Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न भारत-चीन सहमत

कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न भारत-चीन सहमत

काठमाडौं । भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने चीन भ्रमणको क्रममा उक्त सहमति भएको हो । सहमति अनुसार भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने छ ।

भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएका विषयबारे जानकारी दिएको छ । विज्ञप्तिमा लेखिए अनुसार भारतीय विदेश सचिव मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको छ ।

नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् । साथै मिडिया र थिंक ट्यांकबीचको छलफल तथा भ्रमणलाई बढावा दिने सहमति पनि भएको छ ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

नेपालको चासो

पछिल्लो समय भने भारत र चीन सम्बन्ध सुधारको प्रयासमा छन् । यसैक्रममा एक महिना अघि पनि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीन भ्रमण गरेका थिए । त्यो भ्रमणमा पनि कैलाश मानसरोवर यात्रा खुलाउन दुवै देशका अधिकारीहरु राजी भएको समाचार सार्वजनिक भएको थियो । तर रुट कुन प्रयोग गर्ने भन्ने स्पष्ट थिएन ।

अहिले भारतीय विदेश सचिव विक्रम मिस्रीको चीन भ्रमणको बेलामा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति हुँदा पनि त्यसको रुट स्पष्ट छैन ।

कैलाश मानसरोवर यात्रा गर्दा एउटा रुट सिक्किमको नाथुला पास हुँदै र अर्को रुट उत्तराखण्डको पिथौरागढ, लिपुलेक हुँदै जान सकिन्छ । जम्मा ६५ किलोमिटरको दुरीमा रहेकाले यो रुटको यात्रा आर्थिक रुपमा सस्तो हुने बताइन्छ । त्यसैले भारतले यही रुटलाई प्राथमिकता दिँदै पिथौरागढबाट लिपुलेकसम्म पुग्ने सडक बनाइरहेको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको क्षेत्रलाई नेपालले आफ्नो भूमि भनेर चुच्चे नक्सामा समेटेको छ । तर ती क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । कैलाश मानसरोवर यात्राका लागि भारत र चीनले विवादित भूमि प्रयोग गर्दा नेपाललाई भने थाहा दिइएको छैन ।

सन् २०१५ मे १४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेला समकक्षी ली छ्याङसँग लिपुलेक नाकालाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको थियो । संयुक्त व्यक्तव्यमा समेटिएको सो सहमतिमा नेपालले आपत्ति जनाउँदै भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाएको थियो । तर दुवै देशले त्यसको बेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रिया