Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०२ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

भारत सरकारविरुद्ध एक्सले हाल्यो मुद्दा

भारत सरकारविरुद्ध  एक्सले हाल्यो मुद्दा

इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्पोरेसन (पहिले ट्विटर) ले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अभिव्यक्ति स्वतन्त्रताविरूद्धका काम गर्न लगाएको भन्दै एक्सले भारतको बैंगलुरुस्थित कर्णाटक उच्च अदालतमा मार्च ५ मा मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ । 

उक्त मुद्दामा एक्सले सामग्री हटाउनेसम्बन्धी भारत सरकारको आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज हुनुपर्ने माग गरेको छ । 'सेन्सरसिपसम्बन्धी भारत सरकारको आदेश असंवैधानिक मात्र नभएर अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप पनि हो,' कम्पनीका प्रवक्ताले भनेका छन् । भारत सरकारले भने सूचना प्रविधि ऐनको दफा ७९ (३)(ख) अनुरुप राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थामा असर परेको उल्लेख गर्दै कन्टेन्ट हटाउन आदेश दिएको जनाएको छ । तर, एक्सले सो कदमलाई गैरकानुनी भन्दै आफ्नो कामकारबाहीमा अप्ठेरो परेको दाबी गरेको छ ।

सो निवेदनमाथि कर्णाटक उच्च अदालतमा २७ मार्च अर्थात आउने बिहीबार सुनुवाइ हुनेछ । भारतको केन्द्र सरकारले यस मुद्दाको प्रारम्भिक सुनुवाइमा सो आदेश कानुनअनुरूप नै जारी गरिएको र सामाजिक सञ्जाल कम्पनीहरूले कानुनको पालना गर्न अनिवार्य रहेको प्रतिक्रिया दिएको छ । भारत सरकारले विवाद भएका पोस्टहरू रिभ्यु गर्न सजिलो बनाउने भन्दै 'सहयोग' नामक एक पोर्टलसमेत विकास गरेको छ जससमा एक्सले सहमति जनाएको छैन ।

फेब्रुअरीमा भारतको दिल्लीस्थित रेलवे स्टेसनमा भएको भागदौडलगायतका घटनासँग सम्बन्धित पोस्टहरू हटाउन एक्सलाई भारतको रेल, सूचना प्रविधि र रक्षा मन्त्रालयले आदेश दिएको कम्पनीको दाबी छ । एक्सले आफ्नो मुद्दामा सरकारले हटाउन लगाएका कतिपय सामग्री लोकतान्त्रिक अधिकारभित्र पर्ने र सरकारको आलोचना हुँदैमा त्यसलाई हटाउनुपर्छ भन्नु गलत भएको उल्लेख गरेको छ । यसबाट भारतीय संविधानको धारा १४ उल्लंघन भएको दाबीसमेत गरेको छ । 'हामी सरकारलाई सामाजिक सञ्जालमा के राख्न पाइने र के पाइँदैन भन्ने निर्णय गर्न दिन सक्दैनौं,’ कम्पनी प्रवक्ताले भनेका छन्, ‘यो लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम हो ।'

भारत सरकार र एक्सबीच यो पहिलो मुद्दा-मामिला होइन । यसअघि सन् २०२२ मा पनि पोस्टहरू हटाउने यस्तै आदेशविरुद्ध कम्पनी अदालतमा गएको थियो । त्यतिबेला अदालतले सरकारको पक्षमा फैसला गरेको थियो । त्यो फैसलाविरूद्ध पुनरावेदनसमेत गरेको एक्सले पछिल्लो निवेदनमा अहिले भारत सरकारले अनलाइन कन्टेन्टहरूको रिभ्यु गर्न बनाएको संयन्त्रमा पारदर्शिता र निगरानीको अभाव रहेको भन्दै त्यसले एक्सजस्ता कम्पनी सेल्फ सेन्सरसिपमा जान बाध्य हुनुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।

भारत सरकारले पछिल्लो केही वर्षदेखि सामाजिक सञ्जाल नियमन कडा बनाउँदै आएको छ । सरकारले प्लाटफर्महरूलाई हटाउनुपर्ने सामग्रीको लागि छोटो समयसीमा तोक्ने, पालना नगरे कारबाही गर्ने जस्ता नियम लागू गरेको छ । त्यहाँको सूचना प्रविधि ऐनअनुसार सरकारको आदेश मान्न असफल भएमा कम्पनीलाई ठूलो जरिवाना र कम्पनीका उच्च अधिकारीलाई जेल सजायसमेत हुनसक्छ । अमेरिकी सरकारका प्रभावशाली मन्त्री र एक्सका मालिक इलन मस्कले यो मुद्दा भारतमा मात्र नभई विश्वभर डिजिटल अधिकार र स्वतन्त्र विचारका लागि नजिर बन्नसक्ने प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया