Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एमालेमा आलोचक सिध्याउँदै ओली

एमालेमा आलोचक सिध्याउँदै ओली

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै हटाउँदा दुई नेत्रीको पनि जिम्मेवारी खोसेको छ। पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले रावललाई साधारण सदस्यबाट र दुई नेत्रीलाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको हो।

व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा सम्बन्धमा नेत्रीहरू स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालबाटै विरोध जनाएका थिए। सो विषयमा भीम रावलले पनि व्यापारीबाट जग्गा दान लिन नहुने धारणा राखेका थिए। ‘उनीहरू (पाण्डे र तिम्सिना) को जिम्मेवारी खोस्ने निर्णय गर्नु नै रावललाई पार्टीबाट निष्कासनको वातावरण बनाउनु हो,’ एमाले सचिवालयका एक सदस्यले भने।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अनुशासनमा नबसेको र पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको बताए।

त्यस्तै बैठकले पार्टी कार्यालय निर्माण सन्दर्भमा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जानकारी पनि उपमहासचिव ज्ञवालीले दिए।

रावलले आफूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरंकुशता लादेको बताए। ‘यो मूलतः ओलीको एकल निर्णय हो। ममाथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंक्तिलाई क्षति गर्छ।’

आफूले पार्टीको पक्षमा वकालत गर्दा ओली विदेशीको पाउमा परेको पनि रावलले बताए। ‘मैले पार्टीभित्र राष्ट्र, राष्ट्रियताको पक्षमा वकालत गर्दै थिएँ। ओली विदेशीको पाउमा पर्दै थिए,’ उनले भने।

नेकपा एकीकृत समाजवादीमा जाने विषयमा आफूले अहिल्यै केही निर्णय नलिएको पनि रावलले बताए। उनले भने, ‘मैले अहिले केही सोचेको छैन। साथीहरूसँग छलफल गर्छु।’

स्थायी कमिटी सदस्य पाण्डेले आफूमाथि गरिएको कारबाहीलाई कुण्ठित मानसिकताको उपज बताइन्। उनले आफूहरूलाई जिम्मेवारीबाट हटाएर कस्तो एमाले बनाउन खोजिएको हो भन्ने प्रश्न उब्जिएको पनि बताइन्।

‘एमालेले बुधबार गरेको निर्णय कुण्ठित मानसिकताको उपज हो,’ उनले भनिन्, ‘भीम रावललाई पार्टीबाट निकाल्ने, म र उषाकिरण तिम्सेनालाई जिम्मेबारीबाट हटाउने निर्णय गरेर हाम्रा नेताहरूले कस्तो एमाले बनाउन खोज्दै हुनुहुन्छ खै?’

केन्द्रीय सदस्य तिम्सिनाले निलम्बन गरिएका प्रति प्रतिक्रिया दिँदै भनिन्, ‘पञ्चायतविरुद्द लडेर आएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो। पार्टीले गरेको निर्णय जहिल्यै मान्दै आइयो, यति महान् निर्णय गर्ने कमरेडहरूलाई धन्यवाद !’

सुशासनका पक्षमा आवाज उठाइरहने बताउँदै उनले भनिन्, ‘यस्ता विषय उठाइरहन्छौं। जनचासोका विषयमा, पार्टीले बाटो बिराएका विषयमा बोलिरहन्छु।’

एमाले सचिवालय बैठकले सरकारको कामकारबाही सन्तोषजनक रहेको भन्दै काममा थप गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए। वर्तमान सरकारका कारण आर्थिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुँदै गएको उनले बताए।

सचिवालय बैठकले संविधान संशोधन गर्न, संसद्मा विचाराधीन विधेयकलाई टुंगोमा पु¥याउन र विभिन्न विषयमा समान धारणा बनाउन चारचार सदस्यीय दुईदलीय संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बोलाउने निर्णय गरेको छ।

 बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी, यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामयिक विषयसहितका चार अजेण्डा तयार गरिएको ज्ञवालीले बताए।

प्रतिक्रिया