ताजा अपडेट
सुशील कुँवर द्वाराअभिनित ‘नौं डाँडा काटेपछि’ म्युजिक भिडियो सार्वजनिक - भिडियो सहित
कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् । गोविन्द गिरी ‘प्रेरणा’को शब्दमा बनेको गीतमा नरहरीले आफै संगीत भरेका छन् ।
गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ । रागभिजन मल्टी मुभिजको व्यानरमा बनेको म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् ।
दयाशंकर चौधरीले छायांकन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका छन् । म्युजिक भिडियोमा कोरियोग्राफी कालभैरवले गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया