Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण

अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले अछाम पुगेका बेला जिल्ला सदरमुकाम मङ्गलसेन आक्रमणको घटना स्मरण गरेका छन् । जनमुक्ति सेनाका पूर्व कमान्डर समेत रहेका पूर्व उपराष्ट्रपति पुनले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान जनसंवाद कार्यक्रम’लाई अछामको सदरमुकाम मङ्गलसेनमा सम्बोधन गर्ने क्रममा उनले आफ्नै नेतृत्वमा २४ वर्ष अघि अछामको सदरमुकाम मङ्गलसेन आक्रमण घटनाको स्मरण गरेका हुन् ।

'२०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीको नेतृत्वमा तत्कालीन जनमुक्ति सेना नेपालको एकै पटक साँफेबगर र मङ्गलसेनमा आक्रमण हुँदा जिल्ला सदरमुकाम ध्वस्त हुनुका साथै अछाम दरबार र १२२ जनाको ज्यान गएको थियो ।

मङ्गलसेन आक्रमणको भनाई जस्तोको त्यस्तै
पार्टीको आदेश र निर्देशनलाई मान्दै मेरो कमान्ड र नेतृत्वमा अछामको सदरमुकाम मङ्गलसेन र जहाँ माथि टपमा नेपाली सेनाका दाजुभाइ बस्नुभएको थियो । यहाँ नजिकै डिएसपी कार्यालय थियो, जहाँ प्रहरी दाजभाई बस्नुभएको थियो र यहीँ दरबारमा सिडिओ बस्नुभएको थियो । प्रशासनीय कार्यालय नै यसै दरबारमा थियो । यहाँ नजिकै जिल्ला कारागार थियो, जहाँ हाम्रा क्रान्तिकारी योद्धा र जनसमुदायलाई त्यहाँ थुनिएको थियो ।

मैले प्लान गरे कि, साँफेबगर सेनाको क्याम्प र डिएसपी तथा प्रशासन कार्यालयलाई एकै पटक आक्रमण गर्नुपर्छ । त्यसै कारण मैले यो भन्नैपर्छ, , अछामको रामारोशनका जनसमुदायसम्म पुगेर धेरै रात बसेर अध्ययन गर्नका लागि करिब एक हप्ता लगाए मैले ।

करिब एक हप्ता रात दिन लगाएर मैले अध्ययन गरे । मैले अध्ययन गरिरहेको बारेमा जहाँ म बसे, त्यो गाउँका जनसमुदायलाई त थाहा थियो, तर यहाँको बजारका जनसमुदायलाई त्यो कुरा थाहा थिएन । मैले ७ दिन लगाएर रातदिन सर्वे गरेर, प्लानिङ गरेर यो तीनवटै ठाउँमा एकैचोटी २०५८ साल फागुन ४ गते रातको ठिक १ बजे मैले फायर खोलेको थिए र आक्रमण सुरु गरेको थिए ।

पहिलो फायर नेपाली सेनाको क्याम्पमा खोलिएको थियो । सेनाको क्याम्प मैले १ घण्टा भित्र नियन्त्रणमा लिए । हाम्रा बहादुर जनमुक्ति सेनाले एक घण्टामै सेनाको क्याम्प नियन्त्रणमा लिनुभयो  र हामीले साँफेबगरमा रहेको सेनाको क्याम्प, जिल्ला सदरमुकाम मङ्गलसेनमा रहेको डिएसपी कार्यालय, दरबारमा रहेको सिडिओ कार्यालय र जिल्ला कारागार गरेर सबै करिब डेढ घण्टाभित्र नियन्त्रण लियौ । त्यसपछि यहाँका जनसमुदायलाई केही सन्देश दिनका लागि बिहानसम्म बस्यौ र जब उज्यालो भयो, त्यसपछि नारा जुलुससहित विजय र्‍याली गरेर यहाँबाट हिँड्यौ ।

 

प्रतिक्रिया