विस्थापितहरूले जग्गा खरिद गरेपछि त्यही जग्गामा नमुना बस्ती बनाइएको  अध्यक्ष शाहीले बताए । घरहरू जस्तापाताले छाइएको छ । 

०७९ असोजको बाढीपहिरोले घरबारविहीन भएपछि यहाँका बासिन्दा त्रिपालमा पुगेका थिए । ६ वटै वडामा क्षति गरेको थियो । दुई वर्षपछि घर पाउँदा खुसी लागेको स्थानीय सर्पलाल सार्कीले बताए । 

जगन्नाथ गाउँपालिका बिपत ब्यवस्थापन फोकल पर्सन निरेश कट्टेलका अनुसार एउटा घर निर्माणको लागत ५ लाख ५० हजार छ । यद्यपि, प्रदेश र संघ सरकारबाट आउने अनुदानको ५५ प्रतिशत मात्र निकासा भएको उनले बताए ।

संघ र प्रदेशबाट पूरै अनुदान निकासा नहुँदा  विस्थापितले पनि निर्माणमा लागेको केही रकम भुक्तानी गर्न सकेका छैनन् ।  संघ र प्रदेशबाट दोस्रो किस्ताको रकम निकासा नहुँदा घर बनाउँदा प्रयोग भएको काठ र कामदारको ज्याला उधारो रहेको सर्पलाल सार्कीले बताए । 

आधारभूत स्वास्थ्यचौकी, खानेपानीका धारा र शौचालय बन्दै 
जगन्नाथ गाउँपालिकाले नमुना बस्तीका लागि आधारभूत स्वास्थ्यचौकी, खानेपानीका धारा र शौचालय निर्माणको काम पनि अगाडि बढाएको छ ।

०८१/८२ भित्रै खानेपानी, शौचालय र स्वास्थ्यचौकी निर्माण भइसक्ने गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । उनका अनुसार खानेपानीका लागि ३५ लाख, शौचालयका ४६ लाख र  स्वास्थ्यचौकीका लागि १२ लाख बजेट छ । यस क्षेत्रमा आधारभूत विद्यालय भने साबिककै छ ।

प्रतिक्रिया