Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

चिसापानी-मंगलसेन सडक ५८ वर्षमा पूरा हुने आस

चिसापानी-मंगलसेन सडक ५८ वर्षमा पूरा हुने आस

अछाम — अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडकको अवधारणा ल्याएर २०२४ चैत २४ मा सोही बाटोबाट सदरमुकाम मंगलसेनसम्म जिप बोकेर पुर्‍याए । करिब ५७ वर्षअघि तराईसँग जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति पनि बनेका भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्‍याएका थिए ।

गाउँगाउँमा बाजागाजासहित खुसीयाली मनाएर श्रमदानबाट काँधमा गाडी बोक्दै मंगलसेनमा जिप पुर्‍याइएको थियो । पहिलो पटक बोकेर मंगलसेनसम्म गाडी पुर्‍याउँदा नजिकैबाट नियालेर खुसीयाली मनाएका मध्ये एक हुन्— तुर्माखाँद गाउँपालिका–४ का ८१ वर्षीय नन्दबहादुर बुढा । त्यति बेला २४ वर्षका नन्दबहादुर अछाममा गाडी आउने सुनेर गाउँलेसँग हातमा कुटोकोदालो बोक्दै सडक खन्न स्वस्फूर्त गएका थिए ।

नन्दबहादुरले आफ्नो जीवनकालमा पहिलो पटक देखेको गाडी त्यही थियो । ‘बोकेर ल्याइएको गाडी पहिलो पटक देखेपछि फूलमाला लिएर गएका थियौं,’ उनले सम्झिए, ‘त्यति बेला गाडी बोकेर ल्याएको थियो । उहिले सडक कालोपत्र भइसक्नुपर्ने हो । तर भाषण मात्रै गर्छन्, काम गर्दैनन् ।’

चिसापानी जंगलघाट सडक खण्डबारे सस्तो प्रचार मात्र भएको काम भने नभएको पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष वेदप्रकाश तिमिल्सेना बताउँछन् । ‘सस्तो प्रचारका लागि कनिका छरे जसरी बजेट हाल्दैमा विकास हुँदैन । केही करोडले हुँदैन ८/१० अर्ब बजेट भएपछि मात्र यो सडक पूरा हुन सक्छ । तर नीति निर्माताको ध्यान यता छैन,’ उनले भने ।

उद्योग वाणिज्य संघ अछाम र पत्रकार महासंघको सक्रियतामा एक दशकअघि यो सडकका लागि दबाबमूलक अभियानपछि केही काम भए पनि अहिलेसम्म पूरा हुन नसकेको उनले बताए । तराई–पहाड जोड्ने यो सडकलाई द्रुतमार्ग (फास्ट ट्र्याक) नाम दिएर दबाब दिएपछि वर्षौंदेखि अवरुद्ध काम सुरु भएको उनले जनाए ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा १ सय १० किलोमिटर पर्छ । चिसापानी–मंगलसेन सडकअन्तर्गत अछामको गैरीटाँड–कमल बजार–बाँसकाँडा २३ किलोमिटर सडकको गत वर्ष सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले गैरीटाँडमा शिलान्यास गरेका थिए । उक्त खण्डको कैलाली क्षेत्रमा भने केही किलोमिटर कालोपत्र भए पनि अछाम खण्ड भने बाँकी छ । यस वर्ष २३ किलोमिटर कालोपत्र गर्ने काम सुरु भएको छ ।

गैरीटाँड–कमल बजार–बाँसकाडा २३ किलोमिटर सडकको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ छ । पूर्वाधार विकास कार्यालयमार्फत पीके निर्माण सेवा दाङले ठेक्का लिएर २०८२ पुसभित्र कालोपत्र सक्नुपर्ने सम्झौता छ । गैरीटाँड–बाँसकाडा खण्डको काम छरितो रूपमा भइरहे पनि तुर्माखाँददेखि चिसापानी खण्डको ७६ किलोमिटरमा भने अपेक्षाअनुसार काम नभएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसीले बताए ।

‘सडकमा काम हुँदै नभएको पनि होइन । छरितो भएको पनि छैन’ बीसीले भने । चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ । कर्णाली नदीको कुइनेमा पक्की पुल निर्माण पूरा भएको छ भने कर्णालीकै जंगलघाटमा पुल निर्माणको ठेक्का भएको छ ।

कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो सडक पूरा नहुँदा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेल्धुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ । चिसापानी–मंगलसेन सडक निर्माण हुनसके यो दूरी २ सय किलोमिटरले छोटो हुनेछ । कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामका लागि यो सडक महत्त्वपूर्ण छ ।

आजको कान्तिपुरबाट

प्रतिक्रिया