Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हिउँको आँगन, पिठिउँमा शिशु

हिउँको आँगन, पिठिउँमा शिशु

बाजुरा– बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ । यहाँका हिमाली क्षेत्रका अधिकांश ठाउँमा बाक्लो हिमपात भएपछि अहिले निकै चिसो बढेको छ । चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । 

हिउँको चिसोले स्थानीयवासीलाई घरबाहिर आउजाउ गर्नसमेत कठिन भएको बेला बुढीनन्दा नगरपालिकाका–९ स्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयकी शिक्षिका जुना रावत भने पाँचमहिने आफ्नो शिशुलाई पिठ्यँुमा बोकेर बालबालिकालाई पढाइरहेका छन् ।

अधिकांश महिलालाई चिसोका कारण घरबाहिर जान कठिन छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो, उसैमा बाहिर बाक्लो हिमपात भएका बेलामा शिक्षिका रावतले भने पाँच महिनाकी छोरीलाई पिठिउँमा राखेर बालबालिकालाई पढाइरहेका हुन् ।

यहाँ प्रायः जनजाति भोटे समुदायको बसोबास छ । उनीहरूको पेसा भेडापालन हो । उनीहरू जाडोका बेला भेडासँगै औल जाने र गर्मीमा लेक सर्ने गर्दछन् । बालबालिकाहरू पनि बाआमासँगै औल र लेक जाने भएकाले हिउँदको चिसोमा यहाँका अधिकांश विद्यालय खाली हुन्थे, जसले गर्दा भोटे समुदायका बालबालिका लामो समय पढाइबाट वञ्चित थिए । 

यही समस्यालाई ध्यान दिँदै पछिल्लो समय जति चिसो भए पनि बालबालिकालाई विद्यालयमा नै राखेर पढाउने गरिएको छ । त्यसैले शिक्षिका रावत आफ्नी पाँचरछ महिनाकी शिशुलाई पिठिउँमा बोकेर पढाए । अहिले यो विद्यालय शनिबार र बिदाको दिनबाहेक हिउँदको चिसो होस् या बर्खाको झरी सबै दिन सञ्चालन हुन्छ । 

“चिसोको निहुँमा यी बालबालिका पढाइबाट वञ्चित हुँदै आएका थिए । अहिले हामीले चिसोमा न्यानो लुगा लगाएर वा आगो बालेर पनि पढाउने गर्छौं । मेरा लागि विद्यालय आउने बालबालिका र मेरी छोरी समान हुन्,” शिक्षिका रावतले भनिन्, “मैले मेरी सानी छोरीलाई चिसो भयो भन्दै घरमा बसे यी बालबालिकाको पढाइ पनि रोकिन्छ । त्यसैले बच्चीलाई लिएर विद्यालय आउने गरेकी छु ।”

अभिभावकसँगै औल र लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका बालबालिका अहिले विद्यालयमै बसेर पढ्न थालेपछि उनीहरूको पढाइमा पनि राम्रो सुधार आएको शिक्षिका रावतले बताइन।

सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयमा जनजाति, दलित, हलियाका टुहुरा, अनाथ बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरिएको प्रधानाध्यापक तुलाबहादुर रावतले जानकारी दिइन।

हिमपातका कारण चिसो बढे पनि आफूहरूले पढ्न नछोडेको कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताउनुभयो । चिसो भएपछि आगो बालेर पढ्ने गरेको बताउँदै रावतले भनिन्, “हामी सधैँ यसै विद्यालयमा बस्ने र खाने गर्छौं । हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकाले अहिले आगो बालेर पढ्छौँ ।” 

यो हिउँदमा पनि ६६ जना बालबालिका विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । जसमा दस जना अनाथ, एक जना जनजाति, १५ जना द्वन्द्वपीडित दलित र ४० जना भोटे समुदायका छन् । बालबालिकाहरू हिउँद, बर्खा नै विद्यालयमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक रावतले बताइन।  

 

प्रतिक्रिया

ट्रेन्डिङ