Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साइपालमा बैंक खाता खोलिदिन घरदैलो

साइपालमा बैंक खाता खोलिदिन घरदैलो

बझाङ — देशका ७५३ पालिकामध्ये सबैभन्दा ढिलो बैंक स्थापना भएको साइपाल गाउँपालिकाका बासिन्दा बैंकिङ प्रणालीमा जोडिन थालेका छन् । पालिकाको दुर्गम भेगका स्थानीयको बैंक खाता खोल्न घरदैलो कार्यक्रम सञ्चालन गरिएपछि उनीहरू बैंकिङ प्रणालीमा आबद्ध हुन थालेका हुन् ।

गत असोज ९ बाट साइपालमा सेवा थालेको एभरेस्ट बैंकले साइपाल गाउँपालिको समन्वयमा स्थानीयको आर्थिक कारोबार व्यवस्थित गर्न उत्तरी क्षेत्रका गाउँमा खाता खोलिदिन घरदैलो अभियान सञ्चालन गरेको हो । गाउँपालिका र बैंकबीच यसअघि नै सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सम्झौता भइसकेको छ । सम्झौताअनुसार पहिलो चरणमा सम्पूर्ण लाभग्राहीको खाता खोल्न थालिएको हो । फोटो खिच्ने र प्रिन्ट गर्ने उपकरणसहित घरदैलोमा गएको टोलीले उत्तरी क्षेत्रमा पर्ने जिमा, लासी, जगेरा, बलौडी र न्युना गाउँमा घरदैलो गरिरहेको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्ष्य गरेर सञ्चालन गरिएको अभियानमा अरू इच्छुक स्थानीयको पनि खाता खोल्ने काम भइरहेको एभरेस्ट बैंकका कर्मचारी हरीश अवस्थीले बताए । ‘कुनै ठाउँमा एक घरबाट अर्को घर पुग्न एक/डेढ घण्टा हिँड्नुपर्छ । बैंक भएको ठाउँ (धलौन) पुग्न त एकदिनै हिँड्नुपर्ने भएकाले घरमै गएर खाता खोल्ने व्यवस्था गरेका हौं,’ उनले भने । आठ दिनमा करिब नौ सय जनाको खाता खोल्ने काम भएको अवस्थीले जनाए ।

दुर्गम ठाउँमा घरमै बैंक खाता खोल्न पाउँदा खुसी लागेको स्थानीयले बताएका छन् । ‘म त अहिलेसम्म चैनपुर गएकी छैन । बैंक पनि देखेकी थिइनँ,’ बलौडी गाउँकी ७२ वर्षीया रूपादेवी बोहराले भनिन्, ‘मेरो नाममा खाता होला भनेर त सोचेकी पनि थिइनँ ।’ आफ्नो नाममा खाता हुँदा सामाजिक सुरक्षाबापतको पैसा बैंकमा सुरक्षित हुने र ब्याज पनि आउने भएकाले खुसी लागेको उनको भनाइ छ ।

घरदैलोका क्रममा खाता खोल्ने मात्र नभएर बैंकिङ शिक्षा दिने काम पनि भएको एभरेस्ट बैंक साइपाल शाखा प्रमुख रामकृष्ण थापाले बताए । वडा नम्बर ४ धुलीमा भाषाको समस्याका कारण बैंकिङ शिक्षा दिन समस्या भएको र अन्त्यमा दोभासेसमेत प्रयोग गर्नुपरेको उनले जनाए । धुलीका बासिन्दाले यहाँ मात्रै बोलिने लोपोन्मुख धुलेल भाषा र केहीले तामाङ भाषा बोल्छन् ।

सामाजिक सुरक्षा पाउने लाभग्राहीको खाता नहुँदा पालिकाका कर्मचारीले ठूलो रकम बोकेर गाउँगाउँ जानुपर्दा जोखिम हुने गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीको भनाइ छ । अब भने यस्तो समस्या नदोहोरिने उनले बताए ।

‘एकातिर रकम लुटिन्छ कि हराउँछ कि भनेर डराउनुपर्ने, अर्कोतिर हातमै नगद हुँदा लाभग्राहीको रकम पनि सुरक्षित नहुने समस्या थियो । सबैको बैंक खाता हुने र बैंकिङ कारोबार हुने भएकाले दुवै पक्षलाई राम्रो भएको छ,’ उनले भने ।

प्रतिक्रिया