Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २९ चैत २०८१
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

साइपाललाई हिमपातको चिसोसँगै हिउँद नै अलिनो हुने चिन्ता

साइपाललाई हिमपातको चिसोसँगै हिउँद नै अलिनो हुने चिन्ता

बझाङ — गोरे रोकाया बझाङकै उत्तरी क्षेत्रको अन्तिम मानव बस्ती रहेको धुली गाउँमा बस्छन् । उनको परिवार १२ सदस्यीय छ । उनले १ सय ८५ वटा भेडाच्याङ्ग्रा पनि पालेका छन् । गोठमा ११ गाईगोरु पनि छन् । सदरमुकाम चैनपुरबाट तीन दिन पैदल यात्रा गरेपछि पुगिने साइपाल गाउँपालिका–४ स्थित उनको गाउँमा हिउँदमा हिउँ पर्छ ।

त्यति बेलाका लागि खाद्यान्न, दाउरा र गाईवस्तुलाई खरपातको जोरजाम उनको परिवारले गरिसकेको छ । तर हिमपात सुरु भइसक्दा पनि नुनको जोहो हुन सकेको छैन । ‘थोरैतिनो नुनले पुग्ने भए त ऐँचोपैँचो चलाउन हुन्थ्यो । महिनाकै २०/२२ किलो चाहिन्छ, हिउँदमा अलिनै पो भइन्छ कि !’ रोकायाले भने ।

यहाँ प्रत्येक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनले ढुवानी अनुदानमा नुन बिक्री गर्छ । त्यहीँ नुन रोकायाको परिवारले २०८० मंसिर र ०८१ जेठमा दुई पटक गरेर १ सय ५६ किलो पाएको थियो । कर्पोरेसनले वडा कार्यालयको समन्वयमा पहिलो पटक जनसंख्याका आधारमा प्रतिव्यक्ति १० किलो र दोस्रो पटक तीन किलो नुन वितरण गरेको थियो । त्यसयता नुन ढुवानी भएको छैन । ‘भेडालाई मात्र १५/१५ दिनमा ९ किलोका दरले नुन खुवाउनुपर्छ । हामी र गाईगोरुलाई समेत गर्दा २०/२२ किलो नुन चाहिन्छ,’ उनले भने ।

धुलीकै मोतिमा रोकायाले एक महिनाअघिदेखि नै छिमेकीबाट पैँचोंमा नुन चलाइरहेको बताइन् । ‘हिउँ पर्न थालिसक्यो । अहिलेसम्म नुन ल्याएनन् । अरूका घरमा पनि सकिन लागेको छ । हिउँदभरि अलिनै खानुपर्ने जस्तो छ,’ उनले भनिन् । भेडाच्याङ्ग्रा र गाईवस्तुलाई पनि नुन खुवाउनुपर्ने भएकाले सातामै चार/पाँच किलो नुन आवश्यक पर्ने उनले बताइन् । साइपाल–४, का वडाध्यक्ष जैसिंह रोकाया यो महिनाभित्र नुन नआए गाउँभर नै नुनको अभाव हुने बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले ढुवानी नगरेका कारण अहिले साइपाल पालिकाभरमै नुनको समस्या सुरु भएको हो । २०७८ को जनगणनाअनुसार साइपाल पालिकाको जनसंख्या २ हजार ६ सय २५ छ । साइपालमा नुन ढुवानीका लागि साल्ट ट्रेडिङले गत साउन ४ मा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरेको थियो । कर्पोरेसनले छनोट भएका ठेकेदारलाई सम्झौताका लागि आउनू भन्ने आशयको सूचना गत भदौ २० मा प्रकाशन गरेको थियो ।

‘कर्पोरेसनले सम्झौता गर्न आउनू भनेर पत्र पनि दियो तर सम्झौता गर्न जाँदा कहिले के, कहिले के भनेर टारिरहेको छ,’ छनोट भएको ढुवानीकर्ता कम्पनी देउती बज्यै कन्स्ट्रक्सनका टोपनारायण चालिसेले भने, ‘उता नुन सकियो, छिटो ढुवानी गर्नुपर्‍यो भनिरहेका छन् । सम्झौता नभई कसरी काम सुरु गर्ने ?’ साइपालको नुन ढुवानीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भन्दै कर्पोरेसनले ढुवानी सम्झौता गर्न नमानेको उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन बझाङका डिपो प्रमुख नरबहादुर ढाँटले गत वर्ष पठाइएको सात सय ९६ क्विन्टल नुनले यो महिनासम्म धान्ने बताए । ‘अब तत्काल ढुवानी हुन सकेन भने माघबाट नुनको अभाव चर्किन्छ,’ उनले भने, ‘अब जनुसुकै बेला हिउँ परेर बाटो बन्द हुन सक्छ । हिउँ पर्‍यो भने चैतमा मात्रै ढुवानी गर्न सकिन्छ । त्यसो भए झन् समस्या हुन सक्छ ।’ नुन ढुवानीको सम्झौता नहुनुका कारणबारे आफूलाई केही थाहा नभएको उनले बताए ।

यस वर्ष साइपालका लागि साल्ट ट्रेडिङले ९ सय क्विन्टल नुनको कोटा छुट्याएको छ । कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत अनुदानमा ढुवानी गर्नका ४७ लाख १८ हजार ७१८ रुपैयाँमा ठेक्कासमेत स्वीकृत गरिसकेको अवस्थामा सम्झौता नहुँदा पालिकावासीले अलिनो खानुपर्ने अवस्था निम्तिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । ‘ठेकदारलाई छिटो ढुवानी गर भन्दा सम्झौता भएको छैन भन्छन् । साल्ट ट्रेडिङमा भन्दा मुद्दा परेको छ भन्छन् । के मुद्दा हो, भन्दैनन्,’ उनले भने, ‘जे भए पनि हामीले नुन त खान पाउनुपर्‍यो नि ।’

साइपालका बासिन्दाले २०७३ अघिसम्म प्रतिकिलो २५० रुपैयाँसम्म तिरेर नुन किन्नुपर्थ्यो । २०७३ असोज १२ मा ‘सुनजस्तै महँगो नुन’ शीर्षकमा बझाङका बासिन्दालाई ढुवानी अनुदानमा राज्यले ९ रुपैयाँ प्रतिकिलोका दरले दिने गरेको नुन साइपालका बासिन्दाले महँगोमा किन्नुपरेका बारेमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएलगत्तै कर्पोरेसनले साइपालमा पनि वितरण केन्द्र स्थापना गरि ९ रुपैयाँमै नुन दिने व्यवस्था गरेको थियो । त्यस यता निरन्तर ढुवानी हुँदै आएकामा यो वर्ष ढिलाइ भएको हो ।

ढुवानीमा ढिलाइ भएका विषयमा जानकारी लिन साल्ट ट्रेडिङ कर्पोरेसनकी निमित्त प्रमुख शर्मिला शाक्यलाई सम्पर्क गर्दा सुरुमा यस विषयमा आफूलाई जानकारी नभएको र केहीबेरमा बुझेर भन्न सक्ने बताइन् । त्यसपछि निरन्तर फोन गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

सधैं नुन–चामलकै पिरलो

साइपाल गाउँपालिकाका बासिन्दाले नुन–चामलको चिन्ता गर्नुपरेको यो पहिलो पटक भने होइन । नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले चामल, पिठोलगायतका खाद्यान्न र साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन युक्त नुन वितरण गर्ने अस्थायी वितरण केन्द्र राखे पनि समयमै ढुवानी हुने गरेको छैन । त्यही कारण साइपालमा सालिन्दा नुन–चामलको अभाव भइरहन्छ ।

वर्षमा एक पटक नुन र दुई पटक चामल वितरण गरिने भएकाले रकम नहुनेले एकैपटक वर्षभरिलाई पुग्ने खाद्यान्न किन्न सक्दैनन् । हिउँद र बर्खामा बाटो बन्द हुँदा यहाँका बासिन्दाले भोकमरीको सामना गर्नुपर्छ । हिउँ परेर बाटो बन्द हुँदा चरम खाद्य संकट भएपछि २०७७ र ०७८ सालको हिउँदमा सरकारले हेलिकोप्टरमार्फत चामल ढुवानी गर्नुपरेको थियो ।

साइपालका बासिन्दा र जनप्रतिनिधिले जिल्लास्तरका नेता मात्रै होइन, प्रदेश र संघीय राजधानीमै पुगेर थुप्रै पटक यो समस्या सुनाइसकेका छन् । पालिकामा सधैंभरि खाद्यान्न र नुन उपलब्ध हुने स्थायी डिपो स्थापना होस् र कुनै कारणले बाटो बन्द हुँदा भोकै बस्नु नपरोस् भन्ने उनीहरूको माग छ ।

उनी पटक–पटक धाएपछि खाद्य व्यवस्था कम्पनीले साइपालमा स्थायी डिपो राख्ने निर्णय गर्दै एक जना कर्मचारी पनि पठाएको थियो । गाउँपालिकाले झन्डै ५० लाख लगानीमा खाद्य डिपोका लागि भवन निर्माणसमेत गरिदिएको छ । तर कर्मचारी नबस्दा स्थानीय डिपो सञ्चालन हुन सकेको छैन । ‘तपाईंहरू घर बनाइदिनुस् हामी कर्मचारी पठाइदिन्छौँ भनेकाले त्यत्रो लगानीमा भवन बनायौं । कर्मचारी पाँच/छ महिना मात्र बसे,’ पालिका अध्यक्ष बोहराले भने, ‘तीन महिनादेखि कर्मचारी पनि यहाँ छैनन् । वडाअध्यक्षहरूले चामल वितरण गर्नुपरिरहेको छ ।’

प्रतिक्रिया