Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डेढ दशकमा ठडियो अछाम दरबार, उप–प्रधानमन्त्री सिंहले गरे उद्घाटन

डेढ दशकमा ठडियो अछाम दरबार, उप–प्रधानमन्त्री सिंहले गरे उद्घाटन

अछाम– ऐतिहासिक अछाम दरबारको उद्घाटन गरिएको छ । १६ वर्ष लागेर पुनर्निमाण भएको अछाम दरबारको सोमबार उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहकाबीच उद्घाटन गरे ।

सो अवसरमा सिंहले दरबारलाई अछामको आर्थिक उन्नतिमा सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाही, प्रदेस सभा सदस्य मानबहादुर रावल, मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तब्य राखेका थिए ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दरबार निर्माण सम्पन्न भए पनि अन्य संरचना निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोडको ठेक्का भइसकेको जानकारी दिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।

माओवादी द्वन्द्वका बेला २०५८ फागुन ४ गते ध्वत भएको अछाम दरबार पुनःनिर्माणमा लापर्बाही हुँदा ढिलो गरी सम्पन्न भएको हो । दरबार पुनःनिर्माणको काम २०६५ असार २४ गते शुरु भएको थियो । २०६७ मै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि पटक पटक ठेक्काको म्याद थप्दै २०८१ मा आएर निर्माण सम्पन्न भएको छ ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो ।

माओवादी आक्रमणमा परी अछामका तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनको पत्नि, राष्ट्रिय अनुसन्धानका अधिकृत मारिएका थिए ।

राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । यीमध्ये कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिए । पछि दरबार निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको थियो ।

यस्तो छ ईतिहास

अछाम दरबार वि. स. १८०० मा मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण शुरु भई उनका छोरा दलबहादुरको पालामा विसं १९३५ मा निर्माण भएको इतिहास छ ।

सरकारले विसं २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट रु ९० हजारमा उक्त दरबार किनेको बताइन्छ । अछामी इतिहासका जानकार सुरतबहादुर शाह र योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर सेनाका जर्नेल रहेकाले उनले नै सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए । मासको गाह्रो बनाएर दरबार निर्माण गरिएको थियो ।

पुरानो दरबार

विसं २०१४ अघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था थियो । तत्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढथापाको नेतृत्वमा गएको टोलीले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै मिलाएको ईतिहास छ ।

त्यस बेला तत्काल अछामको रिडिकोट बयालपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको बताइन्छ । विसं २०१८ मा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । अछामको बीच भाग भएकाले केही समय सदरमुकाम कालागाउँमा पनि बसेको थियो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको हो ।
 

प्रतिक्रिया