Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गौशालाको लापरबाहीले किसानलाई सास्ती

गौशालाको लापरबाहीले किसानलाई सास्ती

कैलाली- कैलारी गाउँपालिका वडा नम्बर ६ सँग जोडिएको छ धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको ‘हाम्रो गौशाला’ । तर, अहिले गौशालाको लापरबाहीका कारण कैलारीका किसानहरूले समस्या भोग्नु परिरहेको छ । छाडा पशुचौपायाका कारण खेतबारीका अन्नबाली विनाश भइरहेको भन्दै धनगढीले एक वर्षअघि सो वडामा गौशाला सञ्चालनमा ल्याएको थियो । तर, अहिले सोही गौशालामा रहेका छाडा पशुचौपायाले कैलारीका किसानहरू मारमा परिरहेको गुनासो गरेका छन् ।

स्थानीय लाटुराम चौधरीले भने, ‘गौशालामा रहेका हेरालुहरूको लापरबाहीले हामीले रोपेका गहुँहरू रातिको समयमा त्यहाँ राखिएका छाडा पशुचौपायाहरूले खाने गरेका छन् । जसका कारण उब्जनीमा पनि क्षति हुने देखिन्छ ।’ सामुदायिक वन मासेर निर्माण गरिएको गौशालामा नौ जना हेरालु रहेको जनाइएको छ । तरपनि रातिको समयमा सोही गौशालाका छाडा पशुचौपायाहरू खेतबारीमा पस्न थालेपछि स्थानीयहरू जागाराम बस्नुपर्ने अवस्था रहेको छ ।

हाम्रो गौशालाका अध्यक्ष यादव भण्डारीले गौशालामा रहेका गाईहरूले खेतबारीमा चरिचरण गरेको हुनसक्ने भन्दै घुमाउँरो जवाफमा स्विकार गरे । उनले भने, ‘आफ्नै घरमा राखिएका गाईगोरुहरूलार्ई त नियन्त्रण गर्न सकिँदैन् । गौशालाबाट कहिलेकाहीँ गाईगोरुहरू खेतबारीमा गएको हुन सक्छन् ।’ अध्यक्ष भण्डारीले गौशालामा रहेका गाईगोरुबाट खेतबारी विनाश नभएको पनि बताए । उनले भन, ‘कैलारीमा गौशाला छैन् । त्यहाँका छाडा पशुचौपायाहरू खेतबारीमा पस्ने गरेका छन् । अहिले हाम्रो गौशालामा रहेका गाईगोरुले खेतबारीमा पस्यो भन्नु उचित होइन् ।’

अध्यक्ष भण्डारीले गौशालामा भएका छाडा पशुचौपायालाई व्यवस्थापन गर्नतर्फ ध्यान दिने बताउँदै भने, ‘गौशालाको कमजोरीका कारण खेतबारीमा गाईगोरुहरू पसेको हुन सक्छन् । अहिले ध्यानाकर्षण भएको छ । त्यो कमजोरीलाई सुधार गर्दै अघि बढ्छौँ ।’ कैलारीको गदरियाका अधिकांश परिवार कृषिमै निर्भर रहेका छन् । गौशालालाई व्यवस्थापनमा सहज गराउन सोही वडाका मानिसहरूले पराल सहयोग गरेका थिए । तर, अहिले गहुँ उम्रने समयमा गौशालाको कमजोरीले गहुँ उत्पादनमानै ह्रास आउनेमा किसानहरू चिन्तित छन् ।

स्थानीय कृष्ण चौधरीले भने, ‘पहिले यता छाडा पशुचौपायाको खासै समस्या थिएन । तर, अहिले गौशाला निर्माण भएपछि त्यहाँका छाडा पशुचौपायाहरूले खेतबारीमा विनाश गर्दै आएका छन् । यसमा स्थानीय सरकारले सुधार गर्न जरुरी रहेको छ । यहाँ खेतीपातीनै विनाश गर्ने कार्य बन्द गर्नुपर्छ । यही खेतिपातीनै हाम्रो आधार हो ।’ सो गौशालामा हाल तीन सय बढी गाईगोरुहरू राखिएका छन् । गौशालाले त्यहाँ रहेका गाईहरूबाट दूध उत्पादन गर्नुका साथै मल पनि बनाइरहेको छ ।

वडा नम्बर १८ तुल्सीबारिस्थित सामुदायिक वनमा गौशालाका भौतिक संरचना बनेका छन् । धनगढी उपमहानगरपालिका भित्रका छाडा पशुचौपाया व्यवस्थापन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका र हाम्रो गौशाला फूलवारी संस्थाको संयुक्त लगानीमा सो स्थानमा गौशाला निर्माण गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

प्रतिक्रिया