Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित

सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित

पोखरा — सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ ।

कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा खोलिएको कृत्रिम खातामार्फत कर्जा निकाल्न प्रयोग गरिएको हस्ताक्षर भने पोखरा महानगर र प्रहरीले दाबी गरेजस्तै नक्कली नै रहेको प्रमाणित भएको छ । सहकारीको बचत अपचलन गर्न योजनाबद्ध रूपमा नक्कली विवरण भरेर कृत्रिम खाता खोलेको भन्दै महानगरको अध्ययन र प्रहरीको अनुसन्धानले लामिछानेलाई जवाफदेही बनाउन भनेका छन् ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेले काटेका ८२० चेकमध्ये सहकारीलाई भुक्तान गरेकासहित १२ वटा चेकको फरेन्सिक परीक्षण गर्न नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा पेस गरेको प्रतिवेदनअनुसार परीक्षण गरिएका सबै चेकमा लामिछानेको हस्ताक्षर पुष्टि भएको छ ।

लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेका २१ वटा हस्ताक्षरलाई मापदण्ड (स्टान्डर्ड) मानेर उनले काटेका चेकको परीक्षण गरिएको थियो । हस्ताक्षरमा अक्षरको स्वरूप, आकार, धर्का, बनोट र थोप्ला समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘दुवै थरी हस्ताक्षरमा अक्षरको बहाव, धर्काको गुणस्तर, सीप, गति, दूरी, आकार र अनुपात आदि एकअर्कासँग मिलेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘हस्ताक्षरमा भिन्नता छैन । हस्ताक्षर बिना रोकावट गरिएका छन् र तिनमा स्वाभाविक भिन्नता मात्रै छ । यी हस्ताक्षर दुई फरक व्यक्तिले गरेका होइनन् भन्नलाई उल्लेख्य र पर्याप्त आधार छन्, हस्ताक्षर कुनै संयोगले मिलेको देखिन्न । तसर्थ, ती सबै आधारलाई समीक्षा गर्दा यी हस्ताक्षर एकै व्यक्तिले गरेका हुन् भन्ने निष्कर्ष निस्कन्छ ।’

तर सूर्यदर्शन सहकारीको कृत्रिम खातामार्फत रकम निकाल्न प्रयोग गरिएको लामिछानेको हस्ताक्षर प्राविधिक रूपमा तुलना नै गर्न नमिल्ने प्रतिवेदनमा उल्लेख छ । ‘यी दुई हस्ताक्षर फरक छन् र प्राविधिक रूपमा तुलना गर्न योग्य नै छैनन्,’ प्रतिवेदनमा भनिएको छ ।

२०७८ असार ३१ मा भरिएको कर्जासम्बन्धी आन्तरिक पत्रमा रवि लामिछानेको नाम, रकम एक करोड, ब्याज १४.७५ प्रतिशत र अवधि एक वर्ष उल्लेख छ । तर अन्य विवरण अपूरा र नक्कली भएकाले ठगी गर्ने योजनाका साथ कागज खडा गरिएको प्रहरीको दाबी छ ।

‘लामिछानेको ठेगाना पोखरा–८ सिर्जनाचोक भनिएकाले हस्ताक्षर मिल्ने कुरै भएन, तर त्यसैका आधारमा पैसा निकालिएको छ,’ अनुसन्धानकर्मी प्रहरीले भने, ‘सहकारीको किस्ता भुक्तान गर्न कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले नै एक वर्षसम्म चेक काटेका छन् । ती चेक फरेन्सिक परीक्षणबाट नै पुष्टि भएका छन् । संगठित रूपमा योजना बनाएर किर्ते गरिएको पुष्टि गर्न यो फारम पनि फरेन्सिक परीक्षणमा पठाइएको हो ।’

लामिछानेले विभिन्न कागजपत्रमा आधिकारिक रूपमा गरेको २१ वटा हस्ताक्षरलाई विधि विज्ञान प्रयोगशालाले स्टान्डर्ड (मापदण्ड) मानी ‘एस १’ देखि ‘एस २१’ तथा प्रश्न उठेका १३ हस्ताक्षरलाई ‘क्यू १’ देखि ‘क्यू १३’ अंकित गरेर परीक्षण गरेको थियो ।

सूर्यदर्शन सहकारीबाट कर्जा निकाल्न गरिएको हस्ताक्षरलाई ‘क्यू १’ र लामिछानेले काटेका चेकको हस्ताक्षरलाई ‘क्यू २’ देखि ‘क्यू १३’ सम्म अंकित गरी परीक्षण गरिएको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खाताबाट २८ भदौ २०७७ देखि २ फागुन २०८० सम्म कुल १२ सय ३७ थान चेक काटिएका थिए । यी चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँको कारोबार गरिएको थियो । योमध्ये ८२० थान चेक तत्कालीन प्रबन्ध निर्देशक लामिछाने एक्लैले काटेका थिए, जसबाट ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँको कारोबार भएको थियो । लामिछानेले सहकारीहरूको ऋण साँवा भुक्तान गर्न चार दर्जन चेक काटेका थिए ।

प्रतिक्रिया