ताजा अपडेट
गायक बिष्णु भट्टको 'चिलगाडी' बोलको गीत सार्वजनिक (भिडियोसहित)
भदौ १२ ,अछाम
गायक बिष्णु भट्टको ‘चिलगाडी’ बोलको गीत सहितको भिडियो सार्वजनिक भएको छ । विदेशिनुको पिडा अनि बाध्यताको कथालाई शब्दमा उतारिएको गीतमा गायक बिष्णु भट्ट र गायिका एलिना चौहानले आवाज दिएका छन् भने शब्द र संगीत भने स्वयम गायक भट्टको रहेको छ ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिनु भएका गायक बिष्णु भट्ट को गायन कला मात्र नभएर लेखन शैली र संगित पनि त्यतिकै मर्मस्पर्सी छ । बिरेन्द्र धामिको छायांकन, सम्पादन र निर्देशन रहेको गीतमा बाध्यताले बिदेशिनु पर्दाको वेदनालाई नजिकबाट केलाएको छ । सरल शब्द, समधुर संगित अनि उत्कृष्ट गायनको यस्तो मिश्रण प्राय कमै देख्न पाईन्छ भन्ने कुरा सो गितमा आएको कमेन्टहरुले सहजै अनुमान लगाउन सकिन्छ ।
ओम सुनारको एरेन्ज रहेको यो सांगीतिक कोसेलीलाई सुर संगीत रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो।
भट्टले यसअघि 'हिँड कालापानी' भन्ने राष्ट्रिय भाब झल्कने गीत बजारमा ल्याएका थिए।
हेर्नुस भिडियो
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया