ताजा अपडेट
गायक बिष्णु भट्टको 'चिलगाडी' बोलको गीत सार्वजनिक (भिडियोसहित)
भदौ १२ ,अछाम
गायक बिष्णु भट्टको ‘चिलगाडी’ बोलको गीत सहितको भिडियो सार्वजनिक भएको छ । विदेशिनुको पिडा अनि बाध्यताको कथालाई शब्दमा उतारिएको गीतमा गायक बिष्णु भट्ट र गायिका एलिना चौहानले आवाज दिएका छन् भने शब्द र संगीत भने स्वयम गायक भट्टको रहेको छ ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिनु भएका गायक बिष्णु भट्ट को गायन कला मात्र नभएर लेखन शैली र संगित पनि त्यतिकै मर्मस्पर्सी छ । बिरेन्द्र धामिको छायांकन, सम्पादन र निर्देशन रहेको गीतमा बाध्यताले बिदेशिनु पर्दाको वेदनालाई नजिकबाट केलाएको छ । सरल शब्द, समधुर संगित अनि उत्कृष्ट गायनको यस्तो मिश्रण प्राय कमै देख्न पाईन्छ भन्ने कुरा सो गितमा आएको कमेन्टहरुले सहजै अनुमान लगाउन सकिन्छ ।
ओम सुनारको एरेन्ज रहेको यो सांगीतिक कोसेलीलाई सुर संगीत रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो।
भट्टले यसअघि 'हिँड कालापानी' भन्ने राष्ट्रिय भाब झल्कने गीत बजारमा ल्याएका थिए।
हेर्नुस भिडियो
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया