Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अब प्रेमी-प्रेमिका पनि डेटिङ एपमार्फत एआईले नै खोजिदिने !

अब प्रेमी-प्रेमिका पनि डेटिङ एपमार्फत एआईले नै खोजिदिने !

काठमाडौं । डेटिङ प्रोफाइल लेख्न दिक्क लाग्छ ? अथवा, बिनासित्ति स्वाइप गरेर थाक्नु भयो ? डेटिङ एपहरूले तपाईँको लागि काम गर्दैनन् जस्तो लाग्छ ? अब यो तनाव डिजिटल सहायकलाई जिम्मा लगाउन सक्नु हुनेछ ।

डिजिटल डेटिङ प्रति प्रयोगकर्ताहरूमा निराशा र थकान बढ्दै जाँदा डेटिङ एपहरूको प्रयोग उल्लेखनीय रूपमा घटिरहेको विभिन्न रिपोर्टहरूले देखाइरहेका छन् । संसारकै सबैभन्दा ठुलो अनलाइन डेटिङ कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) असिस्टेन्ट सार्वजनिक गर्ने तयारीमा छ, जसले अनलाइन डेटिङलाई 'रूपान्तरण' गर्ने दाबी गरिएको छ ।

संसारको सबैभन्दा ठुलो डेटिङ प्लेटफर्मको रूपमा रहेको म्याच ग्रुपले एआईमा थप लगानी बढाउने र मार्च २०२५ मा नयाँ उत्पादन ल्याउने घोषणा गरेको छ।

अहिलेसम्म नाम स्पष्ट नभइसकेको कम्पनीको एआई असिस्टेन्टले डेटिङका लागि मुख्य कामहरू गरिदिनेछ । जस्तैः धेरै प्रतिक्रिया आउने फोटोहरू चयन गर्ने, बायोमा समावेश गर्नुपर्ने जानकारीबारे सुझावहरू दिने । यसले प्रयोगकर्तालाई उपयुक्त जोडी खोज्न सहयोग गर्ने बताइएको छ ।

एआईले प्रयोगकर्तासँग मौखिक अन्तर्वार्ता लिएर उनीहरूले आफ्नो डेटिङ अनुभवबाट के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनेछ र रुचिको आधारमा म्याच भएका व्यक्तिलाई के मेसेज पठाउने भन्ने सल्लाह दिनेछ ।

कम्पनीका अनुसार एआईले 'सङ्घर्ष गरिरहेका प्रयोगकर्ताहरूका लागि प्रभावकारी कोचिङ' समेत प्रदान गर्नेछ । जसमा आफ्नो प्रोफाइलमा कसरी अरूको ध्यान खिच्ने भन्ने कुरा थाहा पाउन नसकेर असफल भइरहेका व्यक्तिहरूका लागि टिप्स समेत समावेश हुनेछन् ।

म्याच ग्रुपका प्रमुख कार्यकारी बर्नार्ड किमले लगानीकर्ताहरूलाई कम्पनीले नयाँ चरणको सुरुवातका लागि 'एआई रूपान्तरण' मा ध्यान केन्द्रित गर्नु पर्ने बताइसकेका छन् ।

“यो प्रविधि डेटिङको लागि रूपान्तरणकारी छ, र हाम्रा सम्पूर्ण पोर्टफोलियो जीवन्त तुल्याउन हामी यसको प्रयोग गर्दैछौँ । प्रोफाइल तयार पार्नेदेखि म्याचिङ र डेटिङसम्म सबै कार्यमा एआईको भूमिका महत्त्वपूर्ण हुनेछ ।”

अफकमको पछिल्लो महिनाको रिपोर्टले डेटिङ एप प्रयोगमा गिरावट देखाएको छ । म्याच ग्रुपका दुई मुख्य एप टिन्डर र हिन्जले बेलायतमा मात्रै ७.५ लाख प्रयोगकर्ता गुमाएका छन् ।

म्याच ग्रुपका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत गेरी स्विडलरले एआईले डेटिङ अनुभवलाई सहज बनाउने अपेक्षा व्यक्त गरेका छन् । साथै, उनले एआईको फाइदा 'समयक्रममा लगानीकर्ता र प्रयोगकर्ताहरूमा देखिने' विश्वास व्यक्त गरे । उनले भने, “एआईले कसैको प्रोफाइलबाट थुप्रै जानकारी निकाल्न सक्छ र म्याच मेकिङ प्रक्रिया र त्यसपछिको प्रक्रिया सुधार गर्न मद्‍दत पुर्‍याउन सक्छ – यसले कम प्रयासमा बढी प्रभावकारी परिणाम दिन सक्छ ।”

तर यो प्रविधिको आलोचना पनि भइरहेको छ । इस्टोनियाको टार्टु विश्वविद्यालयकी पीएचडी गरिरहेकी तथा जुनियर रिसर्च फेलो, अन्तर्राष्ट्रिय इथिकल डेटिङ अनलाइन प्रोजेक्टकी सदस्य अनस्तासिया बाबाशले भनेकी छिन्, “एआईले मानिसहरूको स्वतन्त्र निर्णय क्षमतामा असर पुर्‍याउन सक्छ।”

उनले भनेकी छिन्, “यदि मानिसहरू सम्भावित जोडीहरूसँगको कुराकानीका लागि एआईमा निर्भर हुन्छन् भने, वास्तविक तथा स्वाभाविक कुराकानी गर्ने क्षमतामा कमी आउन सक्छ।”

डेटा गोपनीयताको जोखिम पनि उत्तिकै महत्त्वपूर्ण छ । बाबाशले भनिन्, “डेटिङ एपहरूले व्यक्तिगत डेटा धेरै सङ्कलन गरिरहेका छन्, जसले डेटा दुरुपयोग वा ह्याकिङको जोखिम बढाउँछ।”

डेटिङ एपहरूले जोडी मिलान कार्यमा सुधार ल्याउन र अन्तरक्रियालाई प्रभावकारी बनाउन थुप्रै व्यक्तिगत डेटा सङ्कलन गरिरहेका छन् । यस किसिमको निरन्तरको डेटा सङ्कलनले गोपनीयता र सुरक्षामा गम्भीर चिन्ता खडा गरेको छ ।

टिन्डरका प्रमुख कार्यकारी फे आइसोटालुनोले भने, “हामी डेटा व्यवस्थापनका सन्दर्भमा एआई प्रयोग प्रति सावधानीपूर्वक दृष्टिकोण अपनाउँदै छौँ । तर हामी यसलाई मूलधारमा ल्याउन प्रतिबद्ध छौँ ।”

एआईले डेटिङको अनुभवलाई सरल बनाउने दाबी गरिए तापनि, वास्तविक सम्बन्ध र गोपनीयताको सुरक्षा सुनिश्चित गर्नु चुनौतीपूर्ण हुनेछ।

प्रतिक्रिया