ताजा अपडेट
सुशील कुँवर द्वाराअभिनित ‘नौं डाँडा काटेपछि’ म्युजिक भिडियो सार्वजनिक - भिडियो सहित
कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् । गोविन्द गिरी ‘प्रेरणा’को शब्दमा बनेको गीतमा नरहरीले आफै संगीत भरेका छन् ।
गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ । रागभिजन मल्टी मुभिजको व्यानरमा बनेको म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् ।
दयाशंकर चौधरीले छायांकन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका छन् । म्युजिक भिडियोमा कोरियोग्राफी कालभैरवले गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया