Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हिउँको आँगन, पिठिउँमा शिशु

हिउँको आँगन, पिठिउँमा शिशु

बाजुरा– बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ । यहाँका हिमाली क्षेत्रका अधिकांश ठाउँमा बाक्लो हिमपात भएपछि अहिले निकै चिसो बढेको छ । चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । 

हिउँको चिसोले स्थानीयवासीलाई घरबाहिर आउजाउ गर्नसमेत कठिन भएको बेला बुढीनन्दा नगरपालिकाका–९ स्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयकी शिक्षिका जुना रावत भने पाँचमहिने आफ्नो शिशुलाई पिठ्यँुमा बोकेर बालबालिकालाई पढाइरहेका छन् ।

अधिकांश महिलालाई चिसोका कारण घरबाहिर जान कठिन छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो, उसैमा बाहिर बाक्लो हिमपात भएका बेलामा शिक्षिका रावतले भने पाँच महिनाकी छोरीलाई पिठिउँमा राखेर बालबालिकालाई पढाइरहेका हुन् ।

यहाँ प्रायः जनजाति भोटे समुदायको बसोबास छ । उनीहरूको पेसा भेडापालन हो । उनीहरू जाडोका बेला भेडासँगै औल जाने र गर्मीमा लेक सर्ने गर्दछन् । बालबालिकाहरू पनि बाआमासँगै औल र लेक जाने भएकाले हिउँदको चिसोमा यहाँका अधिकांश विद्यालय खाली हुन्थे, जसले गर्दा भोटे समुदायका बालबालिका लामो समय पढाइबाट वञ्चित थिए । 

यही समस्यालाई ध्यान दिँदै पछिल्लो समय जति चिसो भए पनि बालबालिकालाई विद्यालयमा नै राखेर पढाउने गरिएको छ । त्यसैले शिक्षिका रावत आफ्नी पाँचरछ महिनाकी शिशुलाई पिठिउँमा बोकेर पढाए । अहिले यो विद्यालय शनिबार र बिदाको दिनबाहेक हिउँदको चिसो होस् या बर्खाको झरी सबै दिन सञ्चालन हुन्छ । 

“चिसोको निहुँमा यी बालबालिका पढाइबाट वञ्चित हुँदै आएका थिए । अहिले हामीले चिसोमा न्यानो लुगा लगाएर वा आगो बालेर पनि पढाउने गर्छौं । मेरा लागि विद्यालय आउने बालबालिका र मेरी छोरी समान हुन्,” शिक्षिका रावतले भनिन्, “मैले मेरी सानी छोरीलाई चिसो भयो भन्दै घरमा बसे यी बालबालिकाको पढाइ पनि रोकिन्छ । त्यसैले बच्चीलाई लिएर विद्यालय आउने गरेकी छु ।”

अभिभावकसँगै औल र लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका बालबालिका अहिले विद्यालयमै बसेर पढ्न थालेपछि उनीहरूको पढाइमा पनि राम्रो सुधार आएको शिक्षिका रावतले बताइन।

सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयमा जनजाति, दलित, हलियाका टुहुरा, अनाथ बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरिएको प्रधानाध्यापक तुलाबहादुर रावतले जानकारी दिइन।

हिमपातका कारण चिसो बढे पनि आफूहरूले पढ्न नछोडेको कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताउनुभयो । चिसो भएपछि आगो बालेर पढ्ने गरेको बताउँदै रावतले भनिन्, “हामी सधैँ यसै विद्यालयमा बस्ने र खाने गर्छौं । हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकाले अहिले आगो बालेर पढ्छौँ ।” 

यो हिउँदमा पनि ६६ जना बालबालिका विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । जसमा दस जना अनाथ, एक जना जनजाति, १५ जना द्वन्द्वपीडित दलित र ४० जना भोटे समुदायका छन् । बालबालिकाहरू हिउँद, बर्खा नै विद्यालयमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक रावतले बताइन।  

 

प्रतिक्रिया