Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

आजदेखि एसईई परीक्षा , ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

आजदेखि एसईई परीक्षा , ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बिहीबारबाट सुरु हुँदै छ। सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जसमा छात्राको संख्या बढिरहेको छ। छात्रा २ लाख ५७ हजार ७ सय ३० जना छात्रा र २ लाख ५६ हजार ३ सय ११ जना छात्र एसईई परीक्षामा सहभागी हुँदै छन्। अन्य ३० परीक्षार्थी छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्। 

यस्तै सुधार केन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी पनि एसईई दिँदै छन्। केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनकाअनुसार  कुल परीक्षार्थीहरूमध्ये १६ हजार ९ सय ४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका छन्। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी  गरी ७७ हजार ८ सय १७ जना प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटाइएका छन्।

बोर्डकाअनुसार एसईईमा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट ३९ हजार ६ सय छन्। सबैभन्दा कम मनाङमा (४३ जना) छन्। माध्यमिक शिक्षा परीक्षालाई अनुशासित, व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सातवटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने छन्। 

केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने, प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउने लगायतका तयारी पूरा भइसकेको बोर्डले जनाएको छ। परीक्षाको नतिजा प्रकाशन र प्रमाणीकरण लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार हुन्छ। बोर्ड अध्यक्ष डा. शर्मा भन्छन्, ‘परीक्षा एउटा नियमित प्रक्रिया भएको र विद्यार्थीहरू यस पूर्व धेरै परीक्षाहरूमा सहभागी भई यहाँसम्म आइपुगेको हुँदा सदा जस्तै यसपटक पनि परीक्षामा सहज रूपमा सहभागी हुनेमा राष्ट्रिय परीक्षा बोर्ड विश्वस्त छ।’ 

यस वर्षको एसईई माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन भएको छ। एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्ड कै छ। तर, परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम प्रदेश सरकारको अधिकारमा रहेको छ। ‘स्थानीय पालिकाहरूसँग परीक्षा व्यवस्थित गर्न पूर्ण सहयोग मागेका छौं,’ बोर्ड अध्यक्ष डा.शर्माले भने, ‘कक्षा १० र १२ को परीक्षामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँगसँगै अगाडि जाने हो। तर, विगतमा यस्तो संलग्नता त्यति भएको थिएन। यसपटक स्थानीय सरकारको बढी सहभागिता छ।’ परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउन परीक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा संलग्न संघ, प्रदेश र स्थानीय सरकार अन्तर्गतका विभिन्न निकाय तथा सबै सरोकारवालाहरूबाट भएका समन्वयात्मक प्रयासहरूप्रति उनले आभार व्यक्त  गरे। परीक्षा सम्पन्न नहुँदासम्म आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेका छन्। परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयसाथ उक्त परीक्षामा सहभागी हुन उनले अनुरोध गरे। 

असार ७ सम्म नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले  एसईई परीक्षाको नतिजा ३ महिनामा प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुरूप एसईईको अन्तिम परिणाम आगामी असार ७ गतेभित्र प्रकाशित हुनेछ। चैत मसान्तसम्म विद्यालयहरूले आन्तरिक तथा प्रयोगात्मक प्राप्तांक इन्ट्री र रुजु गरिसक्नुपर्ने छ। ०८२ वैशाख मसान्तसम्म उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरिनेछ। 

विद्यार्थीलाई पुनर्याेग गर्न  असार २२ गतेसम्मको समय दिइने छ।  पुनर्याेगको नतिजा साउन १२ गतेसम्म प्रकाशन हुनेछ। त्यसपछि पूरक परीक्षा साउन १९ र २० गते तोकिएको छ। पूरक परीक्षाको नतिजा पनि भदौ २० गतेभित्र प्रकाशन गरिने बोर्डको वार्षिक कार्यतालिकामा उल्लेख छ। 

सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्ट्याउँदै आएको छ।

 

प्रतिक्रिया