Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बाजुराका बाढीपहिरो विस्थापितलाई नमुना बस्ती, ठडिए ११० परिवारका घर

बाजुराका बाढीपहिरो विस्थापितलाई नमुना बस्ती, ठडिए ११० परिवारका घर

बाजुरामा दुई वर्षअघिको बाढीपहिरोबाट विस्थापित परिवारका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरिएको छ । संघको ६० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो । 

नमुना बस्तीका लागि घर निर्माणमा ६ करोड पाँच लाख खर्च भएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । विस्थापितका लागि जगन्नाथ– ६ काप्डीमा बस्ती बनाइएको छ । जगन्नाथ गाउँपालिकाको समन्वयमा विस्थापितहरूले जग्गा खरिद गरेपछि त्यही जग्गामा नमुना बस्ती बनाइएको  अध्यक्ष शाहीले बताए । घरहरू जस्तापाताले छाइएको छ । 

०७९ असोजको बाढीपहिरोले घरबारविहीन भएपछि यहाँका बासिन्दा त्रिपालमा पुगेका थिए । ६ वटै वडामा क्षति गरेको थियो । दुई वर्षपछि घर पाउँदा खुसी लागेको स्थानीय सर्पलाल सार्कीले बताए । 

जगन्नाथ गाउँपालिका बिपत ब्यवस्थापन फोकल पर्सन निरेश कट्टेलका अनुसार एउटा घर निर्माणको लागत ५ लाख ५० हजार छ । यद्यपि, प्रदेश र संघ सरकारबाट आउने अनुदानको ५५ प्रतिशत मात्र निकासा भएको उनले बताए ।

संघ र प्रदेशबाट पूरै अनुदान निकासा नहुँदा  विस्थापितले पनि निर्माणमा लागेको केही रकम भुक्तानी गर्न सकेका छैनन् ।  संघ र प्रदेशबाट दोस्रो किस्ताको रकम निकासा नहुँदा घर बनाउँदा प्रयोग भएको काठ र कामदारको ज्याला उधारो रहेको सर्पलाल सार्कीले बताए । 

आधारभूत स्वास्थ्यचौकी, खानेपानीका धारा र शौचालय बन्दै 
जगन्नाथ गाउँपालिकाले नमुना बस्तीका लागि आधारभूत स्वास्थ्यचौकी, खानेपानीका धारा र शौचालय निर्माणको काम पनि अगाडि बढाएको छ ।

०८१/८२ भित्रै खानेपानी, शौचालय र स्वास्थ्यचौकी निर्माण भइसक्ने गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । उनका अनुसार खानेपानीका लागि ३५ लाख, शौचालयका ४६ लाख र  स्वास्थ्यचौकीका लागि १२ लाख बजेट छ । यस क्षेत्रमा आधारभूत विद्यालय भने साबिककै छ ।

प्रतिक्रिया