Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

निर्वाचन आयोगमा दर्ता हुँदै चन्द नेतृत्वको नेकपा

निर्वाचन आयोगमा दर्ता हुँदै चन्द नेतृत्वको नेकपा

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

‘२०८४ को चुनावका लागि पार्टी दर्ता गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य सन्तोष बुढाले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव पास भएको छ ।’

गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेन । केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णयसमेत गरेको छ ।

‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव नेत्रविक्रम चन्दको पारित प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि सबै वडा, पालिका, प्रदेश एवं संघका निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर कामलाई अगाडि बढाउनुपर्छ ।’

पार्टीले २०८४ को चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिह्न लिने निर्णयसमेत गरेको छ । २०८४ को चुनावलाई क्रान्तिको एक महत्त्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्ने नीतिसमेत उसले लिएको छ । ‘यसका लागि चुनावसम्बन्धी सारा पुराना मान्यतालाई सर्वप्रथम भत्काउनुपर्छ र नयाँ मान्यताहरूलाई आत्मसात् गर्नुपर्छ,’ बैठकले पारित प्रतिवेदनमा भनिएको छ, ‘हामीले चुनावलाई सोचभन्दा बाहिरबाट सञ्चालन गर्नुपर्दछ । त्यसको समाधान नै एकीकृत जनक्रान्तिभित्र चुनावलाई क्रान्तिको मोर्चाका रूपमा बुझेर प्रयोग गर्नु हो । मोर्चका रूपमा प्रयोग गर्दा के–के गर्न आवश्यक हुन्छ, त्यो सबै गर्नुपर्दछ ।’

चुनाव जित्ने तरिका र उम्मेदवारबारे चनाखो हुनुपर्ने पनि बैठकले निर्णय गरेको छ । ‘नेकपा चुनावमा जानुपर्ने स्थितिमा जनतासँग पुग्ने, जनप्रतिनिधिहरू छनोट गर्ने, विजय हासिल गर्ने मौलिक र नयाँ तरिकाहरू प्रयोग गर्नुपर्दछ,’ निर्णयमा भनिएको छ, ‘यसका लागि परिवार, समाज, वडा, पालिका, प्रदेश एवं संघ चुनाव क्षेत्रको दुरुस्त विवरण तयार पार्ने, भूमिका निश्चित गर्ने र निरन्तर लागिपर्ने तरिका प्रयोग गर्नुपर्दछ ।’

सूचनामा सामाजिक सञ्जालको प्रयोगले नयाँ पुराना पार्टीलाई प्रभाव पारिरहेको चन्दको भनाइ छ । ‘सूचनामा सामाजिक सञ्जालले प्रवेश पाएपछि नेपालका पुराना पार्टी र नेताहरू कमजोर हुन थालेका हुन् । विश्वमा उदारवाद र निजीकरणको प्रभूत्व बढेपछि समाजवादले धक्का खाएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘समाजमा नयाँ विशेषताहरू पैदा हुँदा राजनीतिक सत्ता, शक्तिले पनि सोचविचारलाई नयाँमा उठाउनै पर्ने हुन्छ, अन्यथा उल्टो परिणाम भोग्नुपर्छ ।’

नेकपाले राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, सहकारी ठगीलाई केन्द्रबिन्दुमा राखेर संघर्ष उठाउन जोड दिने निर्णय गरेको छ । पार्टीले मिटरब्याज, लघुवित्त, एमसीसी, युवा पलायनजस्ता समस्यालाई लिएर मुद्दाअनुसारका संरचना निर्माण गरेर संघर्ष गर्ने कार्यक्रम पनि बनाएको छ ।

कम्युनिस्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । माओवादी केन्द्र र नेकपाबीच लामो समयदेखि एकता लागि छलफल चले पनि निष्कर्षमा पुग्न सकेको छैन । एकताको विषय माओवादी केन्द्रको निर्णयमा पनि भर पर्ने पार्टीको ठहर छ ।

‘हामी एकताको पक्षमा हो तर माओवादी केन्द्रले कस्तो धारणा बनाउँछ भन्ने विषय मुख्य छ, हामीले एकताको विषय उठाउँदा जहिले पनि क्रान्तिकारी पार्टी, यसको विचार, उद्देश्य, संगठनलाई केन्द्रमा राख्दै आएका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘केवल एकताको एकहोरो नारा मात्र दिने तर विचार, उद्देश्य र संगठनजस्ता विषयमा स्पष्टता ल्याउन वास्ता नगर्ने या ध्यान नदिने तरिकाले हुँदैन ।’

एकता तत्काल सम्भव नभए मोर्चाबन्दी गर्ने नीतिलाई अख्तियार गर्नुपर्नेमा पनि चन्दको जोड छ । ‘विचारको विकासलाई सहयोग पुग्ने, नयाँ आधारहरू निर्माण गर्न सक्ने र क्रान्तिलाई अगाडि बढाउन सक्ने गरी एकता गर्ने । यदि एकता तत्काल छैन भने पनि साम्राज्यवादीहरूले देशमाथि गरिरहेको चरम हस्तक्षेप, घेराबन्दी र दलाल पुँजीपति वर्गको जनघाती कार्यहरूको संवेदनशीलतालाई दृष्टिगत गरी पार्टी बलियो मोर्चाबन्दी गर्ने नीतिलाई जोडतोडका साथ पकड्नुपर्छ,’ चन्दले भनेका छन्, ‘मोर्चाको उल्लेख गर्दा हामीले समाजवादी मोर्चालाई सक्रिय बनाउन, अन्य पार्टीलाई जोड्न जोड दिनुपर्छ ।’

प्रतिक्रिया