Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ११ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु

पुसको ठण्डीमा पञ्चदेवलका वृद्धवृद्धाको बिजोग

पुसको ठण्डीमा पञ्चदेवलका वृद्धवृद्धाको बिजोग

अघिल्लो सातादेखि अछामको पञ्चदेवल विनायक नगरपालिका–३, विनायक बजारस्थित माछापुच्छ्रे बैंकको शाखा कार्यालय बाहिर दिनहुँ बिहानैदेखि वृद्धवृद्धाको ठूलै भीड लाग्ने गरेको छ । चिसो भुइँमा बसेका वृद्धवृद्धालाई देख्दा जोकोहीलाई पनि त्यहाँ धर्ना भइरहेको लाग्न सक्छ । तर, त्यो धर्ना नभएर सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका वृद्धवृद्धाको भीड हो   

बैंकको इन्टरनेट सर्भर बिग्रिँदा पुसको मुटु कमाउने ठण्डीमा वृद्धवृद्धाको बिजोग भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उनीहरु झिसमिसेमै बैंकबाहिर पुग्ने गरेका छन् । तर, १० बजेपछि बैंकका कर्मचारीको एउटै जवाफ सुनेपछि निराश हुँदै घर फर्किने उनीहरुको दैनिकी नै बनेको छ । नौ वटा वडा रहेको नगरपालिकाभित्र एउटै मात्र बैंक भएका कारण टाढाका स्थानीयलाई भत्ता लिन विनायक बजार नै पुग्नुपर्ने बाध्यता छ । 

बैंकको सर्भर बिग्रिएको १०–११ दिन भइसकेको छ । यता, इन्टरनेट र वायरिङको समस्या पनि देखिएको छ । प्राविधिकको अभावका कारण उपकरण मर्मत हुन सकेको छैन । नगरपालिकाले बल्लतल्ल निकासा सामाजिक सुरक्षा भत्ता हात नपर्दा वृद्धवृटाहरुलाई समस्या भएको हो । अर्कोतिर पुसको चिसोमा बिरामी पर्ने चिन्ताले पनि पिरोल्न थालेको छ । 

भत्ता लिन गएका एक वृद्धले गुनासो गर्दै भने,‘घरबाट यहाँ आइपुग्न घण्टौं लाग्छ । राति नै उठेर घरबाट निस्कियो । बैंकको सँधै एउटै जवाफ आउँछ । यतिका दिन भइसक्यो,  कम्पुटर अझै मर्मत भएको छैन भन्छन् । दिनभरी यहीँ बस्छु, साँझ घर फर्किन्छु । चिसोले बिरामी परिएलाजस्तो छ ।’

हाल नगरपालिकाभित्र ६८ वर्ष कटेका ज्येष्ठ नागरिक भत्ताको निम्ति योग्य एक हजार ६४९, ज्येष्ठ नागरिक दलित भत्ताका लागि २९५, ज्येष्ठ नागरिक एकल भत्ता बुझ्ने ११३ र ज्येष्ठ नागरिक विधवा भत्ताका लागि योग्य ४१५ जना छन् । त्यसैगरी, पूर्ण अपाङ्ग भत्ता लिने २७, अति अशक्त अपाङ्ग भत्ता लिने ८१, क्षेत्र तोकिएको बालबालिका भत्ता पाउने ११२ र दलित बालबालिका भत्ता पाउने ३३७ रहेको बताइन्छ । 

हरेक त्रैमासिकमा उनीहरुको भत्ता वितरण गरिन्छ । गत कात्तिकमै पाउनुपर्ने साउन, भदौ र असोजको भत्ता पुसको पहिलो साता बित्न लागिसक्दा पनि नपाएपछि उनीहरुलाई समस्या भएको छ । त्यहाँ आउने सबैले आ–आफ्नो दुःखेसो सुनाइरहेका थिए । कोही घरमा चामलको गेडो नभएको वेदना पोखिरहेका थिए । कोही छोराछोरी र नाति नातिनाको परीक्षा शुल्क तिर्ने पैसा नभएको गुनासो गरिरहेका थिए । 

डेढ हप्तादेखि निरन्तर बैंक पुग्ने गरेका उनीहरुले समस्या समाधानका लागि नगरपालिकाले कुनै पहलकदमी भूमिका नखेलेको भन्दै असन्तुष्टि जनाएका छन् । पहिले नगरपालिका र अहिले बैंकका कारण दुःख पाएको उनीहरुको भनाइ छ । नगरपालिकाको किचलोले यसपटक भत्ता निकासामा ढिलाई भएको एकथरीको बुझाइ छ । साउन, भदौ र असोजको भत्ता कात्तिक महिनामा निकासा गरिसक्नुपर्छ । 

तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज, आर्थिक कारोबार, योजना सम्झौतालगायतका सम्पूर्ण कार्य ठप्प बनेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक ९ गते नवराज वलीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नगरपालिका पठायो । उनी एक दिन मात्र कार्यालयमा हाजिर भए । एक महिनाकै अवधिमा उनी सरुवा भएर बाँकेको नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बन्न पुगे । 

आन्तरिक विवादका कारण काम गर्ने वातावरण नभएको भन्दै उनी स्वयम्ले मन्त्रालयसँग सरुवा माग गरेका हुन् । बल्लतल्ल पाएको प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि नगरपालिकाले शिक्षा संयोजक डम्बरबहादुर थापालाई सो पदको जिम्मा दियो । मंसिर ११ गते बसेको नगर कार्यपालिकाको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारी दिने निर्णय गरेको हो । सो पत्र मंसिर १३ गते थापाको हातमा पर्यो । मंसिर १४ गते उनले जिम्मेवारी सम्हाले । सोही दिन भत्ता रकम निकासा गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । 

‘प्रमुख प्रशासकीय अधिकृत नभएपछि ममाथि एउटा जिम्मेवारी थपिएको छ । साउन, भदौ र असोजको भत्ता नगरपालिकाले कात्तिकमा निकासा गर्छ । तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा एक महिना ढिला हुन पुग्यो । मंसिर १४ गते नै नगरपालिकाबाट रकम निकासा गरिसकेका छौं । बैंकमा समस्या भएको भन्ने जानकारी पाएको छु’,उनले भने । 

यता, बैंकका ब्रान्च म्यानेजर वसन्त दमाईले आज वा भोलिसम्ममा उपकरण आइपुग्ने बताए । प्राविधिक पनि सँगसँगै ल्याउनुपर्ने भएकाले मर्मतमा ढिलाई भएको उनको जिकिर छ । बैंकमा इन्टरनेट नचलेको उनले जानकारी दिए । समस्याबारे जानकारी गराउँदै सूचना जारी गरेपनि वृद्धवृद्धा भत्ता लिन आएकाले समस्या भएको उनको बुझाइ छ । 

‘यहाँ कहिले इन्टरनेटको समस्या हुन्छ, कहिले विद्युत जान्छ । बैंकको उपकरण बिग्रिरहन्छ । केही समयअघि मात्र उपकरण मर्मत गरेका हौं । अहिले इन्टरनेट र वायरिङको समस्या भएको छ । उपकरण बिग्रिएको पनि १०–११ दिन भयो । यहाँ प्राविधिक नै छैनन् । हेड अफिसलाई जानकारी गराएका थियौं । उपकरणसहित प्राविधिक आउँदै हुनुहुन्छ’,उनी भन्छन्,‘बैंक पूर्ण रुपमा बन्द छैन । चेकको रकम भुक्तानी गरिरहेका छौं । बैंकले वृद्धवृद्धालाई लक्षित गरेर सूचना पनि जारी गरेको छ । उपकरण बिग्रिएकोले नआउनुभन्दा पनि उहाँहरु आउनुहुन्छ । आज प्राविधिक र डिभाइस आएपछि काम सुचारु हुन्छ । यहाँ त प्रायः समस्या भइरहन्छ ।’

ब्रान्च म्यानेजर दमाईका अनुसार वडा नम्बर १, २ र ३ को स्थानीय भत्ता लिन बैंकमा आउँछन् । अन्यको वडाको हकमा गाउँ–गाउँमा पुगेर भत्ता बाँड्ने गरिएको छ । भत्ता नपाएपछि सबै बैंकमै आउन थालेको यथार्थ पनि उनले सुनाए ।

प्रतिक्रिया