Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टुहुरा पढाउँदै केआई सिंह गाउँपालिका

टुहुरा पढाउँदै केआई सिंह गाउँपालिका

डोटी — दुई वर्षकै उमेरमा आमाले छोडेपछि दीपा रोका मगर अलपत्र परिन् । बुबाको काँधमा स्याहासुसारको जिम्मा आयो । बडीकेदार गाउँपालिका ३ धारापानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् । 

सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरिन् । बदलामा बुबा मेकसिं रोका मगरले सौतेनी आमा भित्र्याए ।

घरायसी काममै मात्र लगाइएका भक्तबहादुरले पनि स्कुल जान पाएनन् । अहिले दुवै जना केआई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लागि सञ्चालनमा ल्याएको छात्रावासमा छन् । छात्रावासमा उनीहरूजस्तै अरू ११ जना छन्, जसमध्ये कसैले आमा गुमाएका छन् त कसैले बुबा । गरिबी र आफन्त अभाव झेलेका उनीहरू छात्रावासमा पढेर पढिरहेका छन् ।

कक्षा १ मा अध्ययनरत दीपा र भक्तबहादुर दुवैलाई मामा नाता पर्ने हर्कबहादुर पुनमगरले वडा नं. ४ मा रहेको सरस्वती आधारभूत विद्यालयको छात्रावासमा भर्ना गरिदिएका हुन् । गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर दीपा र भक्तबहादुरलाई पढाइरहेको छ ।

‘विद्यालयमा पढ्न पाउँदा दुवै जना खुसी छन्,’ मामा हर्कबहादुरले भने, ‘आमा नहुँदा बिचल्ली भएका भान्जाभान्जी विद्यालयमा खाना तथा आवासको व्यवस्था पाउँदा मामाघरसमेत आउन मान्दैनन् ।’

केआई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाइरहेको छ । ‘जसले स्याहारसुसार र पठनपाठन पाएका छैनन्, तिनीहरूको सम्पूर्ण जिम्मेवारी उठाउने अभिभारा गाउँपालिकाले लिएको छ,’ अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘लामो समयदेखि टुहुरा बालबालिकाको पठनपाठनका लागि तयारी गरिरहे पनि चालु आर्थिक वर्षबाट मात्र सुरुवात गर्न सफल भयौं ।’

अध्यक्ष शाहीले कैलालीदेखिसमेत विद्यार्थी पढ्न आएको बताए । सुरुवातको वर्ष भएकाले सूचना एव प्रचार अभावले थोरै बालबालिका आए पनि आउँदो वर्ष संख्या बढ्न सक्ने उनको अपेक्षा छ ।

गाउँपालिकाले न्यानो लुगा, स्टेसनरी, खाना तथा आवासको सम्पूर्ण खर्च व्यहोरोको सरस्वती आविका प्रधानाध्यापक पदमबहादुर विष्टले बताए । अभिभावक नहुँदा विद्यालय जानबाट वञ्चित बालबालिकाले केआई सिंह गाउँपालिकाको निर्णयपछि सुनौलो अवसर पाएकोमा उनले खुसी व्यक्त गरे ।

कास्की पोखरामा मजदुरी गरेर जीवन गुजारा गरिरहेका लालबहादुरले केआई सिंह गाउँपालिका नै आफ्नो सन्तानको अभिभावक भएकोमा खुसी व्यक्त गरे । उनका छोरा टेकेन्द्र बुढामगर सरस्वती आविको छात्रावासमै बसेर शिशु कक्षामा पढिरहेका छन् । ‘श्रीमतीले एक वर्षअघि नै छोडेर गइन्, काम नगरी मुखमा आहारा पुग्दैन,’ उनले भने, ‘गाउँपालिकाले जिम्मेवारी नलिएको भए मेरो बच्चाले विद्यालयको मुखै देख्न पाउँदैन थियो ।’ अढाई वर्षीय अर्को छोरालाई वृद्ध आमाबुबाको जिम्मामा छोडेर आफू मजदुरी गर्न पोखरा आएको जानकारी दिए ।

छात्रावासमा केआई सिंह गाउँपालिकाका ७, बोगटान फुडसिल गाउँपालिकाका २, बडीकेदार गाउँपालिकाका २ र कैलाली चुरेका २ गरी १३ अनाथ बालबालिका अध्ययनरत छन् । वडा नं. ४ पिलेगडाको लेकाली क्षेत्रमा रहेको सरस्वती आवि मनोरम र प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा छ । जनजाति समुदायको बाहुल्य रहे पनि न्यून जनसंख्या र जनचेतना अभावका कारण विद्यार्थी संख्या न्यून रहँदै आएको छ ।

करोडौंको लगानीमा निर्माण भएका विद्यालयको संरचनाको सदुपयोग गर्न गाउँपालिकाले टुहुरा बालबालिकाका लागि छात्रावाससहित पढाइ सुरु गरेपछि स्थानीय खुसी भएका छन् ।

सांभारः आजको कान्तिपुर

प्रतिक्रिया