Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भागबन्डा मिलाउन सुदूरपश्चिममा संसदीय समिति थपिँदै

भागबन्डा मिलाउन सुदूरपश्चिममा संसदीय समिति थपिँदै

धनगढी — सुदूरपश्चिममा सत्तारूढ कांग्रेस र एमालेले भागबन्डा मिलाउनकै लागि प्रदेश सभामा संसदीय समितिको संख्या बढाउने निर्णय गरेका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित दुवै दलका नेताहरू सम्मिलित बिहीबारको बैठकले संसदीय समितिको संख्या थप गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा हाल चार संसदीय समिति छन् । एउटा समिति थप्न लागिएको हो । हाल अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति, विधायन तथा प्रदेश मामिला समिति र सार्वजनिक लेखा समिति छन् ।

विशेष समिति थप गर्न लागिएको हो । प्रदेशसभा सचिवालयका अनुसार दुई समिति थप गर्दा गाडी खरिद तथा मर्मत खर्चबाहेक वार्षिक कम्तीमा ३० लाख व्ययभार बढ्नेछ ।

सहमतिअनुसार कांग्रेसले २ तथा एमाले, माओवादी र नागरिक उन्मुक्तिले १/१ वटा समितिको नेतृत्व पाउनेछन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको नेतृत्व नागरिक उन्मुक्ति र सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी माओवादीलाई दिने सहमति छ ।

सामाजिक विकास समिति एमालेले तथा विधायन र विशेष समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ । प्रदेशसभा नियमावलीमा विशेष समितिको व्यवस्था भए पनि गठन गरिएको थिएन ।

यसअघि ०८० साउनमा कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिको संयुक्त सरकार भएका बेला मुख्यमन्त्री शाहले संसदीय समिति बढाउन खोज्दा प्रमुख प्रतिपक्षी रहेको एमालेले व्ययभार बढ्ने भन्दै आलोचना गरेको थियो । त्यसबेला मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिलाई प्रदेश सरकारमा सहभागी गराउने क्रममा संसदीय समिति संख्या बढाउने सहमति गरेका थिए । तर चौतर्फी आलोचनापछि सहमति कार्यान्वयन हुन सकेन । तर अहिले एमाले आफैं सत्तामा भएका बेला संसदीय समिति बढाउने निर्णय गरेको हो ।

माओवादीका प्रदेश सांसद शिवसिंह ओलीले भागबन्डा मिलाउने हिसाबले समिति बढाउने निर्णय उपयुक्त नहुने बताए । ‘संख्या बढाउनेभन्दा पनि भएकै समितिलाई चलायमान बनाउन जोड दिनुपर्ने हो,’ उनले भने ‘समितिको संख्या बढाउने हो भने एउटा समितिमा ६–७ जना मात्रै हुने सम्भावना छ । त्यसो हुँदा विषयमाथिको छलफल नै साँघुरिनेछ ।’

अर्कोतर्फ, प्रदेशसभामा तीन समिति लामो समयदेखि नेतृत्वविहीन छन् । सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नेतृत्व चयन हुन सकेको छैन । यसअघि सार्वजनिक लेखा समिति सभापतिमा एमालेका वीरबहादुर थापा र सामाजिक विकास समितिको सभापतिमा एकीकृत समाजवादीकी माया पन्त र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी थिए ।

उनीहरू तीनै जना अलग–अगल समयमा मन्त्री भएपछि ती समिति नेतृवविहीन भएका हुन् । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा भने कांग्रेसका दिवानसिंह विष्ट छन् ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक नबसेको तीन महिना बितेको छ । असोजको दोस्रो सातादेखि बैठक बसेको छैन । सामान्यतः यो विधेयक निर्माणको बेला हो । तर प्रदेशसभा बैठक मात्रै होइन, संसदीय समितिहरूका बैठक पनि नियमित छैनन् । सत्ता साझेदार दलबीचको भागबन्डाले प्रदेशसभा र प्रदेश सरकारको गतिलाई प्रभावित गरेको प्रदेशसभा सदस्यहरू बताउँछन् ।

प्रतिक्रिया