Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खाडी जाने श्रमिकलाई चर्को भाडा, बाध्यता बन्दै भारतीय मार्ग

खाडी जाने श्रमिकलाई चर्को भाडा, बाध्यता बन्दै भारतीय मार्ग

विराटनगर — सुदूरपश्चिमका जगबहादुर बुढा गड्डाचौकी हुँदै धेरै पटक महाकाली तरेर दिल्ली पुगे । तर, यस पटक उनलाई अनौठो अनुभव भइरहेको छ । किनकि उनी पहिलो पटक पूर्वको मेची नदी तरेर भारतको पश्चिम बंगालको सिलिगुडीस्थित बागडोगरा विमानस्थल हुँदै खाडी उडे ।

‘महाकाली तरेर धेरै चोटि भारत गइयो,’ उनी भन्छन्, ‘तर, मेची तरेर भारत पसेको पहिलो पटक हो ।’ उनीजस्ता धेरै नेपाली श्रमिक यतिबेला भारतीय बाटो प्रयोग गरेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक गइरहेका छन् ।

संखुवासभाका हर्कबहादुर जिमी राई पनि भारतबाट कतार जाने तयारीमा छन् । ‘कतार जाने हामी १० जना छौं,’ उनले भने, ‘भारतबाट पहिलो पटक जान लागेको हो, डर लागिरहेको छ । के गर्नु यता महँगो भएर हामी जस्ताले अनावश्यक सास्ती पाइरहेका छौं ।’

नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि म्यानपावर कम्पनीहरूले धेरै श्रमिकलाई भारतीय बाटोबाट खाडी उडाउन थालेका हुन् । काठमाडौं–यूएईको एकतर्फी हवाई भाडादर अहिले ५५ हजार रुपैयाँभन्दा बढी छ । तर, बागडोगराबाट यूएई ४३ हजार २ सय नेपाली रुपैयाँमा पनि उड्न सकिन्छ ।

अर्थात् काठमाडौं–यूएईको तुलनामा बागडोगरा–यूएई हवाई भाडा करिब १२ हजार रुपैयाँ सस्तो छ । त्यस्तै काठमाडौंबाट कतारको दोहा जान ८० हजारभन्दा बढी नेपाली रुपैयाँ भाडा लाग्छ भने भारतको बागडोगराबाट जाँदा करिब ५० हजार रुपैयाँ मात्र लाग्छ ।

म्यानपावर व्यवसायीका अनुसार खाडीका साउदी अरब, कतार, लेबनान, ओमान र बहराइनलगायत देश जान पनि भारतबाटै सस्तो पर्छ । नेपालबाट भन्दा बागडोगराबाट यी मुलुक जाँदा हवाई भाडा १२ देखि ३० हजार रुपैयाँ सस्तो हुने उनीहरूको भनाइ छ ।

नेपालबाट सबैभन्दा नजिक पर्ने भारतीय विमानस्थल हो, पश्चिम बंगालको बागडोगरा विमानस्थल । यो हवाई अड्डामा अहिले नेपाली श्रमिकको बाक्लो चहलपहल देखिन्छ । काठमाडौंमा म्यानपावर सञ्चालक सञ्जय सुवेदीले दसैंयता करिब २ सय श्रमिकलाई बागडोगरा विमानस्थलबाट खाडी मुलुक पठाएको बताए ।

कतिपय म्यानपावरहरूले सोझै दिल्ली पुर्‍याएर पनि खाडी मुलुक पठाइरहेको उनी बताउँछन् । ‘भाडादर कहाँ कति सस्तो छ, त्यही आधारमा भारतका विभिन्न विमानस्थलबाट श्रमिकहरू पठाउने काम भइरहेको छ,’ उनले भने ।

श्रम स्वीकृति लिएका नेपाली श्रमिकलाई भारत हुँदै श्रम गन्तव्य मुलुकमा जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आवश्यक नपर्ने भएपछि भारतीय विमानस्थलको प्रयोग झनै बढेको हो । गत कात्तिक २६ मा दिल्लीस्थित नेपाली दूतावासले सूचना प्रकाशित गरेर श्रम स्वीकृति लिएका नेपालीले भारतको विमानस्थल प्रयोग गर्दा एनओसी नलिई यात्रा गर्न सक्ने व्यवस्था लागू गरिएको जनाएको थियो ।

नेपाली कूटनीतिक, आधिकारिक सेवा, राहदानीवाहक, संयुक्त राष्ट्रसंघको लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिक तथा १६ वर्षमुनिका बालबालिकालाई पनि एनओसी आवश्यक नपर्ने सूचनामा उल्लेख थियो ।

नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार महँगो भाडादर यथावत् रहेकाले भारतीय बाटोबाटै श्रमिकहरू खाडी मुलुकतिर गइरहेका छन् । ‘हवाई टिकट अझै महँगो छ,’ उनले भने, ‘मूल्य घटाउन सरकार लाग्नुपर्छ ।’ अढाई महिनायता कम्तीमा १० हजार नेपाली श्रमिक भारतीय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा गएको भण्डारीको अनुमान छ ।

संघका अनुसार हाल सरदर दैनिक १ हजार ५ सय नेपाली विदेशमा रोजगारीका लागि जाने गरेका छन् । तर, महँगो हवाई भाडाका कारण उनीहरू मर्कामा परेका छन् । विदेशी विमानस्थलको प्रयोग गर्दा विभिन्न समस्याहरू आउन सक्ने भण्डारी बताउँछन् ।

‘निरन्तर भारतीय विमानस्थल प्रयोग गरिरहनु हाम्रा लागि खतरा हो,’ उनले थपे, ‘श्रमिकलाई सास्ती हुन सक्ने भएकाले जतिसक्दो नेपाली विमानस्थल प्रयोग गर्न सरकारले प्रोत्साहन गर्नुपर्छ ।’

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाउन पाँचबुँदे सहमति गरे पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष भण्डारीको भनाइ छ । ‘ट्राभल एजेन्सीहरूले हवाई सेवा कम्पनीबाट कम मूल्यमा टिकट किनेर यात्रुलाई महँगोमा बिक्री गर्ने प्रवृत्ति कायम रहँदासम्म टिकटको दर महँगो नै रहिरहने पक्का छ,’ भण्डारीले भने ।

प्रतिक्रिया